Dictionary

All Word

88151 साधित वि. १. साधना गरिएको; सिद्ध पारिएको।
88152 साधित वि. २. अभ्यास वा प्रयासद्वारा वशमा ल्याइएको।
88153 साधिनु क.क्रि. १. शिक्षा लिइनु; तालिम हासिल गरिनु।
88154 साधिनु क.क्रि. २. माथिल्लो तहबाट आज्ञा वा आदेश लिइनु।
88155 साधु ना. १. सांसारिक प्रपञ्च वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन बिताउने व्यक्ति; सन्त; महात्मा।२. सरल प्रकृतिको मानिस; सोको मानिस।
88156 साधु ना. ३. पोइल गएकी वा परपुरुषसँग लागेकी स्त्रीको विवाहित पति (का. अ.)। वि.
88157 साधु ना. ४. शिष्ट।
88158 साधुता /त्व ना. साधु हुनाको भाव वा अवस्था; सोझोपन; सौजन्य।
88159 साधुमती ना. बौद्ध धर्मानुसार दशभूमि र त्रयोदशभूमिको नवौँ भूमि।
88160 साधुवाद ना. कसैले उपकार, अनुग्रह आदि असल काम गर्दा 'साधु-साधु' भनेर स्याबासी दिन भनिने शब्द; स्याबास; धन्यवाद।
88161 साधुसन्त ना. सांसारिक झमेलामा नअल्झेको सज्जन; महात्मा।
88162 साध्य वि. १. सिद्ध गर्न सकिने; पूरा गर्न सकिने; फत्ते गर्न सकिने।
88163 साध्य वि. २. घट्न सक्ने; हुन सक्ने; सम्भव।
88164 साध्य वि. ३. निको पार्न सकिने; निवारण गर्न सकिने। ना.
88165 साध्य वि. ४. देवयोनिविशेष।
88166 साध्य वि. ५. समाधानका निम्ति प्रस्तुत समस्या; सिद्ध हुन सक्ने तर्कयुक्त कुरो।
88167 साध्यवसाय/साध्यवसाना/ साध्यवसानिका ना. साहित्यमा पूर्वोक्त विषयको अन्य विषयका साथ अभेदसम्बन्ध देखाएमा हुने लक्षणा।
88168 साध्या ना. लामाको सेवा गर्ने चेली।
88169 साध्वी ना. पवित्र आचरण भएकी स्त्री; पतिव्रता स्त्री।
88170 सान ना. मत्ताका पछिपछि लागेर हिँड्ने हात्तीको बयान।
88171 सान ना. १. ओठ, जिब्रो, टाउको, हात, आँखा आदि चलाएर अरूलाई मनको भाव प्रकट गर्ने काम; इसारा; सङ्केत।
88172 सान ना. २. जनाउ; सूचना।
88173 सान ना. १. गौरव, इज्जत वा प्रतिष्ठाको अवस्था; चकचकी।
88174 सान ना. २. तडकभडक; ढाँचा।
88175 सान ना. ३. बडप्पन; मैमत्याइँ।
88176 सान ना. १. हतियार उध्याउने वा धार लगाउने काम।
88177 सान ना. २. रत्नहरूमा रहने पानी।
88178 सानढुङ्गो ना. हँसिया आदि हतियार उध्याउने कालो कडा ढुङ्गो; सान लगाउने ढुङ्गो।
88179 सानदार वि. १. सान भएको; गौरवशाली; भव्य।
88180 सानदार वि. २. प्रभाव पार्ने; सुन्दर।
88181 सानदार वि. ३. ढाँचावाल; भड्किलो।
88182 सानन्द वि. १. आनन्दले युक्त; प्रसन्न। क्रि.वि.
88183 सानन्द वि. २. आनन्दका साथ; आनन्दपूर्वक; खुसीसाथ।
88184 सानबान ना. हे. साहनवाहन।
88185 सानसौकत ना. १. सजिने सिँगारिने स्थिति; सजावट।
88186 सानसौकत ना. २. ठाँटबाँट; तडकभडक।
88187 साना वि. सानो।
88188 साना उद्योग ना. थोरै मानिस, थोरै श्रम र सानै पुँजीले चलाइने उद्योग।
88189 सानाबा / बाबु ना. आमाकी बहिनीको लोग्ने।
88190 सानिमा ना. सानीआमा।
88191 सानिमा सासू ना. १. पति वा पत्नीकी सानीमा।
88192 सानिमा सासू ना. २. आफ्नी सासूभन्दा पछि विवाह गरिएकी सासूकी सौता।
88193 सानी वि. १. धेरै वर्ष नखाएकी; कम उमेरकी।
88194 सानी वि. २. नसप्रेकी; नबढेकी; सानो कदकी।
88195 सानीआमा ना. १. आमाकी बहिनी; सानीमा।
88196 सानीआमा ना. २. आमाकी सौतेनी बैनी; सौतेनी आमा।
88197 सानीमा ना. हे. सानिमा।
88198 सानु वि. सानो।
88199 सानु करौँदा ना. ससाना पात, ल्वाङका आकारका फूल, आधा प्याजी वा रातो र आधा सेतो रङका फल हुने एक जातको बोट; त्यसैको अमिलो रस हुने फल; करमर्द्दी।
88200 सानुतिनु वि. १. थोरै महत्त्व वा मोलको; कम मूल्यको।