Dictionary

All Word

88501 सारतत्त्व ना. १. मूल कुरा; मुख्य आशय; निष्कर्ष।
88502 सारतत्त्व ना. २. कुनै पदार्थको मूल तत्त्व; गुदी।
88503 सारतत्त्व ना. ३. दुध वा दहीको तर; नौनी।
88504 सारथि ना. १. घोडा आदिको लगाम समातेर रथ वा बग्गी हाँक्ने व्यक्ति; कोचवान; चालक।
88505 सारथि ना. २. साथी; मित्र।
88506 सारथि ना. ३. सहायक।
88507 सारथि ना. ४. नेता; नायक।
88508 सारथित्व ना. सारथिको काम वा पद।
88509 सारनतारन ना. १. सारसुर गर्ने काम; सारफेर।
88510 सारनतारन ना. २. आवतजावत।
88511 सारनतारन ना. ३. लिने र दिने काम; लेनदेन।
88512 सारनी ना. जमिन समथर छ वा छैन भनी हेर्ने डकर्मीको साधन; बटान।
88513 सारफेर ना. १. अदलबदल गर्ने काम; अदलीबदली; साटफेर; सारनतारन।
88514 सारफेर ना. २. पग्लने पदार्थ आपसमा मिलाउने काम; घालघुल।
88515 सारवान् वि. सार भएको; खँदिलो; सारगर्भित।
88516 सारस ना. १. प्रायः जलाशयको नजिकमा रहने, ठुँड, गर्धन र खुट्टा ज्यादै लामा हुने बकुल्लाका आकारको ठुलो चरा।
88517 सारस ना. २. हाँस; हंस।
88518 सारस ना. ३. चन्द्रमा ।४. कमल ।वि.
88519 सारस ना. ५. तलाउसम्बन्धी; जलाशयको।
88520 सारसङ्क्षेप ना. १. कुनै शोधप्रबन्धको सङ्क्षिप्त ढाँचाकाँचा।
88521 सारसङ्क्षेप ना. २. सार रूपमा आएको सङ्क्षेप; सारपूर्ण सङ्क्षेप; सार एवं सङ्क्षेप।
88522 सारसुर ना. १. मालसामान यताको उता र उताको यता राख्ने काम; सार्ने काम।
88523 सारसुर ना. २. सुरसार।
88524 सारसोर ना. स्पष्ट उच्चारणका साथ हातको सार लगाएर वेदको मन्त्र पाठ गर्ने काम।
88525 सारसौँदो वि. १. बिरामी वा बिसन्चो नभएको; निरोगी; तन्दुरुस्त; स्वस्थ।
88526 सारसौँदो वि. २. मोटोघाटो; हृष्टपुष्ट।
88527 सारस्वत वि. १. सरस्वतीको भक्त; सरस्वतीसम्बन्धी; वाणीसँग सम्बन्धित। ना.
88528 सारस्वत वि. २. प्रसिद्ध व्याकरणग्रन्थ।
88529 सारस्वर ना. स्वरको आरोहअवरोहअनुसार हात हल्लाएर वेद पाठ गर्ने काम; सारसोर।
88530 सारांश ना. १. सारभाग; निचोर; निष्कर्ष।
88531 सारांश ना. २. कुनै कुरो वा लेखको सङ्क्षिप्त रूप; तेरिज; मजबुन।
88532 सारांश ना. ३. आशय; तात्पर्य; अभिप्राय।
88533 सारांश ना. ४. नतिजा; परिणाम।
88534 सारांश ना. ५. परिशिष्ट; उपसंहार।
88535 सारा वि. १. भएजति सबै; सम्पूर्ण; समस्त।
88536 सारा वि. २. भएजति; यावत्।
88537 सारिका ना. १. चुच्चो आँखाको डिल र खुट्टा पहेँलो हुने र अरु सर्वाङ्ग कालो हुने, सिकाएमा मानिसको बोली बोल्ने एक पक्षी; मैना।
88538 सारिका ना. २. सारौँ चरा।
88539 सारिणी ना. १. ग्रहगति, ग्रहफल, समयक्रम आदिको उल्लेख भएको ज्योतिषशास्त्रीय तालिका वा कोष्ठक।
88540 सारिणी ना. २. सहदेवी; महामना बुटी; पीतपुष्पी।
88541 सारिणी ना. २. कपास।
88542 सारिणी ना. ३. पहेँलो खालको सिसौ।
88543 सारिणी ना. ४. आँखाको ज्योति बढाउने एक जातको जङ्गली जडीबुटी; रातो पुनर्नवा।
88544 सारिणी ना. ५. जलधारा; प्रवाह।
88545 सारिणीकरण ना. कुनै खास तथ्य वा तथ्याङ्कलाई अन्तिम रूप दिएर क्रमबद्ध तरिकाले लेख्ने काम; रेखाद्वारा कोठाकोठा बनाई त्यसमा कुनै विषय वा अङ्कलाई क्रमिक रूपमा राख्ने प्रक्रिया।
88546 सारिनु क.क्रि. सार्ने काम गरिनु।
88547 सारी ना. १. आइमाईहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाउने एक प्रकारको फरिया; जनाना धोती; साडी।
88548 सारी ना. २. रेसमी, जरी आदिको बुट्टा भएको, स्त्रीहरूले लगाउने बहुमूल्य धोती।
88549 सारी ना. १. सारौँ चरा।
88550 सारी ना. २. पच्चिस, पासा आदि खेलको गोटी।