Dictionary

All Word

12001 कजिनी ना. २. बाहुनबाहेक क्षत्री आदि नेपाली स्त्रीको आदरसूचक नाम।
12002 कजिनु अ. क्रि. १. काममा जोतिनु वा लादिनु।
12003 कजिनु अ. क्रि. २. काबुमा ल्याइनु; अरूको हैकममा ल्याइनु; अरूको वशमा पर्नु।
12004 कजिया ना. कामकाज गर्ने नोकर; चाकर।
12005 कज्जल ना. १. गाजल; नेत्राञ्जन।
12006 कज्जल ना. २. सुर्मा।
12007 कज्याइँ ना. काजीको काम वा पन; कजाइँ।
12008 कज्याइ ना. कज्याउने काम वा किसिम; कज्याइँ।
12009 कज्याइनु क.क्रि. कजिने पारिनु; कजिन लगाइनु।
12010 कज्याउनु प्रे.क्रि. १. काजमा लगाउनु; काममा जोत्नु वा लाइनु।
12011 कज्याउनु प्रे.क्रि. २. काबुमा ल्याउनु; वशमा पार्नु।
12012 कञ्चन ना. १. सुन; सुवर्ण। वि.
12013 कञ्चन ना. २. स्वच्छ; शुद्ध; निर्मल; सङ्लो; सफा।
12014 कञ्चनजङ्घा ना. नेपालको पूर्वोत्तरको कुनामा रहेको कुम्भकर्ण हिमाल शृङ्खलाको सर्वोच्च शिखर।
12015 कञ्चनपुर ना. नेपालको महाकाली अञ्चलमा पर्ने तराई भागको एक जिल्ला।
12016 कञ्चुक ना. १. शरीरको माथिदेखि तलसम्म लगाउने एक प्रकारको लुगा; जामा।
12017 कञ्चुक ना. २. कपडा; वस्त्र।
12018 कञ्चुक ना. ३. सर्पको काँचुली।
12019 कञ्चुक ना. ४. कवच।
12020 कञ्चुकी ना. १. छरितो कञ्चुक; चोली।
12021 कञ्चुकी ना. २. अन्तःपुरका दासीहरूको नाइके; अन्तःपुरको रक्षक।
12022 कञ्चुकी ना. ३. द्वारपाल।
12023 कञ्चुकी ना. ४. संस्कृत नाटकमा पाइने एक पात्र।
12024 कट १ ना. रक्सी वा निगार निकालेर शेष रहेको जाँडको छोक्रा वा सिट्ठी।
12025 कट २ ना. बनोटको ढप; छाँट; काँट; छाँटकाँट (उदा.- अचेल राम त डेनी कट कपाल ढल्काएर हिँड्न थालेछ।)।
12026 कटक ना. १. झगडा; आक्रमण।
12027 कटक ना. २. लडाइँ, युद्ध (उदा.- जाई कटक नगर्नू झिकी कटक गर्नू। दिव्य.)।
12028 कटकट ना. १. घिउतेल आदि तताउँदा छड्केर आउने, दाह्रा किट्दा उत्पन्न हुने, कुनै वस्तु हतियारले वा दाँतले काट्ता सुनिने तथा बाक्लो मयल जम्मा भएको कपडा आदि चलाउँदा निस्कने ध्वनि वा आवाज। क्रि.वि.
12029 कटकट ना. २. त्यस्तो ध्वनि उत्पन्न हुने वा गर्ने गरी।
12030 कटकटती क्रि.वि. कटकट गरेर दुखाउने, काट्ने आवाज निकाल्ने किसिमले।
12031 कटकटाइ ना. कटकटाउने क्रिया वा प्रक्रिया।
12032 कटाकटाउँदो वि. कटकटाउने स्वभावको।
12033 कटकटाउनु अ.क्रि. कटकट आवाज निस्कनु वा उत्पन्न हुनु; कटकट गर्नु ।
12034 कटकटिनु अ.क्रि. लेसाइलो पदार्थ वा मयल आदि टाँसिएर सुक्नु।
12035 कटकटी क्रि.वि. कटकट गरेर दुख्ने गरी; कटकटती।
12036 कटकट्याइ ना. कटकटिने क्रिया वा भाव।
12037 कटकट्याइनु क.क्रि. कटकटिने पारिनु।
12038 कटकट्याउनु स. क्रि. कटकटिने पार्नु।
12039 कटक बिजुली ना. चुम्बकीय उपकरणद्वारा हल्का खाले बिजुली उत्पन्न गराई तारमार्फत शरीरमा पुऱ्याएर सर्कस आदिमा हिंस्रक जन्तुलाई नियन्त्रणमा राख्ने, अपराधीलाई साबित गराउने अथवा बाथवर्गको रोग निको पार्ने काममा प्रयोग गरिने एक यन्त्र; कठबिजुली।
12040 कटकरी ना. धानको फोस्रो दानु; धानको पगटो वा पोगटो।
12041 कटकाल ना. १. गाउँमा उर्दीपुर्जी गरी हिँड्ने मानिस; कटुवाल।
12042 कटकाल ना. २. दुलाहाको साथी; बेहुलातर्फको लोकन्ते।
12043 कटकालो ना. नेपाली ब्राह्मणको तथाकथित तल्लो श्रेणी; जैसी।
12044 कटकिना ना. ठेकेदारसँग ठेक्कामा लिइने ठेक्का वा काम; कटकिन्दारी।
12045 कटकिन्दार ना. ठुलो ठेकेदारसँग ठेक्कामा काम लिने भुरे ठेकेदार; कटकिना लिने व्यक्ति।
12046 कटकिन्दारी ना. हे. कटकिना।
12047 कटक्क क्रि.वि. एकैचोटि टुक्रिने, कटकटाउने, काटिने, काट्ठिने र आउँ आदिले पेट अथवा कटु व्यवहारले मन आदि दुखाउने गरी; केही कुरो दुख्ने, काटिने, काट्ठिने आदि किसिमसित।
12048 कटज ना. वन वा कृषि विभागका तर्फबाट अथवा त्यस्तै समान संस्थाका तर्फबाट वृक्षरोपणका निमित्त दल राखेर उमारिएका एक वर्षमनिका बिरुवा।
12049 कटज रोपाइँ ना. कटजहरू रोप्ने काम।
12050 कटनी ना. १. काट्ने काम, कटाइ (रकम, तलब आदि)।