Dictionary

All Word

88251 सापो ना. २. नापोको अग्रक।
88252 सापोनापो क्रि.वि. १. मिल्नेमिल्ने गरी; सरदर; सालाखाला।
88253 सापोनापो क्रि.वि. २. रोखपोख।
88254 साप्ताहिक वि. १. प्रत्येक सप्ताहमा हुने; हरेक हप्ताको; हप्ताभरिको।
88255 साप्ताहिक वि. २. सप्ताहसम्बन्धी; सात दिनको; साताको। ना.
88256 साप्ताहिक वि. ३. एकएक सातामा प्रकाशित हुने पत्रपत्रिका वा समाचारपत्र।
88257 साफ वि. १. धुलोमैलो आदि नभएको; स्वच्छ; सफा।
88258 साफ वि. २. मिलावट वा खोट नभएको; शुद्ध।
88259 साफ वि. ३. खुलस्त; स्पष्ट।
88260 साफ वि. ४. उज्ज्वल; चम्किलो।
88261 साफ वि. ५. खाली; शून्य।
88262 साफ वि. ६. चुक्ता भइसकेको; तिर्न बाँकी नरहेको (हिसाब आदि)। क्रि.वि.
88263 साफ वि. ७. बेसरी; बेसमारी।
88264 साफल्य ना. सफल हुनाको भाव, गुण वा अवस्था; सफलता।
88265 साफा ना. साउने फागुको सङ्क्षिप्त रूप; साउने फागु।
88266 साफा ना. फेटा; पगरी।
88267 साफी ना. १. एकपल्ट लेखेको कुरा दोहोऱ्याएर सफा र शुद्धसँग सार्ने काम; मसौदा वा खेस्रा राम्ररी सार्ने काम।
88268 साफी ना. २. दोहोऱ्याएर सफासँग सारेको कागत; मसौदा वा खेस्रा सारेको शुद्ध प्रति। वि.
88269 साफी ना. ३. दोहोऱ्याएर सफासँग सारेको; मसौदाबाट सफा प्रति उतारिएको।
88270 साफी ना. १. गाँजा, कक्कड आदिका चिलिमको भेट्नामा धुवाँ छान्नका लागि बेरिने कपडा वा त्यसमा घुसारिने घाँस, पराल आदिको बुजो।
88271 साफी ना. २. रुमाल।
88272 साबर ना. १. साँभर नामको मृगको नरम छाला।
88273 साबर ना. २. एक प्रकारसित तयार पारिएको कमलो छाला।
88274 साबर ना. ३. झिल।
88275 साबरी वि. १. साबर झिलको खारा पानीबाट बनेको (नुन)।
88276 साबरी वि. २. साबरबाट निर्मित (जस्ता, ब्याग आदि)।
88277 साबिक वि. १. अहिलेको भन्दा पूर्व अवस्थाको; पहिलेको। (उदा.- हाल नापीले साबिक रोपनीमा घटाएको छ)।
88278 साबिक वि. २. पहिलेदेखि चल्दै आएको; सनातन। (उदा.- साबिक रीतिरिवाजलाई पनि कायमै राख्नु सांस्कृतिक उपादेयता हो)।
88279 साबिक ऐन ना. १. कायम भइरहेको ऐन; चालु ऐन।
88280 साबिक ऐन ना. २. अहिलेको भन्दा पुरानो ऐन; पुरानो कानुन।
88281 साबिकवाला वि. हालभन्दा पहिले काम गर्ने; पुरानियाँ (कामदार)।
88282 साबित वि. १. निस्साप्रमाणबाट सिद्ध भएको; सबुत पुगेको; प्रामाणिक।
88283 साबित वि. २. अपराध वा दोष स्वीकार गरेको; कायल भएको।
88284 साबिती ना. १. भुल वा अपराध स्वीकार गर्ने काम; साबित हुने काम। वि.
88285 साबिती ना. २. अपराध वा दोष स्वीकार गर्ने खालको (बयान)।
88286 साबुत / साबुद वि. १. टुटफुट नभएको; सग्लो; सिङ्गो।
88287 साबुत / साबुद वि. २. पूरा; सबै; सम्पूर्ण।
88288 साबुदाना ना. ताडका जातको रुखको गुभाको गुदीबाट बनाइने, खान हुने सेता मसिना दाना।
88289 साबुन ना. कपडा, कपाल, शरीर आदि सफा गर्नका लागि क्षार, तेल आदि रासायनिक पदार्थको मिश्रणबाट बनाइएको पानीमा घोल्दा वा शरीर र वस्त्रमा दल्दा फिँज आउने पदार्थ।
88290 साबेल ना. साभेल। माटो, ढुङ्गा आदि उठाउने, पन्छाउने वा फ्याँक्ने, कोदालीको जस्तो पातो र लामो, सोको बिँड भएको औजार वा हाते ज्याबल।
88291 साभार क्रि.वि. १. लगाएको गुनले विनीत बन्दै; आभार प्रकट गर्दै; कृतज्ञतापूर्वक। वि.
88292 साभार क्रि.वि. २. कुनै पुस्तकपत्रिका वा लेख आदिबाट लिइएको; उद्धृत।
88293 साभिलाष क्रि.वि. अभिलाषासहित; इच्छापूर्वक; चाहनाअनुसार।
88294 साम ना. १. ऋक्, यजुः; साम र अथर्व- चार वेदमध्ये एक।
88295 साम ना. २. वेदमा गाइने मन्त्र; सामवेदका कण्डिका।
88296 साम ना. ३. कूटनैतिक चार उपाय- साम, दान, दण्ड, भेदमध्ये एक।
88297 साम ना. ४. प्रिय वचन; मिठो बोली।
88298 सामकालिक वि. समान कालको; एकै समयको (ध्वनि)।
88299 सामग्री ना. १. कुनै विशेष कामका लागि चाहिने साधन; सरसामान; सामाग्री।
88300 सामग्री ना. २. उपकरण; साधन।