Dictionary

All Word

80751 विनाशी वि. नाश हुने; नश्वर।
80752 विनाश्य वि. नाश हुन लागेको; नाश हुन योग्य।
80753 विनिसृत वि. १. बाहिर गएको; निस्केको।
80754 विनिसृत वि. २. भागेको; पलायित।
80755 विनिपात ना. १. आकाशबाट पृथ्वीतर्फ झर्ने काम; गिराइ; पतन।
80756 विनिपात ना. २. बरबादी; विध्वंस; सत्यानाश।
80757 विनिपात ना. ३. आपत्ति; सङ्कट।
80758 विनिपात ना. ४. मृत्यु; अवसान।
80759 विनिपात ना. ५. कष्ट; पीडा; दुःख।
80760 विनिपात ना. ६. अपमान; हेला; घृणा।
80761 विनिपात ना. ७. नरक।
80762 विनिपातक वि. १. नाश गर्ने; विध्वंसकारी।
80763 विनिपातक वि. २. अपमान गर्ने।
80764 विनिपातन ना. १. गर्भ तुहाउने काम।
80765 विनिपातन ना. २. खसाल्ने काम।
80766 विनिपाती वि. विनाशकारी।
80767 विनिमय वि. १. एक वस्तु दिएर अर्को वस्तु लिने काम; साटफेर; अदलाबदली।
80768 विनिमय वि. २. कुनै एक देशको मुद्राबाट अर्को देशको मुद्रा साट्ने काम; सटही।
80769 विनिमय वि. ३. हेरफेर; परिवर्तन।
80770 विनिमय वि. ४. बन्धक राख्ने काम।
80771 विनिमय अधिकोष ना. कुनै एक विदेशी मुद्राको बदलामा अर्को देशको मुद्रा साटेर दिने वा बाहिर पठाउने बैङ्क।
80772 विनिमय व्यवस्था ना. मुद्रासटही गर्ने प्रबन्ध।
80773 विनिमय हुलाक ना. एक अर्को देश भई हुलाकवस्तु लैजाने व्यवस्था गरिदिने हुलाकघर।
80774 विनिमेय वि. १. विनिमय वा साटफेर गर्न सकिने।
80775 विनिमेय वि. २. दरपीठ वा सुम्पुवा गरी हस्तान्तरण गर्नसकिने।
80776 विनिमेय पत्र ना. १. विनिमयसम्बन्धी कार्यको उल्लेख भएको कागजात।
80777 विनिमेय पत्र ना. २. दरपीठ वा सुम्पुवा गरिएको व्यक्तिलाई लेखिएबमोजिमको रकम प्राप्त गर्न सक्ने गरी दिइएको अधिकारपत्र।
80778 विनियम ना. मूल ऐन वा कानुनको परिधिभित्र रही बनाइएको उपनियम; कुनै सङ्घ, संस्था वा सङ्गठनको सञ्चालनका लागि मूल ऐनको उद्देश्यअनुकूल तयार गरिएको नियम।
80779 विनियमन ना. १. ऐनको व्याख्याका रूपमा नियम बनाई कार्यप्रणालीलाई छिटोछरितो र सुविधायुक्त बनाउने काम।
80780 विनियमन ना. २. कुनै गति वा विस्तार आदिलाई धेरै बढ्न नदिने काम; नियन्त्रण।
80781 विनियमन ना. ३. वाहनको गति आदिलाई आवश्यकताअनुसार बढाउने, घटाउने वा ठिक पार्ने काम।
80782 विनियुक्त वि. काममा खटाइएको; विनियोजित।
80783 विनियोग ना. १. कुनै काममा लगाउने वा खटाउने काम; उपयोग; प्रयोग।
80784 विनियोग ना. २. कहीँ पठाउने काम; प्रेषण।
80785 विनियोग ना. ३. छाड्ने काम; परित्याग।
80786 विनियोग ना. ४. छुट्ट्याउने वा अलग्याउने काम; पृथक्करण।
80787 विनियोग ना. ५. यज्ञ आदिमा वैदिक मन्त्र पढ्नुभन्दा पहिले मन्त्रद्रष्टा ऋषि, देवता र उद्देश्य बताई गरिने सङ्कल्प।
80788 विनियोग विधेयक ना. राजस्वको के-कति अंश कुनकुन शीर्षकमा खर्च गर्ने भन्ने विषय रहेको, विधायिकामा प्रस्तुत गरिने आर्थिक विधेयक वा प्रारूप; विनियोजन विधेयक।
80789 विनियोजक वि. १. काममा खटाउने; प्रयोग वा उपयोग गर्ने।
80790 विनियोजक वि. २. कुनै योजना वा उद्योगव्यवसाय आदिमा पुँजीको लगानी गर्ने; लगानीकर्ता।
80791 विनियोजन ना. १. काममा खटाउने काम; उपयोग; प्रयोग।
80792 विनियोजन ना. २. कुनै काममा पुँजी लगाउने काम; राजस्वको परिचालन।
80793 विनियोजन विधेयक ना. विधायिका सभामा पारित गर्नाका लागि प्रस्तुत गरिने, कुन शीर्षकमा केकति राजस्व खर्च गर्ने भन्ने आर्थिक मस्यौदा; विधायिकामा प्रस्तुत गरिने आर्थिक विधेयक।
80794 विनियोजन शीर्षक ना. मन्त्रालय, विभाग आदिमा गरिने तलब, भत्ता, प्रकाशन, इन्धन, घरभाडा आदिको खर्चगत विभाजन।
80795 विनियोजित वि. १. विनियोजन गरिएको; काममा खटाइएको; प्रयुक्त; नियुक्त।
80796 विनियोजित वि. २. चढाइएको; अर्पण गरिएको; अर्पित।
80797 विनियोज्य वि. काममा लगाउन लायक; उपयोग गर्न योग्य।
80798 विनिर्गत वि. १. बाहिर गएको; निस्केको।
80799 विनिर्गत वि. २. बन्धनबाट छुटेको; मुक्त।
80800 विनिर्गम ना. बाहिर जाने वा निस्कने काम; बाहिरिने क्रिया।