Dictionary

All Word

80651 विधायी कार्य ना. विधायिकाबाट सम्पन्न गरिने विधाननिर्माण आदि काम; ऐनकानुन बनाउने काम।
80652 विधि ना. १. कामकुरो गर्ने तरिका; प्रणाली; रीति; ढङ्ग; शैली।
80653 विधि ना. २. आदेश; आज्ञा; निषेधको उल्टो रूप।
80654 विधि ना. ३. चाँजोपाँचो; व्यवस्था; प्रबन्ध।
80655 विधि ना. ४. धर्मशास्त्र वा प्रामाणिक ग्रन्थहरूमा बताइएको शास्त्रीय नियम।
80656 विधि ना. ५. आचरण; व्यवहार।
80657 विधि ना. ६. कर्म; प्रारब्ध; भाग्य।
80658 विधि ना. ७. ऐनकानुन; विधान।
80659 विधि ना. ८. रचना; निर्माण।
80660 विधि ना. ९. सृष्टिका देवता; ब्रह्मा।
80661 विधिक वि. विधि वा कानुनसँग सम्बन्धित; कानुनअनुकूल।
80662 विधिगत वि. विधिअनुकूल; ऐनकानुनसँग मिल्ने।
80663 विधिग्राह्य वि. विधानले कुनै बाधा नपर्ने; वैध।
80664 विधिग्राह्य मुद्रा ना. ऋण भुक्तानी गर्नाका लागि विधानले मान्यता दिएको मुद्रा।
80665 विधिज्ञ वि. विधान जान्ने; ऐनकानुनको मर्मसँग परिचित; कानुनवेत्ता।
80666 विधिनियम ना. यो गर्नुहुन्छ योचाहिँ हुँदैन भन्ने नियम; ऐनकानुन वा शास्त्रको नियम।
80667 विधिनिषेध ना. १. विधि र निषेध; गर्न हुने र नहुने कुराको निर्देश।२. कानुनद्वारा गरिएको निषेध; विधिको निषेध।
80668 विधि परामर्शी ना. सरकारलाई विधि वा कानुनसम्बन्धी सल्लाह दिने पदाधिकारी।
80669 विधिपालक वि. विधि वा कानुनको परिपालन गर्ने; कानुनको परिधिभित्र रहने।
80670 विधिपूर्वक वि. विधि-विधानअनुसार।
80671 विधिभङ्ग ना. विधि वा कानुनको उल्लङ्घन; कानुनको उपेक्षा वा अवहेलना; कानुनविपरीत व्यवहार।
80672 विधिमान्य वि. कानुनसम्मत; विधिले दिएको; विधिसम्मत; प्रचलित ऐनकानुनमा बाधा नपर्ने।
80673 विधिवत् क्रि.वि. विधि वा कानुनको परिधिभित्र रहने गरी; विधिपूर्वक; कानुनअनुसार।
80674 विधिवशात् क्रि.वि. अकस्मात्; संयोगवश; अचानक; भाग्यवश।
80675 विधिविधान ना. १. कर्मको फल; भाग्यको लेखा।
80676 विधिविधान ना. २. कानुनी व्यवस्था; ऐनकानुन।
80677 विधिविधान ना. ३. सबै अङ्ग पुगेको काम-कुरो।
80678 विधिविपर्यय ना. १. कर्म वा प्रारब्धले ठगिने काम; दुर्भाग्य; अभाग।
80679 विधिविपर्यय ना. २. ऐन-कानुनको विपरीत चालचलन।
80680 विधिविहित वि. १. विधि वा नियमअनुकूल गरिएको; नियमले दिएको।
80681 विधिविहित वि. २. ऐन-कानुनअनुसार गरिएको।
80682 विधिवेत्ता वि. विधि वा कानुन जान्ने (व्यक्ति)।
80683 विधिसचिव ना. विधि वा कानुनका सम्बन्धमा सरकारलाई सल्लाह दिने सरकारी उच्च पदाधिकारी; कानुन-सचिव।
80684 विधिस्नातक वि. १. विधि वा कानुन विषयको स्नातकपरीक्षामा उत्तीर्ण; कानुनवेत्ता। ना.
80685 विधिस्नातक वि. २. कानुन जान्ने व्यक्ति।
80686 विधु ना. १. चन्द्रमा; जून।
80687 विधु ना. २. ब्रह्मा।
80688 विधु ना. ३. विष्णु।
80689 विधु ना. ४. कपुर।
80690 विधु ना. ५. वायु।
80691 विधुर वि. १. स्वास्नी मरेको पुरुष; राँडो।
80692 विधुर वि. २. दुःख पाएको; कष्टभोगी।
80693 विधुर वि. ३. आत्तिएको; व्याकुल; विह्वल।
80694 विधुर वि. ४. विपक्षमा लाग्ने; विरोधी।
80695 विधुरदर्शन ना. १. डरलाग्दो वा आपत्तिजनक कुरो देखिने काम; भयावह दृश्य।
80696 विधुरदर्शन ना. २. अशान्ति।
80697 विधुर विवाह ना. पत्नी मरेपछि पतिबाट गरिने पुनर्विवाह।
80698 विधेय वि. १. गर्नुपर्ने; काम गर्न लायक; कर्तव्य।
80699 विधेय वि. २. नियमद्वारा जानिने; विधिद्वारा थाहा पाइने।
80700 विधेय वि. ३. आज्ञा पालन गर्ने; आज्ञापालक। ना.