Dictionary

All Word

88751 साही सम्बोधन ना. राजाबाट देशवासीका नाममा गरिने सम्बोधन; भाषण।
88752 साही सूचना ना. राजाबाट जारी गरिने सूचना।
88753 साही सेना ना. नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्नुपूर्वको नेपाली सेनाको नाम।
88754 साही स्वीकृति ना. संसदबाट पास भएका विधेयकलाई राजाबाट लालमोहर लगाउने काम।
88755 साही ना. जुर्रा (बाज ) को पोथी।
88756 साहुती ना. कानेखुसी; गुप्त सल्लाह; साउती।
88757 साहुल ना. डकर्मीले भित्ताको काम गर्दा सुर सोझो भएनभएको जाँच्ने ज्याबल; सबाल।
88758 साहु ना. १. व्यापारीका लागि प्रयोग गरिने आदरसूचक शब्द; दुकानदार।
88759 साहु ना. २. सज्जन; भद्र व्यक्ति; भलादमी।
88760 साहु ना. ३. ऋण दिने वा ब्याजमा रुपियाँ लाउने व्यक्ति; सापट दिने व्यक्ति; धनी; महाजन।
88761 साहु ना. ४. पिराहा; सताउने व्यक्ति।
88762 साहु असामी ना. ऋण दिने र लिने व्यक्ति; धनी र रिनी।
88763 साहुकार ना. रुपियाँपैसा सरसापट दिने र सुन-चाँदीको खरिद-बिक्री गर्ने व्यापारी; महाजन।
88764 साहुकारी ना. साहुकारको पेसा; महाजनी।
88765 साहू ना. हे. साहु।
88766 साहेब ना. १. ठुलाबडा व्यक्तिलाई आदरसाथ सम्बोधन गरिने शब्द; श्रीमान्; महोदय; साहब।
88767 साहेब ना. २. मालिक; स्वामी; अधिपति।
88768 साहेबज्यू ना. राजपरिवारदेखि बाहेकका शाहवंशका कुनै व्यक्तिलाई श्री ५ बाट बक्सिने दर्जा।
88769 साहेबी वि. १. साहेबको; साहेब वा मालिकलाई सुनाइने; साहेबद्वारा गरिने।। ना.
88770 साहेबी वि. २. साहेब हुनाको भाव वा अवस्था।
88771 साह्रै वि. / क्रि.वि. सिकिस्त।
88772 साह्रो वि. १. गिलो नभएको; नरम नहुने; कडा; सारो।
88773 साह्रो वि. २. सिकिस्त; असाध्य (बिरामी)।
88774 साह्रो वि. ३. चर्को; उच्च (स्वर)।
88775 साह्रो वि. ४. बढ्ता; ज्यादा; अति।
88776 साह्रो वि. ५. खस्रो; दह्रो। ना.
88777 साह्रो वि. ६. ज्यादै बिरामी; मरणासन्न व्यक्ति।
88778 साह्रोगाह्रो वि. गाह्रो; अप्ठेरो; खनखाँचो; खट्टापट्टा; सन्धिसर्पन।
88779 सिँक्क क्रि.वि. सिँगान जोरसित बाहिर निकाल्ने वा मास्तिर खिचिने गरी; सिँगान फाल्दा आवाज आउने गरेर।
88780 सिँक्कसिँक्क क्रि.वि. लगातार सिँक्क गरेर।
88781 सिँगटो ना. पराइनुका जस्तै बोट र पात हुने एक रुख।
88782 सिँगडा ना. १. तीन कुना परेका पात हुने, पानीमा उम्रने, तीनकुने फल लाग्ने एक जातको लहरो; पानीरुख; सिङडा।
88783 सिँगडा ना. २. त्यसैको फल; पानीफल।
88784 सिँगडा ना. ३. सिँगडाको फल जस्तै तीनकुने पारी भित्र सुक्खा तरकारी हालेर बाहिरबाट गहुँको बेलेको काँचो रोटी बेरेर घिउ वा तेलमा पकाइएको नुनिलो खाद्यवस्तु।
88785 सिँगाउरी ना. पशुले सिङ जुधाई लड्ने वा सिङले माटो उधिनी खेल्ने काम; सिँगौरी; सिङाउरी।
88786 सिँगाउरो ना. १. मालसामान वा लगाउने कपडा झुन्ड्याउनका लागि अङ्कुसे पारी भित्तामा ठोकिएको काठ; सिँगौरो; सिङौरो।
88787 सिँगाउरो ना. २. मुलाको कोसो।
88788 सिँगान ना. नाकका प्वालबाट निस्कने कफजस्तो मल; सिँघान; सिङान।
88789 सिँगाने वि. नाकबाट सिँगान चुहाइरहने।
88790 सिँघाने / सिङाने १. लुरे; फोहोरी। ना.
88791 सिँघाने / सिङाने २. सिँगान पुछ्ने रुमाल।
88792 सिँघाने / सिङाने ३. चिप्लो ऱ्यालजस्तो लेदो पदार्थ निस्कने एक झार।
88793 सिँघाने / सिङाने ४. टुसो पलाउँदा सिँगान जस्तै देखिने मालिङ्गो।
88794 सिँगार्नु स.क्रि. १. सिँगार गर्नु; अलङ्कृत पार्नु; सजाउनु; सिङारर्नु।
88795 सिँगार्नु स.क्रि. २. मरमसला हालेर तिहून तरकारी आदि देख्नमा राम्रो र खानमा स्वादिलो बनाउनु।
88796 सिँगार ना. १. शरीरको शोभा बढाउन लुगा, गहना र टीका आदि लाउने काम; केश कोरीबाटी लुगा, गहना र सिन्दूर, गाजल आदि लाउने काम; शृङ्गार; ठाँटबाँट।
88797 सिँगार ना. २. शोभा; सौन्दर्य; राम्रोपन।
88798 सिँगार ना. ३. सजावट।
88799 सिँगारपटार ना. १. सिँगार्ने र सजिसजाउ पार्ने काम।
88800 सिँगारपटार ना. २. लुगा,गहना टीका आदिले शरीरलाई आकर्षक बनाउने काम।