Dictionary

All Word

88601 सार्वभौमिक वि. सार्वभौम।
88602 सार्वभौमिकता ना. सार्वभौम सत्ता।
88603 साल ना. बाह्र महिनाको समय; वर्ष; संवत्।
88604 साल ना. गर्भको बच्चालाई चारैतिरबाट बेरेर सुरक्षा प्रदान गर्ने र बालक जन्मँदा नाभिमा जोरिएर आउने आन्द्रो तथा मांसपेशी; औँरो; काँडो।
88605 साल ना. १. तिल, तोरी, रायो आदि पेलेर तेल निकाल्ने यन्त्र; कोल।
88606 साल ना. २. दुई काठ जोर्नका लागि दुवैमा प्वाल पारी ठोकिने काठको कीला; काठको चुकुल।
88607 साल ना. १. सालको रुख; शालवृक्ष।
88608 साल ना. २. एक जातको माछो।
88609 साल ना. ३. पर्खाल।
88610 साल ना. दोसल्ला जस्तो उनी वा रेसमी ओढ्ने वस्त्र।
88611 सालक ना. जिउभरि माछाको जस्तै कत्लैकत्ला भएको, लामोमोटो पुच्छर हुने, हरेक खुट्टामा पाँचपाँचवटा नङ हुने, जलथल दुवैमा हिँड्ने चतुष्पद प्राणी।
88612 सालखुट्टे ना. एक जातको जडीबुटी।
88613 सालघारी ना. सालका रुखहरू प्रशस्त भएको ठाउँ; सालका रुखहरूको समूह।
88614 सालतमाम ना. सालको समाप्ति; वर्षको अन्त; बर्खान्त।
88615 सालतमामी ना. सालतमाम।
88616 सालधूप ना. सालको रुखबाट निस्कने खोटो; सालको धूप।
88617 सालनाल ना. बच्चा जन्मदा साथसाथ निस्कने साल र नाल; गर्भको बच्चा बेरेर निस्केको नसा र मासुको लुँदो; जरायु।
88618 सालबसाल क्रि.वि. हरेक साल; प्रत्येक वर्ष; बर्सेनि; सालिन्दा।
88619 सालबसाली ना. हरेक वर्षको; प्रतिवर्ष हुने।
88620 सालसुल ना. तिरतार; लेनदेनको फर्स्योट; फच्चे; चुक्ता।
88621 साला वि. साल वा वर्षसम्बन्धी; वार्षिक; सालको।
88622 साला ना. १. 'सालो'को तिर्यक् रूप।
88623 साला ना. २. कसैलाई गाली गर्दा हेपेर बोलिने शब्द; साले।
88624 सालाखाला क्रि.वि. १. दुई वा सोभन्दा बढी भिन्न वस्तु एकै ठाउँ पार्ने वा मिलाउने गरी; छ्यासमिस।
88625 सालाखाला क्रि.वि. २. सानोठुलो, असलकमसलको रोखपोख मिलाएर; सरदर।
88626 सालाना क्रि.वि. १. हरसाल; प्रतिवर्ष; सालियाना। वि.
88627 सालाना क्रि.वि. २. सालभरमा हुने; सालबसाली।
88628 सालिक ना. १. धातु, ढुङ्गा, काठ आदिबाट बनाइएको कुनै व्यक्तिको प्रतिमूर्ति; प्रतिमा; सालिग।
88629 सालिक ना. २. स्मारकका रूपमा ठूलै आकारको बनाएर सार्वजनिक स्थल आदिमा राखिने धातु वा ढुङ्गाको मूर्ति।
88630 सालित्र ना. पशुचिकित्सक; पशुवैद्य।
88631 सालिन्दा क्रि.वि. हरेक साल; प्रतिवर्ष; बर्सेनि।
88632 सालिभे ना. एक जातको फट्याङ्ग्रो।
88633 सालिम मिस्री ना. धेरै लामा र ठुला पात, कोसाका रूपमा फुल्ने सेता फूल र पिँडालुको जस्तो कन्द हुने एक जातको बुटी; सुधामूली।
88634 सालिम्बो ना. खर जस्तै एक किसिमको घाँस।
88635 सालियाना वि. १. सालैपिच्छेको; हरेक सालको; प्रतिवर्ष हुने। ना.
88636 सालियाना वि. २. सालिन्दा बुझाइने रकम।
88637 साली ना. पत्नीकी बहिनी।
88638 साले ना. कुनै व्यक्तिलाई हेपेर गाली गरिने शब्द।
88639 सालेबम ना. चारवटा घोडा जोतेर तानिने ठुलो बग्गी।
88640 सालेमाले ना. मुछ्ने वा मथल्ने काम; सरोबर; मिसमास।
88641 सालैज्यू ना. १. लोकगीतको बिचबिचमा प्रयोग गरिने एउटा थेगो; मगर जातिले रोदी बस्दा गाउने गीतको दोहोरिने भाग।
88642 सालैज्यू ना. २. मगरजातिले मादल बजाउँदै गाउने रोदीगीतको एक भेद।
88643 सालो ना. पत्नीको भाइ।
88644 सालोक्य ना. आराध्य ईश्वरको लोकमा सदा रहन पाइने मुक्ति; मुक्तिको एक प्रकार।
88645 साल्ट ट्रेडिङ ना. नुन, चिनी आदिको बिक्री वितरण।
88646 साल्ट ट्रेडिङ कर्पोरेसन ना. नेपालमा कम्पनी ऐनअनुसार अर्धसरकारी संस्थाका रूपमा खुलेको, नुन, चिनी आदि बिक्रीवितरण गर्ने संस्थान।
88647 साल्बू ना. हिउँ पग्लेका समयमा नेपालबाट भोटतर्फ आवतजावत गर्ने, रसुवा जिल्लामा रहेको एक प्रसिद्ध घाटी।
88648 साल्मी ना. सालसम्बन्धी वा तेल पेल्ने काम गर्ने नेवार जातिको एक थर; मानन्धर।
88649 साल्मे ना. भीरमा पाइने एक प्रकारको घाँस।
88650 सावकाश वि. १. छुट्टी वा अवकाश पाएको; फुर्सद भएको। क्रि.वि.