Dictionary

All Word

80201 विचारी वि. २. घुमफिर गर्ने। ना.
80202 विचारी वि. ३. मुद्दामामिलाको निचोडखिचेर न्यायाधीशलाई अवगत गराउने वा मिसिलमा रहेका कुरा यथार्थ सुनाउने खरदारसरहको एक अदालती पद वा दर्जा।
80203 विचारोद्दीपक वि. विचार उत्तेजित गराउने; सोच्न लगाउने।
80204 विचालन ना. १. हल्लाउने काम; कम्पन पैदा गराउने काम।
80205 विचालन ना. २. एक ठाउँको वस्तुलाई अर्को ठाउँमा पुर्‍याउने काम; विस्थापन।
80206 विचित्र वि. १. धेरै रङ्ग भएको; अनेक रङ्गको; रङ्गीचङ्गी; रङ्गीबिरङ्गी।
80207 विचित्र वि. २. कतैकहीँ नदेखिएको; अनौठो; अद्भुत; विलक्षण।
80208 विचित्र वि. ३. सामान्यभन्दा परको; असाधारण।
80209 विचित्र वि. ४. राम्रो; सुन्दर; मनोहर। ना.
80210 विचित्र वि. ५. उल्टो किसिमबाट फल सिद्ध गर्दा पर्ने एक अर्थालङ्कार।
80211 विचित्रक वि. १. अनौठो; अद्भुत; विलक्षण। ना.
80212 विचित्रक वि. २. आश्चर्य; ताजुब।
80213 विचित्रक वि. ३. भोजपत्रको रुख; भोजपत्र।
80214 विचित्रक वि. ४. अशोकवृक्ष।
80215 विचित्रशाला ना. ऐतिहासिक र पुरातात्त्विक वस्तुहरूको सङ्ग्रह रहेको भवन; सङ्ग्रहालय; म्युजियम; अजायबघर।
80216 विचित्रित वि. धेरै रङ्ग भएको; रङ्गविरङ्गको; रङ्गीचङ्गी।
80217 विचिन्तन ना. १. मनमा कुरा खेलाइरहने काम; चिन्ता; फिक्री।
80218 विचिन्तन ना. २. मानसिक तर्कवितर्क; सोचविचार।
80219 विचिन्तनीय वि. विचार गर्न लायक; मननयोग्य; विचारणीय।
80220 विचिन्त्य वि. १. विशेष किसिमले चिन्ता गर्नुपर्ने; चिन्तनीय; शोचनीय।
80221 विचिन्त्य वि. २. राम्रो किसिमले हेरविचार गरिएको; रेखदेख गरिएको।
80222 विचिन्त्य वि. ३. सन्देहयुक्त; शङ्कास्पद।
80223 विचूर्ण वि. राम्रोसँग पिँधी धुलो पारिएको; मसिनो तुल्याइएको।
80224 विचेत वि. १. चेत वा होस नभएको; सुद्धी हराएको; बेहोस।
80225 विचेत वि. २. मरेको; मुर्दा; मृत।
80226 विचेत वि. ३. विवेक नभएको; मूर्ख; मूढ।
80227 विचेतन वि. १. चैतन्य गुमेको; होस वा चेत नभएको; बेहोस; अचेत।
80228 विचेतन वि. २. बिर्सने आदत भएको; विस्मरणशील।
80229 विचेतन वि. ३. विवेक हराएको; मूर्ख। ना.
80230 विचेतन वि. ४. चेतनारहित हुने भाव वा क्रिया; संज्ञाशून्य स्थिति; निश्चेतन।
80231 विचेष्ट वि. १. चेष्टा नभएको; संज्ञाहीन; निश्चेष्ट; बेहोस।
80232 विचेष्ट वि. २. चल्नचलबलाउन नसक्ने; अचल; स्थिर।
80233 विचेष्टता ना. संज्ञाहीनता; गतिशून्यता।
80234 विचेष्टित वि. १. प्रयास गरिएको; मेहनत पुऱ्याइएको।
80235 विचेष्टित वि. २. खोजतलास गरिएको; खोजी भएको।
80236 विचेष्टित वि. ३. विचार नपुर्‍याई गरिएको।
80237 विच्छन्द वि. १. छाँट नमिलेको; नसुहाउँदो।
80238 विच्छन्द वि. २. छन्द नमिलेको; छन्द न बन्दको।
80239 विच्छन्द वि. ३. धेरै किसिमका छन्द भएको; विविध छन्दको (महाकाव्य आदि)। ना.
80240 विच्छन्द वि. ४. धेरै लङ; खण्ड वा कोठा भएको ठुलो भवन।
80241 विच्छित्ति ना. १. अलग्ग्याउने वा छुट्ट्याउने काम; विच्छेद; अलग्ग्याइ।
80242 विच्छित्ति ना. २. कमी; न्यूनता; अधुरोपन।
80243 विच्छित्ति ना. ३. स्त्रीको शृङ्गारप्रिय हाउभाउ; नारीको चेष्टाभेद।
80244 विच्छित्ति विशेष ना. १. अङ्गराग।
80245 विच्छित्ति विशेष ना. ३. स्त्रीको आकर्षक चेष्टा; हाउभाउ।
80246 विच्छिन्न वि. १. छिन्नभिन्न पारिएको; काटेर छुट्ट्याइएको; टुक्राटुक्रा बनाइएको।
80247 विच्छिन्न वि. २. तहसनहस पारिएको; फाँडिएको।
80248 विच्छेद ना. १. अलग्ग्याउने काम; सम्पर्कहीनता।
80249 विच्छेद ना. २. काटेर टुक्राटुक्रा पार्ने काम; टुक्र्याइएको स्थिति।
80250 विच्छेद ना. ३. सिलसिलाको अभाव; क्रमभङ्ग।