Dictionary

All Word

11701 औद्योगिक व्यवसाय ना. कम्पनीकानुनका अनुशासनमा रही लाभ हासिल गर्ने उद्देश्यले लगानी लगाएर गरिने व्यवसाय ।
11702 औद्योगिक शक्ति ना. १. उद्योगका लागि आवश्यक साधन वा श्रम ।
11703 औद्योगिक शक्ति ना. २. उद्योगका दृष्टिले अग्रणी मानिने देश ।
11704 औद्योगिक सेवा ना. १. उद्योगसम्बन्धी सेवा ।
11705 औद्योगिक सेवा ना. २. उद्योगका माध्यमबाट गरिने समाजसेवा ।
11706 औद्योगिकीकरण ना. १. विभिन्न कलकारखाना तथा उद्योगधन्दाको स्थापना तथा सञ्चालन गरेर देशलाई उद्योगप्रधान बनाउने कार्य ।
11707 औद्योगिकीकरण ना. २. उद्योगको आरम्भ; विकास वा उन्नति ।
11708 औधी क्रि.वि. १. धेरै; निकै; अत्यन्तै । ना.
11709 औधी क्रि.वि. २. उपद्रो; फट्याई; बदमासी ।
11710 औपचारिक वि. १. शिष्टाचारको पालनका निम्ति गरिएको; शिष्टाचारसुहाउँदो।
11711 औपचारिक वि. २. नियमानुसार भएको; नियमपूर्वकको; रीतिपूर्वकको; दस्तुरबमोजिमको ।
11712 औपचारिक वि. ३. रोगनिवारणका निमित्त गरिने उपचारसम्बन्धी |
11713 औपचारिक भाषा ना. १. भाषण आदिमा वा कसैसित औपचारिक रूपमा कुराकानी गर्दा बोलिने भाषा ।
11714 औपचारिक भाषा ना. २. कानुनी वा वैधानिक भाषा; नियमसम्बन्धी भाषा ।
11715 औपचारिक भाषा ना. ३. हृदयको भाव लुकाई लोलोपोतो देखाउने उद्देश्यले बोलिने कृत्रिम बोली ।
11716 औपचारिक शिक्षा ना. शिक्षणसंस्थाबाट रीत पुयाएर ग्रहण गरिएको शिक्षा |
11717 औपदेशिक वि. १. उपदेशसम्बन्धी ।
11718 औपदेशिक वि. २. अर्कालाई उपदेश दिने वा शिक्षा दिने कामबाट जीवनयापन गर्ने (व्यक्ति) ।
11719 औपनिवेशिक वि. १. उपनिवेशसम्बन्धी; उपनिवेशमा हुने; उपनिवेशको ।
11720 औपनिवेशिक वि. २. उपनिवेशमा बस्ने; उपनिवेशनिवासी ।
11721 औपन्यासिक वि. १. उपन्यासमा भएको उपन्यासमा पाइने; उपन्यासको; उपन्याससम्बन्धी ।
11722 औपन्यासिक वि. २. उपन्यासका किसिमको; उपन्यासजस्तो ।
11723 औपन्यासिक वि. ३. अनौठो किसिमको; अद्भुत ।
11724 औपन्यासिक चरित्र ना. १. उपन्याससुहाउँदो चरित्र ।
11725 औपन्यासिक चरित्र ना. २. अनौठो चरित्र |
11726 औपपत्तिक वि. १. युक्ति वा उपपत्तिले युक्त भएको; युक्तिसङ्गत; उपपत्तियुक्त ।
11727 औपपत्तिक वि. २. तर्कद्वारा सिद्ध गर्न सकिने वा सिद्ध हुने; प्रमाणद्वारा पुष्ट गर्न सकिने ।
11728 औपसर्गिक वि. १. उपसर्गबाट बनेको; उपसर्गसम्बन्धी ।
11729 अर्घौ वि. अनैतिक यौनव्यवहारबाट जीविका चलाउने; व्यभिचारबाट जीविका चलाउने ।
11730 औरस ना. विवाहिता स्त्रीबाट जन्मेको छोरो; वैधानिक पुत्र; ठ्या छोरो ।
11731 औध्वदेहिक वि. १. मरेका व्यक्तिका उद्देश्यले दश दिनसम्म गरिने; मृत व्यक्तिसम्बन्धी (काजक्रिया)। ना.
11732 औध्वदेहिक वि. २. प्रेतकर्म ।
11733 औल ना. १. बेसी वा मधेशको सम्म र गर्मी ठाउँ ।
11734 औल ना. २. त्यस्तो ठाउँमा लाम्खुट्टे लाग्ने हुँदा त्यसबाट फैलने कामज्वरो; मलेरिया; औलो ।
11735 औलाद ना. सन्तान ।
11736 औलाधौला ना. छोराछोरी र प्रशस्त सुख सम्पत्ति; सन्तति र प्रशस्त सम्पत्ति; पौलो।
11737 औलिया१ ना. इस्लाम धर्म वा मुस्लिम सम्प्रदायको सन्त वा बाबा ।
11738 औलिया२ वि. औलो लागेको; औलको ज्वरो बराबर आउने; औलले ग्रस्त।
11739 औलिया बयर ना. औल लाग्ने ठाउँमा लहरामा फल्ने एक प्रकारको फल; कोल।
11740 औली ना. धान काटिसकेपछि थारूहरूद्वारा मनाइने एक उत्सव।
11741 औले वि. औलको; औलसम्बन्धी; औलिया (ज्वरो) ।
11742 औले जरो ना. औलले गर्दा आउने जरो; कामजरो ।
11743 औलो ना. १. हे. औल | वि.
11744 औलो ना. २. औल लाग्ने; औलिया ।
11745 औलो उन्मूलन ना. औलो ल्याउने लाम्खुट्टेलाई समाप्त गरी औलोको रोगाणुलाई निर्मूल पार्ने क्रिया वा अभियान |
11746 औल्याहा वि. औलोको; औलो लाग्ने; औलिया ।
11747 औवाठेउवा ना. ठेउवो नीलकण्ठ चरो ।
11748 औषध ना. १. औषधीका काममा आउने विभिन्न वनस्पति; जडीबुटी ।
11749 औषध ना. २. रोग निको पार्नाका निमित्त विभिन्न जडीबुटी मिलाई प्रयोग गरिने औषधी; ओखती ।
11750 औषधालय ना. रोगको उपचार गनेर र आवश्यकतानुसार रोगीहरूलाई भर्नासमेत गर्ने घर; अस्पताल ।