Dictionary

All Word

87951 सागिर्द ना. २. अनुचर; पछुवा।
87952 सागौन ना. शालवृक्ष।
87953 साग्रह क्रि.वि. आग्रह वा अनुरोधका साथ; आग्रहपूर्वक; सानुरोध।
87954 साङ्कर्य ना. १. सङ्कर हुनाको भाव वा अवस्था।
87955 साङ्कर्य ना. २. छुट्ट्याउन नसकिने अनेक वस्तुको सम्मिश्रण; मिलावट।
87956 साङ्केतिक वि. १. सम्बन्धित व्यक्तिबाहेक अरूले नबुझून् भन्ने उद्देश्यले सङ्केतका रूपमा व्यक्त गरिएको; स्पष्ट नखोली इसाराका रूपमा बताइएको।
87957 साङ्केतिक वि. २. सङ्केतसम्बन्धी; सङ्केतको।
87958 साङ्केतिक भाषा ना. १. खास गरी बहिराहरूले अङ्गसञ्चालनद्वारा प्रयोग गर्ने भाषा।
87959 साङ्केतिक भाषा ना. २. साधारण चल्तीको भाषादेखि भिन्न पारी सम्बन्धित व्यक्ति वा संस्थाले कुराकानीका निम्ति वा समाचार आदानप्रदान गर्न बनाएको भाषा।
87960 साङ्केतिक भाषा ना. २. हात, मुख, आँखा आदिको इसारा; अङ्गसञ्चालनका अन्य प्रक्रियाद्वारा भाव व्यक्त गरिने शैली वा पद्धति; सानभाषा।
87961 साङ्केतिकवाद ना. भाषाको उत्पत्ति पहिले सङ्केतका आधारमा भएको हो भनेर मान्ने एक सिद्धान्त।
87962 साङ्ख्य ना. जड प्रकृति र चेतन पुरुषलाई सृष्टिको मूलकारण मान्ने, कपिलमुनिद्वारा प्रतिपादित एक दर्शन; षड्दर्शनमध्ये एक। वि. सङ्ख्यासम्बन्धी; परिगणनीय।
87963 साङ्ख्यिकी ना. तथ्याङ्क वा आँकडा सङ्कलन, सारिणीकरण, विश्लेषण, व्याख्या आदि गर्ने विज्ञानको शाखा।
87964 साङ्ग वि. १. अङ्गले सहित भएको; अङ्गयुक्त।
87965 साङ्ग वि. २. सबै अङ्गउपाङ्गले पूर्ण; साङ्गोपाङ्ग।
87966 साङ्गता ना. साङ्ग हुनाको भाव वा स्थिति; अङ्गप्रत्यङ्गयुक्तता।
87967 साङ्गतिक वि. सङ्गति मिलेको; सङ्गतिसम्बन्धी; सङ्गतिको।
87968 साङ्गरूपक ना. उपमानका सबै अङ्गको उपमेयमा आरोप गर्दा हुने एक अर्थालङ्कार; रूपकालङ्कारको एक भेद।
87969 साङ्गीतिक वि. १. सङ्गीत भएको; सङ्गीतले पूर्ण; सङ्गीतमय।
87970 साङ्गीतिक वि. २. सङ्गीतसम्बन्धी; सङ्गीतको।
87971 साङ्गे ना. १. यज्ञ, व्रत, पुराणवाचन आदिका अन्तमा पूर्णताका निम्ति गरिने समापन कार्य; यज्ञ, व्रत, पुराणवाचन आदिको समाप्ति; साङ्गता।
87972 साङ्गे ना. २. उद्यापन; प्रतिष्ठा।
87973 साङ्गोपाङ्ग वि. १. सबै अङ्ग र उपाङ्गले सहित; अङ्गप्रत्यङ्गयुक्त।
87974 साङ्गोपाङ्ग वि. २. पूर्ण; पूरा।
87975 साङ्ग्रामिक वि. १. सङ्ग्रामसम्बन्धी; सङ्ग्रामको।
87976 साङ्ग्रामिक वि. २. शस्त्रास्त्रले युक्त वा सज्जित।
87977 साङ्ग्रिनु अ.क्रि. हे. साँघुरिनु।
87978 साङ्ग्रिला ना. १. जीवनले आनन्द प्राप्त गर्ने, दिव्य सुवासले युक्त, टाढाको काल्पनिक सुन्दर स्थान; मुग्ध तुल्याउने मनोहर स्थल।
87979 साङ्ग्रिला ना. २. त्यस्तो सुवासयुक्त धुपीको बगैँचा वा वन।
87980 साङ्ग्रो वि. हे. साँघुरो।
87981 साङ्घातिक वि. मर्मस्थलमा चोट पार्ने; मरणासन्न हुने गरी चोट पार्ने; असह्य आघात पुर्‍याउने।
87982 साङ्घिक वि. सङ्घसम्बन्धी; सङ्घको।
87983 साङ्ली ना. १. धागो, डोरो आदि गुटमुटिएर वा जेलिएर पर्ने गाँठो।
87984 साङ्ली ना. २. सानो किसिमको साङ्लो।
87985 साङ्ले वि. साङ्ला झैँ पारी बटारेको वा बुनेको; साङ्लोजस्तो।
87986 साङ्ले बुट्टा ना. साङ्लाजस्तो बुट्टा; साङ्लाका आकारको बुट्टा।
87987 साङ्ले बुनोट ना. साङ्लाको आकार पर्ने किसिमले वा साङ्लो पारी गरिएको बुनाइ।
87988 साङ्ले रायो ना. सानासाना छिर्का परेको र खुम्चिएको पात हुने एक जातको रायो।
87989 साङ्लो ना. १. घर आदिको दैलोमा साँचो लगाउने उद्देश्यले लगाइने फलामको सिक्री।
87990 साङ्लो ना. २. सिक्री; बन्धन; जन्जिर।
87991 साङ्लो ना. ३. रातोरातो वा कालो खालको विभिन्न भेद ( घरसाङ्लो, मलसाङ्लो , वनसाङ्लो आदि) हुने, दुई जोडी पखेटा र तीन खुट्टा भएको एक जातको किरो।
87992 साची ना. लाम्चा पात भएको एक जातको पान; सतसा।
87993 साछी ना. हे. साक्षी।
87994 साज ना. सालका जस्ता पात र खैरा गोल फल फल्ने, गाईबस्तुलाई डाले घाँसका रूपमा खुवाइने एक जातको वृक्ष।
87995 साज ना. १. कुनै विशेष काममा उपयोग गरिने सरसामान; सामग्री।
87996 साज ना. २. कुनै व्यक्ति वा वस्तुलाई सजाउने गहना, कपडा आदि साधन; शृङ्गारको सामग्री।
87997 साज ना. ३. सवारीका निम्ति घोडा आदि सजाउने सामान (काठी, लगाम आदि)।
87998 साज ना. ४. सङ्गीतका क्षेत्रमा उपयोग गरिने वाद्यसामग्री। प. स.
87999 साज ना. ५. कुनै वस्तुवाचक नामका पछाडि जोडिएर 'त्यो वस्तु बनाउने वा मर्मत गर्ने' भन्ने अर्थ बुझाउने शब्द (जस्तो- घडीसाज, जिल्दसाज आदि)।
88000 साजबाज ना. सरसामान; आवश्यक सामग्री।