Dictionary

All Word

88651 सावकाश वि. २. फुर्सदमा; मौकामा।
88652 सावगास ना. १. आफ्नो आर्थिक अवस्था; सीमित जायजेथा।
88653 सावगास ना. २. सामर्थ्य; शक्ति।
88654 सावगास ना. ३. अवसर; मौका; अनुकूलता।
88655 सावधान वि. एकाग्र वा एकमना भएको; होसियार; सचेत; एकाग्र।
88656 सावधानता ना. होसियारी; सतर्कता।
88657 सावधानी ना. सावधान हुनाको भाव वा स्थिति; सतर्कता।
88658 सावधि वि. १. हद वा सीमा तोकिएको; अवधि किटिएको।
88659 सावधि वि. २. सीमा बाँधिएको; मर्यादित।
88660 सावधिक वि. समय तोकिएको; निश्चित समयमा निस्कने वा प्रकाशित हुने (पत्रपत्रिका); तोकिएको समयमा पूरा गरिने (काम)।
88661 सावधिक जीवन बिमा ना. केही वर्ष तोकेर त्यस अवधिमा पूरा गरिने जीवनबिमा।
88662 सावधिक निक्षेप ना. विशेष अवधि वा समयसम्मका लागि जम्मा गरिने रुपियाँपैसा आदि; म्यादी खातामा जम्मा गरिएको रकम।
88663 सावधिक पत्र ना. निश्चित अवधिमा प्रकाशित हुने पत्रपत्रिका।
88664 सावधिक पद ना. समय वा म्याद तोकिएको वैतनिक वा अवैतनिक पद।
88665 सावधिक परीक्षा ना. छात्रछात्राहरूको प्रमुख परीक्षाबाहेक खासखास अवधिमा लिइने परीक्षा (टर्मिनल)।
88666 सावयव वि. अवयव वा अङ्गहरूले सहित।
88667 सावयव रूपक ना. उपमेयवर्गका नाना अवयवअवयवीहरूमा उपमानवर्गका नाना अवयवीहरूको आरोप भएमा हुने एक रूपक।
88668 सावरी ना. १. भारतको राजपुताना प्रदेशमा भएको नुनिलो पानीको झिलबाट तयार गरिएको नुन; साबरी। वि.
88669 सावरी ना. २. उक्त झिलबाट तयार गरिएको (नुन)।
88670 सावरी ना. चिल्लो बान्कीको, तिखो चुच्चो हुने र सेतो तथा रातोरातो रङ्गको एक थरी चरो।
88671 सावाँ ना. मूलधन; साउँ।
88672 सावाँब्याज ना. सावाँ र ब्याज।
88673 सावा ना. १. सभा; कचहरी; गोष्ठी।
88674 सावा ना. २. सूर्यमण्डल।
88675 सावा ना. ३. चन्द्रमण्डल।
88676 सावासुत ना. गाउँघरमा कचहरी वा सभा आदि गर्दा-गराउँदा तिर्नुपर्ने दस्तुर; सभाशुल्क।
88677 सावित्री ना. १. सूर्यलाई स्तुति गरिएको वेदमन्त्र; गायत्री मन्त्र।
88678 सावित्री ना. २. सरस्वती।
88679 सावित्री ना. ३. पुराणप्रसिद्ध सत्यवानकी पतिव्रता पत्नी।
88680 सावित्री ना. ४. पतिव्रता नारी।
88681 सावित्री ना. ५. सौभाग्यवती नारी; सधवा स्त्री।
88682 साश्रु वि. १. आँसुले भरिएको (आँखा); आँखामा टिलपिल- टिलपिल आँसु लिएको (व्यक्ति)। क्रि.वि.
88683 साश्रु वि. २. गहभरि आँसु लिएर।
88684 साष्टाङ्ग वि. १. आठ अङ्ग (शिर, हात, गोडा, हृदय, आँखा, तिघ्रा, वचन र मन ) ले सहित; अष्टाङ्गयुक्त।
88685 साष्टाङ्ग वि. २. मन, वचन र कर्मले गरिएको; श्रद्धायुक्त।
88686 साष्टाङ्ग दण्डवत्/ प्रणाम ना. पूज्य व्यक्ति वा देवतालाई दण्ड वा लट्ठी जस्तै पसेर आठै अङ्गले भुइँ छुने गरी हात जोडेर गरिने प्रणाम; त्यसरी नम्रता देखाउँदै गरिने ढोग, नमस्कार वा अभिवादन।
88687 सास ना. १. नाक वा मुखबाट प्राकृतिक तवरले हावा भित्र खिची फोक्सोमा पुप्याएर त्यही वायु बाहिर निकाल्ने काम; श्वास।
88688 सास ना. २. त्यसरी भित्र-बाहिर गर्ने वायु।
88689 सास ना. ३. ज्यान; प्राण; जीवन।
88690 सास न वास ना. सास पनि नफेर्ने, बोल्दा पनि नबोल्ने अवस्था।
88691 सासना ना. पीडा; कष्ट; सास्ती।
88692 सासू ना. १. पतिकी आमा।
88693 सासू ना. २. पत्नीकी आमा।
88694 सासूससुरा ना. पति वा पत्नीका बाबुआमा।
88695 सासूबुहारी ना. पतिकी आमा र पुत्रवधू।
88696 सासेर ना. बिसौली, धार्नी आदिको तौलप्रणालीमा धार्नी पूरा हुन आधा बोडी कम भएको नापो; सात सेर।
88697 सास्ती ना. १. सासना; यातना; कष्ट; पीडा।
88698 सास्ती ना. २. दण्ड; सजाय।
88699 साह ना. मधेसमा तेली, कानू, सुनार आदि व्यवसायी जातिको नामका पछि प्रयोग गरिने आदरसूचक शब्द वा थर।
88700 साह ना. १. ठकुरीको एक थर।