Dictionary

All Word

80501 विदेशी शत्रु ना. शत्रुका देश वा राज्यको नागरिक।
80502 विदेह वि. १. शरीर नभएको।
80503 विदेह वि. २. बेहोस; अचेत।
80504 विदेह वि. ३. मरेको; मृत। ना.
80505 विदेह वि. ४. मिथिलादेशका प्रसिद्ध पौराणिक राजा; जनक।
80506 विदेह वि. ५. मिथिला र मगध देशलाई जनाउने प्राचीन नाम।
80507 विद्ध वि. १. प्वाल पारिएको; छेद गराइएको; छेडिएको।
80508 विद्ध वि. २. घाइते; अङ्गभङ्ग भएको; आहत।
80509 विद्ध वि. ३. टाँसिएको; जडिएको।
80510 विद्यमान वि. १. रहेको; अवस्थित; मौजूद; वर्तमान।
80511 विद्यमान वि. २. उपस्थित; हाजिर।
80512 विद्यमान वि. ३. जो भएको; यथार्थ; प्रत्यक्ष।
80513 विद्यमानता ना. विद्यमान हुनाको भाव वा अवस्था; रहने काम; उपस्थिति।
80514 विद्या ना. १. शिक्षण संस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिने ज्ञान; पढाइद्वारा आर्जन गरिने बुद्धि।
80515 विद्या ना. २. कुनै विषयबारे वर्णन वा विवेचना गरिएको शास्त्र; विज्ञान।
80516 विद्या ना. ३. तन्त्रमन्त्र; तन्त्रशास्त्र।
80517 विद्या ना. ४. इन्द्रजालसम्बन्धी कर्म; जादु; टुना।
80518 विद्या ना. ५. दुर्गा; भवानी।
80519 विद्यागम ना. ज्ञानको उपलब्धि; विद्याप्राप्ति।
80520 विद्यागृह ना. पाठशाला; विद्यालय।
80521 विद्यादान ना. पढाउने काम; अध्यापन; शिक्षण।
80522 विद्यादेवी ना. सरस्वती; विद्याकी अधिष्ठात्री देवी।
80523 विद्याधर ना. एक देवयोनिजाति (गन्धर्व, किन्नर आदि)।
80524 विद्याधिदेवता ना. सरस्वती।
80525 विद्यानुसेवन ना. विद्या पढ्ने वा पढाउने काम; विद्याध्ययन।
80526 विद्या परिषद् विश्वविद्यालयको प्राज्ञिक नीतिबारे निर्णय गर्ने अधिकारप्राप्त समिति ( फ्याकल्टी बोर्ड)।
80527 विद्यापीठ ना. १. शिक्षाप्रदान गर्ने ठुलो प्रमुख केन्द्र।
80528 विद्यापीठ ना. २. उच्च स्तरको शिक्षा दिने विद्यालय; महाविद्यालय; क्याम्पस।
80529 विद्याभ्यास ना. विद्याको अध्ययनमनन गर्ने काम।
80530 विद्यामन्दिर ना. पाठशाला; विद्यालय; विद्यागृह।
80531 विद्यारम्भ ना. पाँच वर्ष वा त्यसको लगभगमा बालकलाई अक्षरारम्भ गराउने संस्कार; षोडश संस्कारमध्ये एक संस्कार।
80532 विद्यार्जन ना. शिक्षा हासिल गर्ने काम; विद्या पढ्ने काम; विद्याप्राप्ति।
80533 विद्यार्थी ना. १. नियमित रूपले विद्याको आर्जनमा लागिरहने व्यक्ति; शिक्षणसंस्थामा अध्ययनरत व्यक्ति; छात्र; शिष्य।
80534 विद्यार्थी ना. २. कुनै विषयबारे खोजअध्ययन गर्ने व्यक्ति; विद्वान्। वि.
80535 विद्यार्थी ना. ३. विद्या पढ्न चाहने।
80536 विद्यार्थी सङ्गठन ना. विद्यार्थीहरूको हक र हितका लागि विद्यार्थीहरूबाट बनाइएको सङ्घ वा सङ्गठन; विद्यार्थीहरूको समिति।
80537 विद्यालय ना. पढ्ने र पढाउने ठाउँ; पाठशाला; स्कुल।
80538 विद्यावान् वि. धेरै विद्या प्राप्त गरेको; विद्वान्।
80539 विद्यावारिधि ना. तोकिएको योग्यता प्राप्त गरेपछि सम्बन्धित विश्वविद्यालयबाट अनुमति लिई अनुसन्धानपूर्ण शोधग्रन्थ तयार गरेर स्वीकृत भएमा दिइने विशेष उपाधि; पीएच्.डी।
80540 विद्याश्रम ना. बसोबास र खानपानको समेत प्रबन्ध भएको विद्यालय; गुरुकुल (बोर्डिङ)।
80541 विद्यास्नातक ना. १. विश्वविद्यालयबाट उपाधि प्राप्त व्यक्ति।
80542 विद्यास्नातक ना. २. उच्च शिक्षा हासिल गरेको व्यक्ति। वि.
80543 विद्यास्नातक ना. ३. उच्च शिक्षा प्राप्त गरेको।
80544 विद्याहीन वि. विद्या नभएको वा नपढेको; अपठित; अनपढ।
80545 विद्युत् ना. १. बर्खाकालमा बादल लागेको बेला आकाशमा झिलिक्क चम्कने क्षणिक प्रकाश; बिजुली।
80546 विद्युत् ना. २. प्रकाश, ताप, आकर्षण आदि पैदा गर्न सक्ने विशिष्ट वैज्ञानिक क्रियाबाट उत्पन्न गराइने शक्ति; बिजुली।
80547 विद्युत् ना. ३. चट्याङ; वज्र; चट्को; चिर्को।
80548 विद्युत् आघात ना. १. ऋणात्मक विद्युत्तरङ्गबाट धनात्मक विद्युत्तरङ्गतिर विद्युत्तरङ्ग प्रवाहित हुने प्रक्रिया।
80549 विद्युत् आघात ना. २. विद्युत्तरङ्गले चोट पुऱ्याउने काम।
80550 विद्युताणु ना. कुनै रासायनिक यौगिकलाई पानीमा घोल्दा धनात्मक तथा ऋणात्मक परमाणु विघटन भई छुट्टिएर बनेको परमाणुयुक्त विद्युत्।