Dictionary

All Word

80051 विक्रयी वि. १. बिक्री गर्ने; बेच्ने । ना.
80052 विक्रयी वि. २. व्यापार गर्ने व्यक्ति; व्यापारी; साहू।
80053 विक्रान्त वि. १. आँट भएको; हिम्मती; साहसी; पराक्रमी; वीर।
80054 विक्रान्त वि. २. विजय गर्ने; विजेता; जित्ने। ना.
80055 विक्रान्त वि. ३. कदम; पाइलो।
80056 विक्रान्त वि. ४. युद्ध गर्ने व्यक्ति; योद्धा।
80057 विक्रान्त वि. ५. सिंह।
80058 विक्रान्त गति ना. राम्रो चालले हिँड्ने व्यक्ति; सुन्दर हिँडाइ भएको प्राणी।
80059 विक्री ना. १. मोल लिएर कुनै वस्तु उसकै भोगचलनका लागि दिने काम; बेच्ने काम; विक्रय; बिक्री।
80060 विक्री ना. २. एक वस्तु दिएर त्यसको बदलामा अर्को वस्तु लिने काम; विनिमय।
80061 विक्री कर ना. कुनै मालसामान बिक्री गर्दा मूल्यका आधारमा लाग्ने वा उठाइने शुल्क।
80062 विक्रीत वि. बिक्री भएको; बेचिएको।
80063 विक्रीतनामा ना. चलअचल सम्पत्ति बिक्री गर्दा लेखिएको कागत।
80064 विक्रेता ना. १. बिक्री गर्नाका लागि किन्ने संस्था।
80065 विक्रेता ना. २. बेच्ने मानिस। वि.
80066 विक्रेता ना. ३. बिक्री गर्ने; बेच्ने।
80067 विक्रेय वि. १. बिक्री गर्न लायक; बेच्न योग्य।
80068 विक्रेय वि. २. बिक्री गर्न राखिएको; बिक्री हुने।
80069 विक्षत वि. १. चोटपटक लागेको; घाइते; घायल। ना.
80070 विक्षत वि. २. घाउ; चोटपटक; चोट।
80071 विक्षरण ना. लगातार चुहुने काम; प्रस्रवण।
80072 विक्षिप्त वि. १. दिमाग ठेगानमा नभएको; बहुलाएको; पागल।
80073 विक्षिप्त वि. २. आत्तिएको; आकुल; व्यग्र।
80074 विक्षिप्त वि. ३. यताउति छिरलिएको; छित्रिएको; छरिएको।
80075 विक्षिप्त वि. ४. त्याग गरिएको; छोडिएको; त्यक्त।
80076 विक्षिप्त वि. ५. फ्याँकिएको; मिल्काइएको।
80077 विक्षुब्ध वि. मनमा स्थिरता वा शान्ति नभएको; अतालिएको; ज्यादै क्षुब्ध।
80078 विक्षेप ना. १. यताउति छर्कने काम; छिरल्ने काम।
80079 विक्षेप ना. २. हुत्त्याउने काम; फ्याँक्ने प्रक्रिया।
80080 विक्षेप ना. ३. चित्त स्थिर नहुने स्थिति; विह्वलता; घबराहट।
80081 विक्षेप ना. ४. विघ्न; बाधा।
80082 विक्षेपण ना. १. फ्याँक्ने काम; हुइभ्याउने काम।
80083 विक्षेपण ना. २. फिँजाउने काम; फैलावट।
80084 विक्षेपण ना. ३. अड्काउ; अवरोध।
80085 विक्षेपण ना. ४. घबराहट; अत्यास।
80086 विक्षोभ ना. १. मनको अस्थिरता वा अशान्ति; मानसिक उद्वेग।
80087 विक्षोभ ना. २. कुनै नराम्रो घटनाले वा सम्भावित त्रासले गर्दा मनमा पैदा हुने विकार; आतङ्क; घबडाहट।
80088 विखण्डन ना. १. कुनै वस्तु खण्डखण्ड वा टुक्राटुक्रा हुने क्रिया वा स्थिति।
80089 विखण्डन ना. २. चट्टानहरू टुक्रिने वा चर्किने प्रक्रिया।
80090 विखण्डित वि. १. खण्डखण्ड पारिएको; टुक्राटुक्रा बनाइएको; खण्डित।
80091 विखण्डित वि. २. अंशभाग लगाइएको; विभाजित। ३ घाइते पारिएको; अङ्गभङ्ग गरिएको।
80092 विखण्डित वि. ४. खण्डन गरिएको (तर्क)।
80093 विख्यात वि. नाम चलेको; प्रसिद्ध।
80094 विख्याति ना. विख्यात हुनाको भाव वा अवस्था; प्रसिद्धि।
80095 विगठन ना. १. कुनै वस्तु पग्लँदै जाने काम; द्रवीभवन।
80096 विगठन ना. २. सामूहिक अवस्थितिबाट टुक्राटुक्रा गरी छुट्टिँदै जाने काम; अलग्याइ।
80097 विगत वि. १. बितेको; गएको; अतीत।
80098 विगत वि. २. बितेको समयभन्दा पहिलेको; गत समयभन्दा पनि पुरानो।
80099 विगत वि. ३. बिछोड भएको; अलग्गिएको; वियुक्त।
80100 विगत वि. ४. मरिसकेको; मृत।