Dictionary

All Word

11851 कखौतो ना. २. काखीमा आउने एक प्रकारको खटिरा।
11852 कग्राँटो ना. डढेका लुगाको पिरो धुवाँ; पोलिएका कपडाको खार।
11853 कङ्क ना. मांसाहारी ठुलो जातको एक चरो जसको प्वाँख पहिले पहिले बाणको फेदमा लगाइन्थ्यो; सेतो चिल।
11854 कङ्कड ना. ढुङ्गाका ससाना टुक्रा; गिट्टी; गट्टी।
11855 कङ्कण ना. प्रायः स्त्रीजातिले नाडीमा पहिरने, सुनचाँदी आदिको बाला; ककनी।
11856 कङ्कला वि. कङ्कालको जस्तो; आत्तिएको र उराठलाग्दो।
11857 कङ्कला शब्द ना. १. धेरै मानिस सामूहिक रूपबाट एकैचोटि रुँदाको उराठलाग्दो ध्वनि।
11858 कङ्कला शब्द ना. २. जनविश्वासअनुसार कङ्काल अथवा मसानहरू मध्यरातमा सामूहिक रूपमा रुँदाको आवाज।
11859 कङ्कलासुर ना. १. लगातारको झर्को लाग्ने रुवाइ वा कराइ।
11860 कङ्कलासुर ना. २. कङ्कला शब्द।
11861 कङ्काल ना. प्राणीका शरीरका हाड मात्रको आकार; अस्थिपञ्जर; हाडखोर।
11862 कङ्कालमाली वि. १. कङ्कालको कुनै अंशको माला उनेर लाउने। ना.
11863 कङ्कालमाली वि. २. शिव; भैरव।
11864 कङ्कालिनी ना. १. दुर्गा। वि.
11865 कङ्कालिनी ना. २. दुब्ली र प्रचण्ड स्वभावकी (स्त्री)।
11866 कङ्कालिनी ना. ३. कर्कशा अथवा राकस स्वभावकी (स्त्री)।
11867 कङक्रिट ना. १. चुन, बालुवा, इँटका टुक्रा आदि वा सिमेन्ट, बालुवा र पत्थरका टुक्रा मिलाई घोलेर बनाइएको ढलान गरिने मसला।
11868 कङक्रिट ना. २. इँट, पत्थरका ससाना टुक्रा।
11869 कङ्गना ना. १. दुलहाको नाडीमा बाँध्ने डोरो।
11870 कङ्गना ना. २. बाला।
11871 कङ्गाल वि. धनसम्पत्ति केही नभएको; गरिब; निर्धन; दरिद्र।
11872 कङ्गाली वि. केही नभएको; दरिद्र; गरिब।
11873 कङ्ग्रेस ना. १. कुनै सङ्गठन अथवा समुदायविशेषका प्रतिनिधिहरूको ठुलो जमघट वा विशेष बैठक; सदन; काङ्ग्रेस।
11874 कङ्ग्रेस ना. २. कुनै राजनीतिक उद्देश्यका निम्ति सङ्गठित संस्था वा दलविशेष।
11875 कङ्ग्रेस ना. ३. सम्मेलन।
11876 कङल्याङकुङलुङ क्रि.वि. धेरै जनाले बोलेको अस्पष्ट शब्द नबुझिने किसिमले; खल्याडबल्याङ।
11877 कच १ ना. १. लेखका बिचमा भएका विशेष कुरा सूचित गर्नलाई शब्द वा वाक्यको तलतिर दिइने धर्को; अधोरेखा; अन्डरलाइन; ढाक।
11878 कच १ ना. २. एक दफा सकिएर अर्को दफा आरम्भ हुँदा ती दुई दफाका बिचमा बायाँदेखि दायाँ कोरिने खण्डित अथवा अखण्डित रेखा।
11879 कच २ ना. १. कपालको रौँ; केश।
11880 कच २ ना. २. एक पौराणिक चरित्र; वृहस्पतिको पुत्र।
11881 कच २ ना. ३. सुगन्धबाल (बुटी)।
11882 कचकच ना. १. शब्दबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष; फतफत; क्याउँक्याउँ; गनगन आदि।
11883 कचकच ना. २. व्यवहारबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष वा आग्रह; करकर; तिरिखिरि।
11884 कचकचाइ ना. कचकचाउने काम वा भाव।
11885 कचकचाइनु क.क्रि. कचकच गरिनु।
11886 कचकचाउनु प्रे.क्रि. कचकच गर्नु; कचकचाउन लगाउनु; कचकचाउने पार्नु।
11887 कचकचिया ना. १. रातो टाउको, रातो पखेटा, आँखा र पुच्छर सेतो हुने एक जातको चरो।
11888 कचकचिया ना. २. फुस्रोखैरो भुत्ला, पहेँलो चुच्चो र पहेँलै खुट्टा हुने एक प्रकारको चरो। वि.
11889 कचकचिया ना. ३. कचकचे।
11890 कचकचे वि. कचकच गर्ने; करकरे; फतफते।
11891 कचकरो वि. भुट्दा फूल नउठेको (मकै, जुनेलो, रामदाना आदि)।
11892 कचडो वि. १. कुराकानीमा नमिल्ने; उरन्ठेउलो।
11893 कचडो वि. २. आत्मबल नभएको र दोधारे; तुलबुले; कचेडे।
11894 कचपच ना. हे. कचमच।
11895 कचपचिनु अ.क्रि. कचमचिनु।
11896 कचमच ना. १. परस्परको कुनै काम वा कुराकानीमा हुने गडबड; खिचोला।
11897 कचमच ना. २. स्वास्थ्यलाई हानि गर्ने खानेकुरा; अस्वास्थ्यकर वा अपाच्य खाद्य पदार्थबाट पेट खराब हुने अवस्था।
11898 कचमच ना. ३. कुनै कारणले निद्रा गडबडिने स्थिति।
11899 कचमचिनु अ.क्रि. कुनै कामकुरा बिचैमा बिथोलिनु वा अचकल्टो हुनु; गडबडिनु; कचमच उत्पन्न हुनु; खिचोला पैदा हुनु।
11900 कचमच्याइ ना. कचमचिने भाव, क्रिया वा प्रक्रिया।