Dictionary

All Word

79401 वाचा ना. ३. धार्मिक ग्रन्थहरूको पाठ; सूत्र।
79402 वाचा ना. ४. शब्द; ध्वनि।
79403 वाचापत्र ना. प्रतिज्ञापत्र; कबुलियतनामा।
79404 वाचाबद्ध वि. वाचा वा कबुलमा बाँधिएको; वचनबद्ध।
79405 वाचाबन्धन ना. वाचा वा प्रतिज्ञामा बाँध्ने काम; वचनबद्ध गराउने काम।
79406 वाचाल वि. १. बोल्नमा सिपालु; चतुरो; वाक्पटु।
79407 वाचाल वि. २. धेरै बोल्ने; बकबके।
79408 वाचिक वि. १. मुखबाट प्रकट गरिने; मौखिक; बकितम्।
79409 वाचिक वि. २. वाचासम्बन्धी; वचनको। ना.
79410 वाचिक वि. ३. वाणीका माध्यमले अभिप्राय प्रकट गरिने एक अभिनय।
79411 वाचिक वि. ४. मौखिक समाचार।
79412 वाची वि. व्यक्त गर्ने वा बुझाउने; बोधक; वाचक (जस्तै- नामवाची, विशेषणवाची, सङ्ख्यावाची इ.)।
79413 वाच्य ना. १. वाक्यमा कर्ता, कर्म र भावको काम बुझाउने वा कुनै एउटासँग सम्बन्ध राख्ने क्रियापद। (जस्तै- कर्तृवाच्यः म किताब पढ्छु; कर्मवाच्य: (मद्वारा ) भात खाइयो; भाववाच्यः (हामी) आइनेछ इ.)।
79414 वाच्य ना. २. अभिधाद्वारा व्यक्त हुने अर्थ।
79415 वाच्य ना. ३. तिरस्कार; निन्दा। वि.
79416 वाच्य ना. ४. भन्न वा कहन योग्य।
79417 वाच्य ना. ५. शब्द वा अभिधाद्वारा बोध हुने; अभिधेय (अर्थ)।
79418 वाच्याघात ना. बोल्दाखेरि उच्चारण अवयवमा लाग्ने ठक्कर।
79419 वाच्यार्थ ना. कारक र क्रियाको सिधा सम्बन्ध रहने, शब्दको नियत वा निश्चित अर्थ; अभिधेयार्थ।
79420 वाजखाम ना. १. कुनै कुराका निम्ति धैर्य गरेर बस्ने वा पर्खने काम; खामोस।
79421 वाजखाम ना. २. अवकाश; अवधि; म्याद।
79422 वाजखाम ना. ३. लख काट्ने काम; अन्दाज; अड्कल।
79423 वाजपेय ना. समाजमा उच्चतम स्थानको प्राप्तिका लागि गरिने सात श्रौत यज्ञमध्ये पाँचौँ यज्ञ।
79424 वाजबी वि. १. न्यायसङ्गत; सुहाउँदो; मुनासिब; उचित।
79425 वाजबी वि. २. लायक; योग्य।
79426 वाजसनेय ना. शुक्लयजुर्वेदको एक शाखा।
79427 वाजसनेयी वि. १. वाजसनेय शाखाको अनुयायी।
79428 वाजसनेयी वि. २. शुक्ल यजुर्वेदका प्रवर्तक तथा प्रणेता याज्ञवल्क्य मुनि।
79429 वाजिब वि. चित्तबुझ्दो; मुनासिब; वाजबी।
79430 वाजिबी वि. वाजिब।
79431 वाजी ना. १. बाज चरो।
79432 वाजी ना. २. घोडा।
79433 वाजी ना. ३. शुक्लयजुर्वेदी।
79434 वाजीकर वि. १. शक्ति बढाउने; वीर्य वा शक्तिवर्द्धक।
79435 वाजीकर वि. २. कामोद्दीपक।
79436 वाजीकरण ना. औषधीद्वारा मानिसको शक्ति तथा वीर्य बढाउने काम वा त्यस्तो आयुर्वेदीय प्रयोग।
79437 वाञ्छक वि. वाञ्छा वा इच्छा गर्ने; इच्छुक।
79438 वाञ्छन / वाञ्छना ना. इच्छा गर्ने काम; अभिलाषा; वाञ्छा।
79439 वाञ्छनीय वि. १. अभिलाषालायकको; इच्छा गर्न योग्य।
79440 वाञ्छनीय वि. २. चाहिने खालको; आवश्यक; जरुरी।
79441 वाञ्छनीय योग्यता ना. कुनै पद वा कामका निम्ति चाहिने योग्यता ( शिक्षा, कार्यकुशलता आदि )।
79442 वाञ्छा ना. कुनै आवश्यक कुराका निम्ति गरिने चाहना; इच्छा; अभिलाषा।
79443 वाञ्छित वि. इच्छा गरिएको; चिताइएको; चाहिने।
79444 वाट ना. १. बाटो; मार्ग।
79445 वाट ना. २. बाग; बगैँचा।
79446 वाट ना. ३. घेरो।
79447 वाट ना. बिजुलीबाट शक्ति पैदा हुने परिमाणको अंश वा एकाइ।
79448 वाटर ना. पानी; जल।
79449 वाटर प्रुफ वि. भित्र पानी नछिर्ने वा पानीले असर नपार्ने (घडी आदि)।
79450 वाटर मार्क ना. उज्यालो तर्फ फर्काएर हेर्दा देखिने नोट, कागत आदिमा लागेको सेतो छाप वा चिह्न।