Dictionary

All Word

80351 विट वि. ३. भएको धनसम्पत्ति रन्डीबाजीमा उडाइसकेको व्यक्ति।
80352 विट वि. ४. नाटकको एक हास्यपात्र।
80353 विटप ना. १. रुख; वृक्ष।
80354 विटप ना. २. हाँगो; शाखा।
80355 विटपी ना. रुख; बोट; वृक्ष।
80356 विडम्बन ना. १. विडम्बना।
80357 विडम्बन ना. २. छद्मवेश।
80358 विडम्बन ना. ३. क्लेश।
80359 विडम्बन ना. ४. जालसाजी।
80360 विडम्बन ना. ५. उपहास।
80361 विडम्बन ना. ६. नक्कल।
80362 विडम्बना ना. १. देखासिकी; नक्कल; अनुकरण।
80363 विडम्बना ना. २. गिज्याउने वा होच्याउने काम; खिसीटिउरी।
80364 विडम्बना ना. ३. धोखा; छलकपट।
80365 विडम्बना ना. ४. दुःख; कष्ट; पीडा।
80366 विडम्बना ना. ५. उपहास; ठट्टा।
80367 विडम्बना काव्य ना. १. व्यक्तिविशेषको चरित्रलाई उपहासका रूपमा लिएर लेखिएको काव्य; उपहासकाव्य।
80368 विडम्बना काव्य ना. २. उस्तै पात्र र उस्तै अभिनय राखी त्यसमा केही उपहासकारक वस्तु जोडी पूर्वकाव्यको हँस्सी उडाउन बनाइएको काव्य; एक प्रकारको काव्यशैली।
80369 विडम्बनीय वि. १. अनुकरण गर्न लायक।
80370 विडम्बनीय वि. २. उपहासयोग्य; गिज्याउन सुहाउने।
80371 विडम्बी वि. विडम्बना गर्न योग्य; विडम्बनीय।
80372 विडाल ना. बिरालो।
80373 विड्वराह ना. सुँगुर।
80374 वितण्डा ना. १. अरूका कुरा नसुनेर आफ्नो मात्रै कुरा माथि पार्ने गलत प्रयत्न।
80375 वितण्डा ना. २. निरर्थक तर्क वा कुरो; बकवाद।
80376 वितण्डा ना. ३. विनाकारणको झैझगडा; व्यर्थको बाझाबाझ।
80377 वितण्डावाद ना. १. आफूले जित्नका लागि प्रतिक्रियावादी रूपमै भए पनि निरर्थक र अमिल्दा तर्क पेस गर्ने सिद्धान्त; निरर्थक उक्ति, प्रत्युक्ति; कुप्रचार।
80378 वितण्डावाद ना. २. व्यर्थको झगडा; नचाहिँदो कलह।
80379 वितत वि. १. सपाट परेको; फैलिएको; फिँजिएको; विस्तृत।
80380 वितत वि. २. छोपिएको; ढाकिएको।
80381 वितत वि. ३. कार्य सम्पन्न भएको; कामकुरो सिद्ध भएको। ना.
80382 वितत वि. ४. गितार; वीणा।
80383 वितथ वि. १. तथ्य नभएको; झूठो; मिथ्या।
80384 वितथ वि. २. नचाहिँदो; व्यर्थ; निरर्थक।
80385 वितथवादी वि. झुटो बोल्ने; मिथ्यावादी।
80386 वितथ्य वि. तथ्यहीन; झुटो; मिथ्या।
80387 वितरक वि. १. वितरण गर्ने; बाँडफाँड गर्ने। ना.
80388 वितरक वि. २. व्यापारका क्षेत्रमा उत्पादित वस्तुहरूको बिक्री आदिको प्रबन्ध गर्ने संस्था वा व्यक्ति।
80389 वितरण ना. १. कुनै वस्तु तोकिएअनुसार बाँड्ने काम; बाँडचुँड।
80390 वितरण ना. २. प्रदान; अर्पण; समर्पण।
80391 वितरण ना. ३. कुनै नदी आदि तर्ने काम; पार गर्ने काम।
80392 वितरित वि. १. बाँडिएको; वितरण गरिएको।
80393 वितरित वि. २. प्रदान गरिएको; दिइएको।
80394 वितरित वि. ३. तारिएको; पार गरिएको।
80395 वितर्क ना. १. कुनै तर्क वा भनाइको खण्डन वा विपक्षमा प्रस्तुत गरिने तर्क; तर्कमाथि उठाइएको तर्क।
80396 वितर्क ना. २. विचार; मनन; सोचाइ।
80397 वितर्क ना. ३. शङ्का; सन्देह; दुबिधा।
80398 वितर्कण ना. १. तर्क वा वितर्क गर्ने काम; बहस; वादविवाद।
80399 वितर्कण ना. २. सन्देह; शङ्का।
80400 वितर्कित वि. १. वितर्क गरिएको।