Dictionary

All Word

88201 सानुतिनु वि. २. सानो।
88202 सानुकेराउ ना. हरिया र साना गेडा हुने एक जातको केराउ।
88203 सानु जटामसी ना. गुलाबका जस्ता पात र हरिया रङका हाँगा हुने, फेदमा भुत्ला भएका, लामालामा दुइटा मुलाजस्ता जरा हुने, हिमालयमा पाइने सुगन्धी बुटी; एक जातको जटामसी।
88204 सानु तिते पिँडालु ना. लामालामा पात, सेतो ठुलो फूल र छ्यापीको जस्तो कन्द हुने, हिमालयमा पाइने आयुर्वेदका अनुसार ज्वरनाशक र वीर्यवर्द्धक मानिएको, जङ्गलमा पाइने, एक बुटी; ऋषभ।
88205 सानु ना. १. बालबालिकालाई प्रेमले बोलाउँदा प्रयोग गरिने शब्द।
88206 सानु ना. २. साना।
88207 सानुनय क्रि.वि. १. अनुनय वा विनयपूर्वक; नम्रतासाथ। वि.
88208 सानुनय क्रि.वि. २. विनययुक्त; विनयशील।
88209 सानुपवै ना. सानो जातको पवै।
88210 सानुपिप्ला ना. पानपाते आकारका हरिया पात हुने, पानकै जस्ता फूल फुल्ने, किम्बुका जस्ता र पिरो स्वादका फल फल्ने एक जातको वनस्पति।
88211 सानुपिपल ना. लाम्चा पात, पहेँला फल र सेतो हाँगा हुने पीपलका जातको एक बोट; अश्वत्थिका।
88212 सानुबन्ध वि. १. कुनै सर्त वा बन्धन भएको; प्रतिज्ञा गरिएको।
88213 सानुबन्ध वि. २. सम्बन्ध वा क्रम नटुटेको।
88214 साने ना. सानो व्यक्तिलाई हेला गरेर बोलाउँदा प्रयोग गरिने शब्द।
88215 सानो वि. आकार, परिमाण, कद, दर्जा आदि कम भएको; उचाइ, मोटाइ आदि कम भएको; झिनो; सानु।
88216 सानो जुनटिकी ना. सानो, चन्द्राकार वा गोला भावको, टुप्पा मठारिएको, भाले र पोथी अङ्ग भिन्नाभिन्नै फूलमा लाग्ने, आयुर्वेदमा पेटसम्बन्धी रोगमा हितकर बताइएको एक जातको वृक्ष।
88217 सानोतिनो वि. १. ससानो; सानुतिनु।
88218 सानोतिनो वि. २. साधारण; मामुली।
88219 सानो नगदी कोष ना. हाताहात भुक्तानी दिनका लागि बराबर सोधभर्ना हुने पेस्कीका रूपमा दिई स्थापना गरिएको सानो रकमको नगदी कोष।
88220 सानोसूतक ना. सुत्केरी हुनुभन्दा पहिले निस्कने पानीफोको।
88221 सान्ती ना./ना. यो. राम्रोसँग वा बराबरी वितरण गर्ने काम; केही शब्दका पछाडि जोडिएर उक्त अर्थ दिने शब्द (जस्तै- पालोसान्ती, भागसान्ती, हिसाबसान्ती आदि)।
88222 सान्त्वना ना. १. प्रियजनको मृत्यु वा कुनै प्रकारको हानिनोक्सानीले गर्दा दुःखमा परेका व्यक्तिलाई शान्ति वा धैर्य दिने काम; सम्झाउनेबुझाउने काम।
88223 सान्त्वना ना. २. ढाढस; आश्वासन।
88224 सान्त्वना ना. ३. सन्तुष्ट हुने वा पार्ने वचन; चित्त बुझाउने कुरो; मानसिक शान्ति।
88225 सान्त्वना पुरस्कार ना. प्रतियोगितामा भाग लिनेमध्ये प्रथम, द्वितीय वा तृतीय नभएका तर योग्यता वा विशेषताका आधारमा तृतीयभन्दा केही मात्र पछि देखिने व्यक्तिलाई प्रोत्साहनस्वरूप दिइने पुरस्कार।
88226 सान्थुङ्गे ना. सानो एक जातको सयपत्री।
88227 सान्ध्य वि. १. सन्ध्यासम्बन्धी; बेलुकीपखको; साँझको।
88228 सान्ध्य वि. २. सन्ध्याका समयमा हुने।
88229 सान्ध्यकुसुमा ना. सन्ध्याका समयमा फुल्ने फूल।
88230 सान्ध्यगोष्ठी ना. सन्ध्याका समयमा हुने, आमन्त्रित मित्रहरूको रमाइलो गोष्ठी।
88231 सान्ध्यलालिमा ना. साँझपख क्षितिजमा देखिने रातोपना।
88232 सान्निध्य ना. सन्निधि वा समीप हुनाको भाव वा स्थिति; सामीप्य।
88233 साप्नु स.क्रि. नाप्नुको पूरक।
88234 सापट ना. १. पछि फिर्ता लिने वा दिने गरी कसैलाई दिइएको वा कसैसँग लिइएको धन, मालसामान आदि।
88235 सापट ना. २. काम सिद्धिएपछि फिर्ता गर्ने गरी धन, मालसामान आदि लिने वा दिने काम; उधारो; ऋण; कर्जा।
88236 सापटी वि. १. पछि फिर्ता गर्ने गरी लिइएको वा दिइएको (धनमाल आदि)। ना.
88237 सापटी वि. २. सापट; ऋण।
88238 सापत्न्य ना. सौतेनी हुनाको भाव वा अवस्था; सौतेनी व्यवहार।
88239 सापिलो वि. नापिने; नपना हुने।
88240 सापेक्ष वि. १. स्वतन्त्र रूपले रहेको नभएर अर्काको अपेक्षा वा आशा राख्ने; अर्कासित सम्बद्ध।
88241 सापेक्ष वि. २. अन्य तत्त्व, विचार, दृष्टिकोण आदिबाट सम्बन्धित हुनाले त्यसैको अपेक्षा राख्ने।
88242 सापेक्षता ना. सापेक्ष हुनाको भाव, गुण वा अवस्था।
88243 सापेक्षवाद ना. विश्वको कुनै पनि कुरा आफैँमा स्वतन्त्र नभएर अर्कासित कुनै न कुनै रूपमा सम्बद्ध हुन्छ भनेर मान्ने सिद्धान्त।
88244 सापेक्ष विराम ना. १. कुनै विषयको आधारमा गरिने विराम वा रोक; सापेक्ष रूपमा गरिने विराम।
88245 सापेक्ष विराम ना. २. सापेक्ष विरामचिह्न।
88246 सापेक्ष विराम चिह्न ना. परस्परको सापेक्षता देखाउन वाक्यांश वा वाक्यार्धमा दिइने विरामचिह्न; (;) चिह्न।
88247 सापेक्षिक वि. सापेक्ष भएको; सापेक्षसम्बन्धी; सापेक्ष।
88248 सापेक्षिक आर्द्रता ना. १. कुनै निश्चित तापमा हुने वायुको घनत्वमा पाइने जलवाष्पको वास्तविक मात्रा र त्यही तापमा सन्तृप्त वायुमा रहेको मात्राको बिचको अनुपात (सामान्यतः प्रतिशतमा बताइन्छ )।
88249 सापेक्षिक आर्द्रता ना. २. हाइग्रो मिटरद्वारा निर्धारित गरिने वातावरणीय चिसोपन।
88250 सापो ना. १. नाप्ने काम।