Dictionary

All Word

79801 वासन्ती ना. ३. वसन्त ऋतुमा मनाइने उत्सव; वसन्तोत्सव।
79802 वासन्ती ना. ४. दुर्गा; भवानी।
79803 वास बेसिन ना. शौचालय र स्नानगृह आदिमा उभिएर धाराको पानीले हातमुख धुनका लागि भित्तामा जडान गर्न मिल्ने गरी बनाइएको चिनियाँ माटो आदिको भाँडो।
79804 वासर ना. १. वार; दिवस; दिन।
79805 वासर ना. २. आश्रयस्थल; घर।
79806 वासर ना. ३. वरवधूको प्रथम शयनागार।
79807 वासर ना. स्टोभ, बल आदिमा हावा भर्न प्रयोग गरिने पम्पमा जडान गरिएको छाला वा रबरबाट निर्मित एक साधन।
79808 वासलात ना. साबिकवालाले आफूले काम गरेको मितिसम्मको स्याहास्रेस्ता र आम्दानीखर्चको स्रेस्ताले ठहर भएबमोजिम मौज्दात, बाँकी, नगदीजिन्सी जो भएको सबै लेखिदिई हालवालालाई सुम्पिन तयार पारिने कागजात; सरुवा हुने कर्मचारीले बुझबुझारथ गरिँदा लेखिदिने कागज।
79809 वासव ना. १. स्वर्गका राजा; इन्द्र।
79810 वासव ना. २. धनिष्ठा नक्षत्र। वि.
79811 वासव ना. ३. वसु देवतासँग सम्बन्धित।
79812 वासवदत्ता ना. १. सुबन्धुको आफ्नै कल्पनामा आधारित प्रेमकथात्मक एक संस्कृत गद्यरचना (यस प्रेमाख्यान र त्यसकी नायिकाको 'कथासरित् सागर' मा पाइने वत्सराज उदयन र वासवदत्ताको प्रेमाख्यान तथा त्यसकी नायिकासँग कुनै सम्बन्ध छैन)।
79813 वासवदत्ता ना. २. कतिपय कथामा वर्णित एक प्रसिद्ध गायिका।
79814 वासवदत्ता ना. ३. राजा उदयनकी रानी।
79815 वास व्यवस्था ना. बसोबास गर्ने प्रबन्ध; बस्ने ठाउँको बन्दोबस्त।
79816 वासस्थान ना. १. बसाइको वास्तविक थलो; बसेको ठाउँ; आवासस्थल।
79817 वासस्थान ना. २. घर; गृह।
79818 वासस्थान ना. ३. आश्रयस्थान; थातथलो।
79819 वासित वि. १. बास्ना आउने गरी तयार गरिएको; सुगन्धित।
79820 वासित वि. २. लुगापोसाकले सजाइएको; सज्जित।
79821 वासित वि. ३. खनजोत, गोडगाड गरिएको; आबादी (भूमि)।
79822 वासित वि. ४. नाम चलेको; प्रसिद्ध। ना.
79823 वासित वि. ५. चराचुरुङ्गीहरूको सामूहिक स्वर; कलरव।
79824 वासिल वि. उठतीपुठती भएको; असुल गरिएको; उठाइएको ( शुल्क, चन्दा आदि)।
79825 वासिल बाँकी ना. १. असुल भइसकेको र बाँकी रकमकलमको हरहिसाब।
79826 वासिल बाँकी ना. २. स्रेस्तामा लिनेदिने दुवै थरी बसेर हरहिसाब गरी सहीछाप गरेको ठाडो ढपोट।
79827 वासिलात ना. १. असुलउपर भएको रकमकलम; उठाइएको शुल्क वा चन्दा।
79828 वासिलात ना. २. जो भएको सबै आम्दानीको जोड; कुल; आम्दानी।
79829 वासिलात ना. ३. तोकिएको ठाउँबाट उठ्तीपुठ्ती हुनुपर्ने रकमकलमको सूची।
79830 वासिष्ठ वि. हे. वाशिष्ठ।
79831 वासी वि. कुनै ठाउँ बुझाउने शब्दका पछिल्तिर गाँसिएर 'त्यहाँ रहने' वा 'बसोबास गर्ने' भन्ने अर्थ बुझाउने विशेषण (जस्तो- नगरवासी, ग्रामवासी आदि)।
79832 वासुकि ना. अष्टनागमध्येका एक नाग; प्रसिद्ध नागराज।
79833 वासुदेव ना. वसुदेवका पुत्र; कृष्ण।
79834 वास्कट ना. १. कोट, इस्टकोट आदि तयार गर्दा प्रयोगमा ल्याइने एक जातको बाक्लो सुती कपडा।
79835 वास्कट ना. २. इस्टकोट।
79836 वास्तव ना. १. वस्तुतथ्य; यथार्थ कुरा; साँचो भनाइ। वि.
79837 वास्तव ना. २. सत्य; यथार्थ; वास्तविक।
79838 वास्तविक वि. १. वास्तवमा हुने; अस्तित्व वा तथ्यपूर्ण; जस्ताको तस्तो।
79839 वास्तविक वि. २. काल्पनिक वा मिथ्याभन्दा भिन्न; सत्य; साँचो।
79840 वास्तविकता ना. वास्तविक हुनाको भाव वा अवस्था; वस्तुतथ्यता; सत्यता।
79841 वास्ता ना. १. मतलब; सरोकार; प्रयोजन।
79842 वास्ता ना. २. सम्बन्ध; चासो।
79843 वास्ताब्यास्ता ना. १. वास्ता आदि; चासो र खोज; खोजीनिधी।
79844 वास्ताब्यास्ता ना. २. हेरविचार; हेरचाह।
79845 वास्तु ना. १. घर बनाउन छुट्ट्याइएको भूमि; घडेरी।
79846 वास्तु ना. २. घर बनाउन उठाउँदै ल्याइने जग; घर ठडिने आधारस्तम्भ।
79847 वास्तु ना. ३. घर; वासस्थान; भवन; आवासगृह।
79848 वास्तु ना. ४. नयाँ घरमा प्रवेश गर्दा वा प्रवेश गरेपछि वास्तुदेवताका नाउँमा गरिने पूजाआजा; घरपैँचो।
79849 वास्तु ना. ५. भवननिर्माण गर्ने शिल्प वा कला।
79850 वास्तु ना. ६. भवन, प्रासाद, मन्दिर, घर आदिको सामूहिक नाम।