Dictionary

All Word

88301 सामञ्जस्य ना. १. रूप, रस, गुण, धर्म आदिमा एकरूप हुनाको भाव वा अवस्था; मेलमिलाप।
88302 सामञ्जस्य ना. २. उपयुक्तता; औचित्य।
88303 सामञ्जस्य ना. ३. अनुकूल हुनाको भाव; मिल्दोपना।
88304 सामञ्जस्य ना. ४. बराबरी; समानता; तुल्यता।
88305 सामदान ना. मैनबत्ती आदि बाल्दा अड्याइने ठाडो पानस।
88306 सामदुलिङ गुम्बा ना. नेपालको मुस्ताङ जिल्लामा अवस्थित कादजपापन्थी बौद्धहरूको प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको गुम्बा।
88307 सामना ना. १. सामुन्ने पारेर एकअर्को पक्ष वा व्यक्तिका बिच सङ्घर्ष गर्ने काम; मुकाबिला; मुठभेड।
88308 सामना ना. २. आमनेसामने हुने काम; मुखामुख।
88309 सामन्त ना. १. शक्तिशाली राजालाई कर बुझाउने सानो राजा; रजौटो।
88310 सामन्त ना. २. राजा वा प्रमुख शासकको आड लिएर सर्वसाधारण जनतालाई शोषण गर्ने व्यक्ति।
88311 सामन्त ना. ३. लिच्छविकालीन उच्च ओहदाको एक दर्जा।
88312 सामन्ततन्त्र ना. राज्यको भूभाग ठुलठुला भारदार, सामन्त, सरदार,जमिनदार वा धनीहरूको अधिकारक्षेत्रमा रही त्यसको बदलामा राजालाई आर्थिक सहायता दिइने शासनव्यवस्था।
88313 सामन्तवाद ना. १. कुनै राज्यअन्तर्गतका सामन्त, जमिनदार बिर्तावाल आदिलाई खेती, मोही आदिमाथि पूरापूर अधिकार दिइने सिद्धान्त वा शासनपद्धति।
88314 सामन्तवाद ना. २. सामन्तहरूको सत्ता मान्ने शासनव्यवस्था; सामन्ततन्त्र।
88315 सामन्तवादी वि. सामन्तवादको अनुयायी; सामन्ततन्त्रमा विश्वास भएको।
88316 सामन्तसाही ना. सामन्तवाद।
88317 सामन्ती वि. १. सामन्तको; सामन्तसम्बन्धी। ना.
88318 सामन्ती वि. २. सामन्तको काम वा पद।
88319 सामयिक वि. १. समय सुहाउँदो; समयका दृष्टिले उपयुक्त; समयानुकूल।
88320 सामयिक वि. २. नियत समयमा गरिने; ठिक समयमा हुने।
88321 सामयिक वि. ३. समयको; बेलाबखतको।
88322 सामयिक कर ना. समयका आधारमा उठाइने कर; तोकिएको समयमा मात्र कुनै वस्तुमाथि लगाइने कर।
88323 सामयिक चर्चा ना. रेडियो, पत्रपत्रिका आदिबाट बेलाबखत प्रचारप्रसारमा ल्याइने समसामयिक जल्दाबल्दा घटना, विषय वा समाधानका उपाय।
88324 सामयिकता ना. समयानुकूल हुनाको भाव वा स्थिति।
88325 सामयिक पत्र ना. वेला-बखत लेखिने कागजात; सावधिक पत्र।
88326 सामयिक परीक्षा ना. कुनै शैक्षिक तह पूरा गर्ने अन्तिम परीक्षामा नपुग्दै बिचबिचमा लिइने परीक्षा।
88327 सामयिक प्रकाशन ना. कुनै विशेष चाडपर्व आदिको समय मिलाई वा वेला-बखत प्रकाशनमा ल्याइने पत्रपत्रिका।
88328 सामयिक वार्ता ना. रेडियो वा पत्र-पत्रिकाबाट प्रसारित गरिने समसामयिक घटना, प्रश्न वा विषयको चर्चा; सामयिक चर्चा।
88329 सामयिकी वि. समयसम्बन्धी; सामयिक।
88330 सामरिक वि. समर वा युद्धसँग सम्बन्धित; लडाइँसम्बन्धी; युद्धको।
88331 सामरिक व्यवस्था ना. युद्धको सञ्चालन तथा शस्त्र-अस्त्रसम्बन्धी चाँजोपाँजो।
88332 सामरी वि. हे. साँवली (जस्तो- सामरी भन्ज्याङ)।
88333 सामर्थी वि. सामर्थ्य भएको; खुपी भएको; समर्थ; बलवान्।
88334 सामर्थ्य ना. १. समर्थ हुनाको भाव, गुण वा अवस्था; समर्थता।
88335 सामर्थ्य ना. २. क्षमता; योग्यता।
88336 सामर्थ्य ना. ३. शक्ति; बल।
88337 सामर्थ्य ना. ४. शब्दको व्यञ्जनाशक्ति।
88338 सामल ना. १. यात्रा गर्दा चाहिने आर्थिक साधन; बाटाखर्च।
88339 सामल ना. २. खानेपकाउने दैनिक खाद्य पदार्थ।
88340 सामल तुमल ना. घरमा बिहानबेलुकाको छाक टार्न वा बाटो लाग्दा खान चाहिने चामल, खाजा आदि खानेकुरा।
88341 सामली ना. सामल बोक्ने व्यक्ति; सामलतुमल लिने भरिया।
88342 सामलो वि. साँवलो।
88343 सामवेद ना. चार वेदमध्ये तेस्रो वेद।
88344 सामवेदी ना. १. सामवेदको ज्ञाता; सामवेद पढ्ने वा पाठ गर्ने व्यक्ति।
88345 सामवेदी ना. २. वि. सामवेदसम्बन्धी।
88346 सामसाम सुमसुम ना. १. नचाहिँदो कामकुरा अलमल गर्ने काम; अल्याङमल्याङ।
88347 सामसाम सुमसुम ना. २. लम्य्राङलुम्रुङ; जुम्सोपन।
88348 सामसाम सुमसुम ना. ३. अँध्यारोमा वा अन्धाले हातले यताउति छाम्ने काम; छामछामछुमछुम।
88349 सामसुन वि. १. कुनै आवाज वा कोही व्यक्ति नभएको; सुनसान; चकमन्न।
88350 सामसुन वि. २. निस्तब्ध; निश्छल।