Dictionary

All Word

88051 साडी ना. सारी।
88052 साडो ना. काँडैकाँडा भएको एक जङ्गली जन्तु; दुम्सी।
88053 साढु ना. साली वा जेठीसासूको लोग्ने।
88054 साढु दाइ / दाजु ना. जेठीसासूको लोग्ने।
88055 साढु भाइ ना. सालीको लोग्ने।
88056 साढे वि. भएको सङ्ख्यामा अर्को आधासमेत जोडिएको; आधासहितको।
88057 साढे दुई ना. दुई र आधा; अढाई।
88058 साढे सात ना. १. फलितज्योतिषका अनुसार आफ्ना राशिबाट द्वादश, प्रथम र द्वितीय राशिमा शनिग्रह साढेसात वर्षसम्म रहँदा रहने शनैश्चरको अनिष्टकारक दशा; साढेसाती।
88059 साढे सात ना. २. सात र आधा।
88060 साढेसाती ना. साढेसातको दशा।
88061 सात ना. १. छ र एकको योगबाट बन्ने सङ्ख्या; ६-पछिको सङ्ख्या; ७-को अङ्क। वि.
88062 सात ना. २. ६ र १ का योगले बन्ने सङ्ख्याको।
88063 सातकान्ले ना. खेतमा हुने र धेरै लामो भएर फैलिने (सात कान्लासम्म फैलिन सक्ने भनी कहलिएको) दुबोजस्तो एक झार।
88064 सातत्य ना. सतत वा निरन्तर हुनाको भाव; निरन्तरता; अविच्छिन्नता।
88065 सातदिने वि. १. सात दिनसम्म चल्ने (पुराण आदि)।
88066 सातदिने वि. २. सात दिनको (दाजुभाइ )।
88067 सातपगरी ना. अन्दाजी सय सिपाहीको मुख्य नाइके सुबेदारको मातहतमा रहने, सोह्र जना मानिस आफ्नो दलमा भर्ना गर्न पाउने, लडाइँमा अनुभव पाएका सात जना सैनिक (दिव्य.)।
88068 सातपत्रे ना. मानिस र पशुको भुँडीभित्र हुने, खाएको वस्तु पच्ने, पत्रैपत्र परेको अवयव; पाकस्थली।
88069 सातपोके ना. गाईभैँसी बिहाएपछि पहिलो छाकको बिगौती सात पोका पारी कप्टेरामा घुसारेर देउतालाई चढाइने भाग।
88070 साता ना. १. सात दिनको समूह; सात दिनको समय; सप्ताह; हप्ता।
88071 साता ना. २. दुनोटमा कुनै अङ्कको सात गुनाभन्दा भनिने शब्द (पाँच साता पैँतिस, छ साता बयालीस आदि); साताङ।
88072 साताङ ना. दुनोटमा कुनै अङ्कको सात गुना भन्दा भनिने शब्द (दुई साताङ चौध, तीन साताङ एक्काइस इ.)।
88073 सातु ना. भुटेको मकै, चना, जौ, गहुँ आदिको पिठो; सत्तु; सतुवा।
88074 सातो ना. १. चेतनतत्त्व; चैतन्य; होस।
88075 सातो ना. २. अस्तित्वको मूल वस्तु; शक्ति; सत्त्व।
88076 सातो ना. ३. केटाकेटीलाई कुनै ठुलो डर लाग्दा होसहवास हराउने स्थिति वा रोग।
88077 सातोपुत्लो ना. चेतनतत्त्व र शरीर; होसहवास।
88078 सात्त्वती ना. वीर, रौद्र, अद्भुत र शान्त रसमा व्यवहार गरिने दान, दया, शौर्य आदि वीरोचित कार्यमा वर्णन गरिने, नाटकका मुख्य चार वृत्तिमध्ये एक।
88079 सात्त्विक वि. १. सत्त्व, रज र तम तीन गुणमध्ये सत्त्वगुणले युक्त; सत्त्वगुणले भरिएको।
88080 सात्त्विक वि. २. सत्त्वगुणबाट उत्पन्न वा निर्मित।
88081 सात्त्विक वि. ३. सत्त्वगुणको आधिक्य भएको; सत्त्वगुणप्रधान। ना.
88082 सात्त्विक वि. ४. साहित्यमा सत्त्वगुणबाट उत्पन्न हुने स्तम्भ, स्वेद, रोमाञ्च आदि अङ्गविकार।
88083 सात्त्विक भाव ना. नाट्य वा नृत्य आदिमा सत्त्वगुणबाट उत्पन्न हुने अङ्गविकार (स्तम्भ, स्वेद, रोमाञ्च, स्वरभङ्ग, कम्प, वैवर्ण्य, अश्रुपात र प्रलय)।
88084 साथ ना. यो. १. सँग; सित।
88085 साथ ना. यो. २. समेत; सहित। ना.
88086 साथ ना. यो. ३. सामीप्य; निकटता।
88087 साथसाथै क्रि.वि. एकै साथमा; सँगै रहेर; सँगसँगै।
88088 साथी ना. १. एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति; सँगी।
88089 साथी ना. २. कुनै कामकुरामा साथ दिने व्यक्ति; परिआएका बेलामा मद्दत गर्ने व्यक्ति; सहायक; सहयोगी; मदतगार।
88090 सादगी ना. १. सादा हुनाको भाव, गुण वा अवस्था; सादापन; सरलता।
88091 सादगी ना. २. निष्कपटता।
88092 सादर क्रि.वि. आदर वा मानमर्यादाका साथ; सम्मानका साथ; आदरपूर्वक; ससम्मान।
88093 सादा वि. १. कुनै किसिमको देखावटी आडम्बर, तडकभडक, सिँगारपटार आदि नभएको; सामान्य किसिमको; साधारण।
88094 सादा वि. २. अनेक रङ, बुट्टा आदि नभएको।
88095 सादा वि. ३. छलकपट नभएको; मनमा एक थोक मुखले अर्को थोक गर्न नजान्ने; सोझो; सरल।
88096 सादृश्य ना. १. रूप, गुण आदिका दृष्टिले देखिने एकरूपता; समानता; तुल्यता।
88097 सादृश्य ना. २. तुलना; दाँजो; बराबरी। ना.
88098 सादृश्य ना. ३. कुनै प्रयोगलाई देखेर त्यसको सादृश्यमा अन्यत्र पनि त्यस्तै प्रयोग गर्ने भाषावैज्ञानिक प्रक्रिया (जस्तो- बस्छे > बस्+छे का सादृश्यले छ > छ्+अ जस्ता प्रयोग पनि छे बन्नु अर्थात् बहिनी छे बनाउनु आदि)।
88099 सादृश्यगत वि. सादृश्य भएको; सादृश्य वा उपमाका रूपको (अलङ्कार आदि)।
88100 साद्धे वि. साध्य; सम्भव।