Dictionary

All Word

88401 सामुद्रिक वि. २. समुद्रमा पैदा हुने।
88402 सामुद्रिक वि. ३. शरीरका चिह्न वा रेखासम्बन्धी। ना.
88403 सामुद्रिक वि. ४. हातपाउका रेखा र शरीरका चिह्न आदि हेरेर मानिसको शुभाशुभ फल बताउने ज्योतिषविद्या; फलित ज्योतिषशास्त्रको एक अङ्ग।
88404 सामुद्रिक वि. ५. त्यस्तो ज्योतिषशास्त्रको ज्ञाता।
88405 सामुदायिक धार ना. समयसमयमा समुद्रमा आउने पानीको चाप; समुद्री आँधी।
88406 सामुदायिक बिमा ना. समुद्रपारबाट आयातनिर्यात गरिने वस्तुमा गरिने बिमा; पारवहन वस्तुबिमा।
88407 सामुदायिक सुरक्षा समिति ना. सामुद्रिक यात्रा वा पारवहनको सुरक्षा गर्ने संस्था।
88408 सामुन्ने क्रि.वि. सामु; मुखेन्जी; अगाडि।
88409 सामूहिक वि. समूहको; समूहसम्बन्धी; सामुदायिक।
88410 सामूहिक जीवन ना. धेरै जनसमुदायसँग सम्बन्ध राख्ने जीवन।
88411 सामूहिक प्रयास ना. कुनै काम पूरा गर्नका लागि समूहमा एकत्र भई गरिने प्रयास।
88412 सामूहिक सुरक्षा ना. दैवी वा भौतिक सम्भाव्य आपत्बाट जनसाधारणलाई संस्थागत रूपमा प्रदान गरिने सुरक्षा।
88413 सामेल ना. १. विशेष उर्दीबमोजिम तोकिएका ठाउँमा उपस्थित हुने काम; हाजिरी।
88414 सामेल ना. २. भेला। वि.
88415 सामेल ना. ३. एकत्रित; उपस्थित; हाजिर।
88416 सामेली ना. १. सामेल हुने काम; हाजिरी; उपस्थिति। वि.
88417 सामेली ना. २. सामेल हुने।
88418 साम्पत्तिक वि. सम्पत्तिसम्बन्धी; धनमालको।
88419 साम्प्रतिक वि. १. वर्तमान समयको; यसै बेलाको; तत्कालको।
88420 साम्प्रतिक वि. २. उपयुक्त; ठिक्क।
88421 साम्प्रदायिक वि. कुनै निश्चित जाति, धर्म, सम्प्रदाय वा गुटसँग सम्बन्ध भएको; सम्प्रदायसम्बन्धी।
88422 साम्प्रदायिकता ना. आफ्नो जाति, धर्म, सम्प्रदाय वा गुटको मात्र हित गर्ने र अन्य सम्प्रदाय आदिको हितको उपेक्षा गर्ने काम; सङ्कुचित मनोवृत्ति।
88423 साम्ब ना. १. अम्बा वा पार्वतीसहितका शिव; शिव; महादेव।
88424 साम्ब ना. २. कृष्णका जाम्बवतीका गर्भबाट उत्पन्न पुत्र।
88425 साम्मे ना. साम्य। (उदा.- उनीहरूको झगडा अझै साम्मे भएको छैन)।
88426 साम्य ना. १. सम हुनाको भाव, गुण वा अवस्था; उस्तै हुनाको स्थिति; तुल्यता; समानता।
88427 साम्य ना. २. दुई विरोधी पक्ष वा व्यक्तिका बिच ल्याइने सम्झौता वा मेल; सामञ्जस्य।
88428 साम्य ना. ३. पानी, रिस, आगो आदिको वेगमा आएको कमी; शान्ति।
88429 साम्यवाद ना. मार्क्सद्वारा प्रतिष्ठित तथा लेनिनद्वारा क्रियान्वित, सम्बन्धित सम्पत्तिको अधिकार व्यक्तिविशेषमा नरही समुदाय वा समाजको अधिकारमा रहनुपर्छ भन्ने र सार्वजनिक उत्पादन, प्रबन्ध र उपयोगका सिद्धान्तमा समाजव्यवस्था स्थिर गर्ने राजनीतिक सिद्धान्त; आर्थिक विषमता हटाई शोषित वर्गलाई सशक्त पार्दै उन्नत समाजको स्थापना गर्ने राजनीतिक विचारधारा।
88430 साम्यवादी वि. साम्यवादको सिद्धान्तमा विश्वास राख्ने; साम्यवादको अनुयायी।
88431 साम्यावस्था ना. १. सत्त्व, रज, तम- यी तीन गुण घटीबढी नभई समान रूपले रहेको अवस्था; कुनै गुणको उत्कर्षहीन स्थिति।
88432 साम्यावस्था ना. २. उतारचढाउ नभएको एकनासको अवस्था; शान्त स्थिति।
88433 साम्राज्य ना. १. ससाना धेरैवटा राज्य सम्मिलित भएको ठुलो राज्य; सम्राट्ले शासन गरेको राज्य।
88434 साम्राज्य ना. २. राज्यको सर्वोच्च शक्ति; प्रभुसत्ता; सार्वभौमिकता।
88435 साम्राज्य ना. ३. कुनै काम वा क्षेत्रमा रहेको कसैको पूर्ण अधिकार।
88436 साम्राज्यवाद ना. १. ससाना कमजोर देश वा राज्यहरूलाई शक्तिद्वारा वशमा पारेर राज्यको विस्तार गर्ने सिद्धान्त; साम्राज्य खडा गर्ने सिद्धान्त।
88437 साम्राज्यवाद ना. २. एक देशले अर्को देशमा आर्थिक, राजनीतिक वा सैनिक शोषण गर्ने सिद्धान्त वा विचार।
88438 साम्राज्यवादी वि. साम्राज्यवादको सिद्धान्त मान्ने; साम्राज्यवादको अनुयायी।
88439 सायक ना. धनुको ताँदोमा अड्याएर तन्काई वेगसित हुत्याइने अस्त्र; बाण; शर।
88440 सायङ्काल ना. १. साँझको समय वा बखत; बेलुकीपख; सन्ध्याकाल; साँझ।
88441 सायङ्काल ना. २. मृतकका निम्ति प्रेतकर्मका उद्देश्यले मरेका दिनदेखि नौ दिनसम्म बेलुका किरियापुत्रीहरूले बत्ती बाल्ने काम।
88442 सायङ्कालिक / सायङ्कालीन वि. सायङ्काल- सम्बन्धी; सायङ्कालको।
88443 सायद क्रि.वि. कथम्कदाचित्; केही गरी; सम्भवतः; सके।
88444 सायम् ना. १. सन्ध्याको समय; साँझ; सायङ्काल। क्रि.वि.
88445 सायम् ना. २. साँझको समयमा।
88446 सायर ना. कपडाको बार; भीत।
88447 सायर ना. उर्दू, अरबी, फारसी आदि भाषामा कविता रच्ने व्यक्ति; कवि।
88448 सायरी ना. १. उर्दू, अरबी फारसी आदि भाषामा रचिएका कविता वा ती कविताको पाठ।
88449 सायरी ना. २. सायरको काम वा वृत्ति।
88450 साया ना. १. स्त्री जातिले लगाउने घाँगरजस्तो लुगा।