Dictionary

All Word

11801 कँवर ना. २. हे. कुँवर।
11802 कंस ना. १. भारतको मथुरा प्रदेशमा राज्य गर्ने उग्रसेनका छोरा वा कृष्णका मामाको नाम। वि.
11803 कंस ना. २. दुर्जन; अत्याचारी।
11804 कउल १ ना. आगाको भरभराउँदो फिलिङ्गो; अँगेठ; भुङ्ग्रो।
11805 कउल २ ना. हे. कवल।
11806 ककडी ना. चिन्चिडो वा लामो घिरौँलाजस्तो, काँक्राको जातको, प्राय: गर्मी समयमा बालुवाप्रधान चिसमिरो जमिनमा फल्ने फल; लम्काँक्री।
11807 ककनन ना. अध्ययन; पढाइ।
11808 ककनन गर्नु टु. राम्ररी वाचन गर्न वा पढ्न नसकी कनीकनी पढ्नु।
11809 ककनी ना. १. तराई प्रदेशका स्त्रीजातिले नाडीमा लगाउने काँस वा पित्तलको चुराका आकारको गहना।
11810 ककनी ना. २. पानीको धारो वा त्यस्तो धारो भएको ओस्याइलो ठाउँ।
11811 ककनी ना. ३. काठमाडौँको उत्तरपश्चिममा रहेको एक दर्शनीय स्थल।
11812 ककनो ना. चुरो; बाला।
11813 ककरी ना. ककडी।
11814 ककरीमकरी ना. मकै, भटमास आदि सामान्य खानेकुरा।
11815 ककस सर्व. १. 'कोको' को तिर्यक् रूप (उदा.-ककसले काम गरे, मलाई सुनाऊ)।
11816 ककस सर्व. २. 'कसकस' को संक्षिप्त रूप।
11817 कका ना. चङ्गामा ओजन मिलाई राम्ररी उडाउन बिचको कप्टेराको सिरान र पुछारमा बाँधिएको धागाको उझिन्डो।
11818 ककार ना. 'क' वर्ण; नेपाली वर्णमालाको पहिलो व्यञ्जनवर्ण।
11819 ककुद ना. १. पहाडको टाकुरो; शिखर।
11820 ककुद ना. २. साँढेको जुरो।
11821 ककुद ना. ३. राजचिन्ह।
11822 ककुभ ना. १. वीणाको घुमेको दण्ड।
11823 ककुभ ना. २. अर्जुन वृक्ष; काउलो।
11824 कक्कड ना. सानो चिलिममा भरेर धुवाँ तान्ने, सुर्तीको एक प्रकारको धुलो; तमाखु र सुर्ती मिलाएर धूम्रपानका लागि कुटेर तयार पारिएको केही ओसिलो चूर्ण।
11825 कक्रनु अ.क्रि. कक्रक्क पर्नु; जाडोले गँगरिनु; कठ्याङ्ग्रिनु।
11826 कक्रक्क क्रि.वि. जाडो वा रोग आदिले अङ्ग, प्रत्यङ्ग नचल्ने किसिमले हल न चल हुने गरी कठाङ्ग्रिएर वा कठ्याङ्ग्रिने गरी।
11827 कक्राइ ना. १. कक्रने काम वा प्रक्रिया।
11828 कक्राइ ना. २. कक्राउने काम वा प्रक्रिया।
11829 कक्राइनु क.क्रि. कक्रक्क पारिनु; कक्रन लाइनु।
11830 कक्राउनु प्रे.क्रि. कक्रक्क पार्नु; कक्रने गराउनु।
11831 कक्रिनु अ.क्रि. कक्रक्क होइनु वा परिनु; कक्रनु।
11832 कक्रेजा ना. १. रातो भुइँमा सेतो वा सेतोमा रातो बुट्टा भएको कुनै वस्त्र वा जन्तु (घोडा आदि)। वि.
11833 कक्रेजा ना. २. त्यस्तो रङ र बुट्टा भएको।
11834 कक्य्राक्क क्रि.वि. हल न चल हुने गरी; बेसरी अँठ्याउने किसिमले; चल्न, चटपटाउन नसक्ने गरी। द्वि. कक्र्याक्कुक्रुक्क।
11835 कक्ष ना. १. काखी; कोखा।
11836 कक्ष ना. २. धोतीको काछ।
11837 कक्ष ना. ३. घरको कोठा।
11838 कक्ष ना. ४. कछाड; देहात।
11839 कक्ष ना. ५. काखीको खटिरो; कखौतो।
11840 कक्ष ना. ६. एक वस्तुलाई केन्द्र तुल्याई त्यसको वरिपरि अर्को वस्तु घुम्दा त्यसले ग्रहण गर्ने पथ।
11841 कक्षा ना. १. दर्जा; श्रेणी; स्तर।
11842 कक्षा ना. २. घेरा; कक्ष।
11843 कक्षा ना. ३. ग्रहहरू घुम्ने मार्ग; कक्ष।
11844 कक्षा ना. ४. पढाइ सञ्चालन गरिने कोठा (विद्यालयको )।
11845 कक्षा सञ्चालन ना. कक्षा चलाउने वा त्यसको प्रबन्ध मिलाउने कार्य ।
11846 कक्षोन्नति ना. १. बढी मेधावी छात्रलाई सामान्य स्थितिमा भन्दा कम्तीमा एक तह माथिल्लो कक्षामा प्रवेश दिइने कार्य।
11847 कक्षोन्नति ना. २. पदोन्नति; बढुवा।
11848 कखरा / कखहरा ना. १. कखदेखि हसम्मको नेपाली व्यञ्जनवर्णहरूको समुदाय; नेपाली वर्णमालाको व्यञ्जन खण्ड।
11849 कखरा / कखहरा ना. २. देवनागरी लिपिका वर्ण वा साउँ अक्षर; साक्षर हुन प्रयास गर्नेले पहिले चिन्नुपर्ने अक्षर; बाह्रखरी।
11850 कखौतो ना. १. काखीको निश्चित स्थान।