Dictionary

All Word

88701 साह ना. २. राजा; बादशाह।
88702 साह ना. ३. ठकुरी क्षेत्रीको एक उपाधि।
88703 साहजादा ना. राजाका छोरा वा भाइ।
88704 साहजादी ना. राजाकी छोरी वा बहिनी।
88705 साहचर्य ना. १. साथै हिँडडुल गर्ने र खानपिन गर्ने काम; सधै साथमा रहने काम; सङ्गति।
88706 साहचर्य ना. २. सहचर हुनाको भाव वा अवस्था; मेलमिलाप।
88707 साहचर्यवाद ना. समय र स्थानगत सामीप्यले गर्दा खासखास वस्तु वा प्रक्रियासँग सम्बद्धता गाँस्ने मानसिक प्रक्रिया; खास परिस्थिति वा तत्त्वसँग प्रत्यक्षीकृत तथा अर्थपूर्ण सम्बन्धद्वारा अनुक्रियाढाँचा प्राप्त गर्ने वा सिक्ने मनोवैज्ञानिक सिद्धान्त।
88708 साहनवाहन ना. १. सरसामान र भाइभतिजाहरू।
88709 साहनवाहन ना. २. आफ्ना साधन र अनुचर; मालमत्ता र भरिया।
88710 साहनवाहन ना. ३. चाहिने सामग्री र बोक्ने हात्तीघोडाहरू।
88711 साहब ना. हे. साहेब।
88712 साहस ना. १. कठिन वा अप्ठेरा काम पनि गर्ने आँट; हिम्मत।
88713 साहस ना. २. लूट; बलात्कार; अपहरण।
88714 साहसिक वि. १. साहस भएको; आँटी; साहसी।
88715 साहसिक वि. २. निर्भीक; निडर।
88716 साहसिक वि. ३. पराक्रमी; शक्तिशाली।
88717 साहसिक वि. ४. क्रूर; निष्ठुर; निर्दय।
88718 साहसिलो वि. हिम्मत भएको; साहसयुक्त; आँटिलो।
88719 साहसी वि. साहसिलो; साहसिक।
88720 साहा ना. सामन्त वा राजाहरूलाई प्राप्त एक प्राचीन उपाधि।
88721 साहा १. समागमका लागि भैँसीले राँगो खोज्ने वा गाईले बहर खोज्ने काम।
88722 साहा २. समागम भएका गाईभैँसीको गर्भ नरही फेरि समागम गर्ने इच्छा; उल्टाइ।
88723 साहा ना. हिलो सम्म पार्ने दाँदेजस्तो कृषि-औजार।
88724 साहाबेसाहा ना. १. खरिदबिक्री गरिने अन्नपात र मालमत्ता आदि; बेसाहा।
88725 साहाबेसाहा ना. २. बेसाहाको दरभाउ।
88726 साहाय्य ना. १. धेरैतिरबाट भएको मद्दत।
88727 साहाय्य ना. २. मित्रता; मैत्री; हारगुहार।
88728 साहिँली वि. जन्मको क्रमले गन्दै जाँदा तेस्री (स्त्री); माहिलीपछि जन्मेकी।
88729 साहिँली औँलो ना. माझी औंलो कान्छी औँलाका बिचको औंलो; अनामिका।
88730 साहिँलो वि. १. जन्मको क्रमले तेस्रो (भाइ); माहिलोपछि जन्मेको; साइँलो। ना.
88731 साहिँलो वि. २. साहिँलीको लोग्ने।
88732 साहित्य ना. १. सहित हुनाको भाव, गुण वा अवस्था; साथ रहेको स्थिति।
88733 साहित्य ना. २. कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ लेख आदि; वाङ्मय।
88734 साहित्य ना. ३. जीवनजगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ आदि।
88735 साहित्य ना. ४. इतिहास, पुराण, पुराकथा वा समाज आदिबाट उपजीव्य वस्तु लिएर रस, छन्द, अलङ्कार आदिले यथासम्भव सजाई रचिएको गद्य वा पद्यकृति; काल्पनिक र भावुकतापूर्ण पद्यमय वा गद्यमय रचना (कविता, खण्डकाव्य, महाकाव्य, नाटक, कथा, उपन्यास आदि)।
88736 साहित्य ना. ५. परस्पर सापेक्ष पदको एउटै क्रियामा हुने अन्वय।
88737 साहित्य ना. ६. गद्य वा पद्यकृतिहरूबाट हुने रसको आस्वाद।
88738 साहित्यकार ना. साहित्यका ग्रन्थहरू लेख्ने व्यक्ति; गद्य वा पद्यकृतिको रचयिता; कवि वा गद्यकार; लेखक।
88739 साहित्यानुरागी वि. साहित्यमा अनुराग राख्ने; साहित्यप्रेमी।
88740 साहित्यिक वि. १. साहित्यसँग सम्बन्ध राख्ने; साहित्यसम्बन्धी। ना.
88741 साहित्यिक वि. २. साहित्यकार।
88742 साहित्यिक उपनाम ना. लेखक वा कविहरूले आफ्ना कृतिमा प्रकाशित गर्ने वास्तविकभन्दा अर्को नाम।
88743 साहित्यिक भाषा ना. साहित्यका फाँटमा प्रयोग हुने आलङ्कारिक र भावपूर्ण भाषा; काव्यभाषा।
88744 साहिनु/साहिनो ना. जन्म गोत्र वा कुटुम्बको सम्बन्धबाट बन्ने नाता; साइनु; नातो।
88745 साही वि. ठकुरीहरूको एक वर्गको पदवी। हे. शाही।
88746 साही अधिपत्र ना. मानपदवी पाउने व्यक्तिहरूलाई राजाबाट प्रदान गर्ने गरिएको मानपदवीको प्रशस्तिसमेत भएको पत्र।
88747 साही आयोग ना. राजाबाट कुनै विशेष कार्यको सम्पादनका निम्ति गठन गरिने आयोग।
88748 साही घोषणा ना. राजा वा बादशाहबाट शासनक्षेत्रमा दिइने विशिष्ट वक्तव्य।
88749 साही परिवार ना. राजपरिवार।
88750 साही रक्षक ना. अङ्गरक्षक।