Dictionary

All Word

11651 औँल्याउनु स.क्रि. १. कुनै व्यक्ति, वस्तु वा ठाउँ आदिलाई औँलो तेर्स्याएर देखाउनु; औँलाले तोकेर निर्देशन गर्नु; औँलाले देखाउनु; अङ्गुलीनिर्देश गर्नु ।
11652 औँल्याउनु स.क्रि. २. कुनै व्यक्ति, वस्तु, स्थान आदितर्फ सङ्केत गर्नु; इसारा गर्नु ।
11653 औँसा ना. धेरै बासी वा सडेगलेका मासु र अरू त्यस्तै पदार्थहरूमा वा जीवजन्तुका घाउमा झिँगाले फुल पारेपछि त्यसैबाट विकसित हुने साना साना, प्रायः सेता किराका बीजरूप; किराहरूको विकासको दोस्रो अवस्थाको जीव ।
11654 औँसिया वि. औँसीका दिन जन्मेको; औँस्याहा ।
11655 औँसी ना. चान्द्रमासअनुसार कृष्णपक्षको अन्तिम तिथि; अमावास्या; अमावस्या; अमा ।
11656 औँस्याहा वि. हे. औँसिया ।
11657 औँस्याही वि. औँसीका दिन जन्मेकी ।
11658 औकात / औगात ना. १. कुनै व्यक्तिको सामाजिक, आर्थिक, बौद्धिक स्थिति वा अवस्था ।
11659 औकात / औगात ना. २. कुनै व्यक्तिको आय र त्यसअनुसार उसले गर्न सक्ने खर्चको स्थिति, अवस्था वा स्तर; हैसियत; साबगास; बर्कत; ल्यागत ।
11660 औचित्य ना. उचित हुनुको भाव; उपयुक्तता; उचितपना ।
11661 औचित्य प्राधान्यवाद ना. काव्यको रचना गर्दा विषयानुरूप उचित किसिमले सबै कुरा आवश्यकतानुसार ठिकठिक मिलेको हुनुपर्छ भन्ने वा यस्तो हुनुलाई काव्यको आत्मतत्त्व मान्ने संस्कृत आचार्य क्षेमेन्द्रद्वारा प्रतिपादित एक सिद्धान्त ।
11662 औचित्य सम्प्रदाय ना. काव्यका सबै अङ्गप्रत्यङ्गको उचित विकास र सङ्गठन भएपछि मात्र काव्यका सौन्दर्यको सृजना हुन सक्छ भनेर मान्ने आचार्य क्षेमेन्द्रद्वारा प्रवर्तित साहित्यशास्त्रीय सम्प्रदाय |
11663 औजस ना. अपयश; अपकीर्ति ।
11664 औजार ना. विभिन्न थरीका कालिगडले आफ्नो पेसासँग सम्बन्धित कामका निम्ति प्रयोग गर्ने विभिन्न सरसामान; ज्याबल; हातहतियार ।
11665 औटा प्रत्य. सङ्ख्यावाची शब्दका पछिल्तिर लाग्ने र त्यस्तो शब्दलाई विशेषण बनाउने एक प्रत्यय (उदा.- चारौटा, पाँचौटा इ.); ओटा; गोटा ।
11666 औडव ना. सङ्गीतका सात स्वरमध्ये कुनै दुई स्वरलाई वर्जित गरी पाँच स्वर मात्र प्रयोग गरेर गाइने रागको एक प्रकार ।
11667 औडाहा ना. १. कुनै चिन्ता, व्यथा आदिबाट मनमा हुने जलन, मानसिक व्यथा; छटपटी; उकुसमुकुस ।
11668 औडाहा ना. २. घाम, गर्मी आदिको आधिक्यले गर्दा हुने खरोपन; अतिशय गर्मीको स्थिति।
11669 औताइ ना. औताउने भाव, क्रिया वा प्रक्रिया |
11670 औताइनु अ.क्रि. औताउने होइन ।
11671 औताउनु अ.क्रि. १. कसैले गर्न लागेको काम वा इच्छामा भएको कुरा के होला, कसो होला भनी चिन्ता लिनु ।
11672 औताउनु अ.क्रि. २. चौचौ लाग्नु; उत्कण्ठित हुनु ।
11673 औताउनु अ.क्रि. ३. आत्तिनु ।
11674 औतार ना. १. वैष्णव धारणाअनुसार विष्णु भगवान्ले पृथ्वीमा लिएका विभिन्न जन्म ( माछो, कछुवा, वराह, नृसिंह, राम, कृष्ण इ.) मध्ये कुनै एक अवतार ।
11675 औतार ना. २. कुनै देवतासँग तुलना गर्न योग्य मान्छे (उदा.- तँ त शिवकै औतार रहिछस् ) ।
11676 औतार ना. ३. देवताले ग्रहण गर्ने वा विभिन्न भेषमध्ये कुनै एक ।
11677 औतारी वि. १. बौद्धधर्म वा सिद्ध सम्प्रदायअनुसार आफैँ उत्पन्न भएको; जन्मजन्मातरको घटनासित अवगत र आफ्नो इच्छाअनुसार प्रकट हुन र लोप हुन सक्ने (व्यक्ति); अन्तर्यामी; अवतारी ।
11678 औतारी लामा ना. औतारी गुण भएको लामा |
11679 औतारे ना. औतारी |
11680 औताली ना. हे. अपुताली |
11681 औत्कण्ठ्य ना. १. उत्कण्ठित हुने भाव, क्रिया वा प्रक्रिया ।
11682 औत्कण्ठ्य ना. २. उत्कण्ठा ।
11683 औत्पत्तिक वि. उत्पत्तिसम्बधी; उत्पत्तिको ।
11684 औत्सुक्य ना. उत्कण्ठा; हे. उत्सुकता ।
11685 औदार्य ना. हे. उदारता ।
11686 औदास्य ना. उदासीन हुनुको भाव; उदासीनता ।
11687 औदुम्बर वि. १. डुम्रीको; डुम्रीसम्बन्धी ना.
11688 औदुम्बर वि. २. ब्राह्मण जातिको एक वर्ग ।
11689 औद्धत्य ना. उद्धत हुनाको भाव; उद्दण्डता; उच्छृङ्खलता ।
11690 औद्भिद वि. १. भुइँ फोरेर निस्कने वा उम्रने; भुइँ फोरेर उम्रेको; भुइँफुट्टा ना.
11691 औद्भिद वि. २. छहराको पानी ।
11692 औद्भिद वि. ३. सिँधे नुन ।
11693 औद्योगिक वि. १. उद्योगसित सम्बन्धित; उद्योगको ।
11694 औद्योगिक वि. २. उद्यमसँग सम्बन्धित; उद्यमको ।
11695 औद्योगिक क्रान्ति ना. १. युरोपमा सन् १८५१ देखि औपचारिक रूपमा आरम्भ भएर सन् १९५१ मा टुङ्गिएको एक व्यावसायिक आन्दोलन ।
11696 औद्योगिक क्रान्ति ना. २. उद्योगका क्षेत्रमा हुने व्यापक परिवर्तन वा विकास |
11697 औद्योगिक क्षेत्र ना. कलकारखाना, उद्योगधन्दाका निम्ति प्रशासनद्वारा निर्धारित गरिएको क्षेत्र |
11698 औद्योगिक तथ्य ना. उद्योगधन्दासित सम्बन्धित प्रामाणिक कुरा कलकारखानासम्बन्धी यथार्थ विवरण |
11699 औद्योगिक नगर ना. कलकारखाना र उद्योगधन्दाका लागि स्थापित औपनिवेशिक सहर ।
11700 औद्योगिक बाली ना. खानेकुराका अतिरिक्त अन्य उपयोगमा आउने बाली; नगदे बाली (क्यास क्रप) ।