Dictionary

All Word

88851 सिंहद्वार ना. दरबार, मन्दिर आदिका मूलढोकामा दुवैतिर सिंह राखेर बनाइएको कलात्मक द्वार; दरबार आदिको मूल ढोका।
88852 सिंहध्वज ना. नेपालको राष्ट्रिय झन्डा बोकेको, चारकुने पाटामा निर्मित सिंहको आकार वा चिह्न।
88853 सिंहनाद ना. १. सिंह गर्जँदा आउने आवाज; सिँहको गर्जन।
88854 सिंहनाद ना. २. युद्धमा विपक्षीलाई दिइने हाँक; ललकार।
88855 सिंहनाद ना. ३. हाँक दिएर भनिने कुरा; जोडका साथ गरिने कामकुरो।
88856 सिंहपुच्छ्रे वि. १. सिंहको पुच्छरजस्तो। ना.
88857 सिंहपुच्छ्रे वि. २. सिंहको जस्तो पुच्छर भएको एक जातको वानर।
88858 सिंहराज ना. १. वनको सम्राट्तुल्य शक्तिशाली सिंह।
88859 सिंहराज ना. २. वीर पुरुष।
88860 सिंहल ना. प्राचीन भारतको दक्षिणमा रहेको, केही मानिसका मतमा, वर्तमान श्रीलङ्का मानिने द्वीप; लङ्का द्वीप।
88861 सिंहली वि. १. सिंहलद्वीपमा हुने; सिंहलसम्बन्धी।
88862 सिंहली वि. २. सिंहलद्वीपको निवासी। ना.
88863 सिंहली वि. ३. सिंहलदीपको भाषा।
88864 सिंहावलोकन ना. १. सिंहले झैँ पछिल्तिर फर्केर हेर्ने काम।
88865 सिंहावलोकन ना. २. पहिले गरिसकेका काममा बिचबिचमा लगाइने दृष्टि।
88866 सिंहावलोकन ना. ३. समीक्षा वा समालोचना।
88867 सिंहासन ना. दुवैतिर सिंहका मूर्ति उठाई तिनका पीठमा बनाइएको, राजा, देवता आदिको विशिष्ट आसन।
88868 सिइनु क.क्रि. सिउने काम गरिनु।
88869 सिउँडी ना. मसिना पाटापाटा परेका फूल फुल्ने, तीन वा तीनभन्दा बढी पाटा परेका हरिया डाँठ हुने, डाँठका टुप्पामा मात्र बाक्लो पात हुने र दुध निस्कने काँडादार बोट; स्यूँडी; सिहुँडी।
88870 सिउँडे ना. तीन कुना परेका ठुला पात, धतुराका आकारका ससाना धेरै रङका फूल र राता गोला फल हुने एक जातको लहरो।
88871 सिउँदो ना. निधारमाथि शिरका रौँ दायाँबायाँ पन्छाउँदा बिचमा पर्ने रेखा; स्यूँदो; सीमन्त।
88872 सिउ ना. सिउने काम; तुन्ने काम (बालबोलीमा )।
88873 सिउनु स.क्रि. नाथ्रीमा उनेका सिया-धागाले गाँस्नु वा जोर्नु; तुन्नु; खुट्नु; सुर्कनु; स्यूनु।
88874 सिउनी ना. १. सिउने वा सिएको घर; सिएको ठाउँ वा डोब; सिलाइ; स्यूनी।
88875 सिउनी ना. २. सिएको ज्याला; सिलाइको मजुरी।
88876 सिउर ना. १. मुजुर, जुरेली आदि चराका टाउकामाथि हुने केशगुच्छ; स्युर। २ कुखुरा वा हाँसका टाउकामा च्याप्टो वा डोलो भई निस्केको मासुको लोलो।
88877 सिउर ना. ३. कपालमा मसिना आँठैआँठा झिकी बाटेको एक किसिमको चुल्ठो; सिउरी।
88878 सिउरनु स.क्रि. शिरमा, कोटकमिजको माथिल्लो खल्तीमा वा छाना, दलिनहुँदो कुनै हल्का वस्तु नखस्ने गरी राख्नु वा घुसार्नु; स्युरनु।
88879 सिउराइ ना. सिउरने भाव, क्रिया वा प्रक्रिया।
88880 सिउराइनु क.क्रि. सिउराउने काम गरिनु; सिउरन लाइनु।
88881 सिउराउनु प्रे.क्रि. सिउरने पार्नु; सिउरन लाउनु।
88882 सिउरिनु स.क्रि. सिउरने काम गरिनु।
88883 सिउरी ना. १. कपालका रौंमा धेरै आँठा झिकी बाटिने एक किसिमको चुल्ठो; सिउर; स्युडी।
88884 सिउरी ना. २. भात, ढिँडो आदि पकाइएका भाँडाका बिट घेरामा लागेर सुकेको माड; माम्रो।
88885 सिउरे वि. सिउर भएको; कल्कीवाल।
88886 सिउसिउ क्रि.वि. १. ज्यादै जाडोले मुखबाट बारबार सिउ आवाज निस्कने गरी। ना.
88887 सिउसिउ क्रि.वि. २. भेडा, बाख्रा, कुखुरा आदिलाई धपाइने शब्द।
88888 सिउसिउ राजा ना. जनश्रुतिबाट नाम चल्दै आएका एक राजा; शिवसिंह राजा। (उदा.- अनि सिउसिउ राजाको पालो आयो, अनि शिवसिंह राजा भए।- बालकृष्ण सम, चिसो चुल्हो)।
88889 सिऔटो ना. सिएको वस्तु।
88890 सिक्नु स.क्रि. १. अरू कसैबाट कुनै कामकुरो वा बानीबेहोरा जान्नु; बुझ्नु; अरूद्वारा ज्ञान हासिल गर्नु।
88891 सिक्नु स.क्रि. २. शिक्षा प्राप्त गर्नु; अध्ययन गर्नु; पढ्नु।
88892 सिक्नु स.क्रि. ३. अभ्यास गर्नु; रट्नु; घोक्नु।
88893 सिक्नु स.क्रि. ४. देखासिकी गर्नु; सिको गर्नु; नक्कल गर्नु।
88894 सिक ना. कुनै मालसामान अघचिलो पारेर झुन्ड्याउन डोरी, तार आदिबाट बनाइएको जाली; मालताल झुन्ड्याइने उझिन्डो।
88895 सिक ना. १. बाँस, काठ आदिको मसिनो, लामो छेस्को; सिन्का।
88896 सिक ना. २. अत्तर, तरल औषधी आदिले भिजाउन कपास, कपडा आदि बेरिएको सिन्को।
88897 सिकटे वि. सुकुटे; सिकुटे।
88898 सिकता ना. १. बालुवा।
88899 सिकता ना. २. बलौटे जमिन।
88900 सिकताश्म ना. भूगर्भशास्त्रका अनुसार बालुवा जमेर बनेको ढुङ्गो; बलौटे ढुङ्गो।