Dictionary

All Word

11901 कचमच्याइनु क.क्रि. कचमच्याउने काम गरिनु।
11902 कचमच्याउनु प्रे. क्रि. कचमचिने गराउनु; अचकल्टो पार्नु।
11903 कचर ना. १. मल; दूषित वस्तु; फोहर खाद्य वस्तु। वि.
11904 कचर ना. २. फोहर; मैलो; गन्दा।
11905 कचरपचर ना. प्रायः नपच्ने अनियमित खाद्य पदार्थ; कच्याङकुचुङ।
11906 कचरस ना. आउँ; आउँमासी।
11907 कचरिया ना. लहरामा फल्ने, पहेँलो फूल र बाटुला पात हुने, ऐँसेलुजस्तो सानो फल; घुर्मी।
11908 कचल्टिनु अ.क्रि. कचल्टो हुनु; अचकल्टो पर्नु।
11909 कचल्टो वि. १. पूरा पाक्न नपाएको; केही काँचो (आँप, अम्बा वा बेलौती, तर्कारी इ.)।
11910 कचल्टो वि. २. पूर्ण नभएको; खण्डित (निद्रा, भाषण, अध्ययन इ.)।
11911 कचल्टो वि. ३. पूरा वयस्क नभएको ( उमेर, मान्छे इ.)।
11912 कचल्ट्याइँ ना. कचल्टिने पन, कचल्टो अवस्था।
11913 कचल्ट्याइ ना. कचल्टो हुने, कचल्टिने वा कचल्ट्याउने काम वा भाव।
11914 कचल्ट्याइनु क.क्रि. कचल्टो पारिनु; अधकल्चो गराइनु।
11915 कचल्ट्याउनु प्रे.क्रि. कचल्टो पार्नु; अधकल्चो गराउनु; खण्डित पार्नु।
11916 कचहरी ना. १. न्याय, निसाफ हेर्ने अड्डा।
11917 कचहरी ना. २. अदालत; न्यायालय।
11918 कचहरी ना. ३. सभा; गोष्ठी।
11919 कचिङल/कचिङ्गल ना. १. कुनै कुरा वा विषयमा दुई थरीका बिच हुने फाटो वा बेमेलको स्थिति; झगडा; कलह।
11920 कचिङल/कचिङ्गल ना. २. खिचोला; हस्तक्षेप।
11921 कचिङल/कचिङ्गल ना. ३. भाँजी; बिघ्न; बाधा।
11922 कचिया ना. करौँतीका जस्ता दाँत भएको, खर, धान आदि रेटेर काट्ने हँसिया; आँसी। कचियाले आफैँतिर तान्छ (उखान)।
11923 कचिला ना. साँधेको आलो मासु (नेवारी भोजनका परिकारमध्ये एक)।
11924 कचिलो वि. १. पाक्ने बेलाभन्दा पहिलेको; छिप्पिइसके तापनि नपाकेको।
11925 कचिलो वि. २. गिजिज्ज परेको; चुरो नमरेको।
11926 कचिल्लो वि. १. भिजेर फतक्क भएको; गलेको।
11927 कचिल्लो वि. २. कचिलो।
11928 कचुवा ना. लिङ्गको टोप्रामा जम्ने प्रायः सेतो रङको काई; काठे; काठो।
11929 कचुर ना. हलेदाको जस्तो पात र फूल भई कपुरको जस्तो बास्ना आउने एक बोट र प्रायः औषधीमा प्रयोग हुने त्यसैको कन्द।
11930 कचेट्नु स. क्रि. १. कसैलाई बलजफतीसँग कतै पठाइनु।
11931 कचेट्नु स. क्रि. २. करकाप गरेर मन नपरेको ठाउँमा पनि बसाइनु।
11932 कचेटाइ ना. कचेट्ने तथा कचेटाउने भाव, क्रिया वा प्रक्रिया।
11933 कचेटाउनु प्रे. क्रि. कचेटोमा पार्नु; कचेट्न लाउनु।
11934 कचेटिनु क. क्रि. १. कचेटोमा पारिनु; कचेट्ने काम गरिनु। अ. क्रि.
11935 कचेटिनु क. क्रि. २. कचेटोमा पर्नु; थच्चिनु।
11936 कचेटो ना. १. अरूलाई मन नपर्ने खालका कामकुराको झमेला वा झ्याउलो; बिनसित्तिको झन्झट; कचडो।
11937 कचेटो ना. २. किचोला; खिचोला।
11938 कचेडा ना. झगडा।
11939 कचेरा ना. १. चिप्रा।
11940 कचेरा ना. २. फोहर; मैला।
11941 कचेरे वि. कचेरावाल; चिप्रे; फोहोरी। स्त्री. कचेरी/कचेर्नी।
11942 कचोट्नु अ.क्रि. कसैको नराम्रो व्यवहारले मन दुख्नु वा मन कोतर्नु।
11943 कचोटाइ ना. कचोट्ने काम वा भाव।
11944 कचौँडो ना. हे. कल्चौँडो।
11945 कचौडी ना. भित्र गुभामा मस्यौटो हालेर पकाइने एक प्रकारको पुरी; कचौरी।
11946 कचौरा ना. भोजनका सामग्रीमध्ये तिहुन, तरकारी आदि हाल्ने भाँडो; कचौरो; बटुको; डबको।
11947 कचौरी ना. १. सानो कचौरा; खोला (जाँडरक्सी खाने )।
11948 कचौरी ना. २. सानो खोपिल्टो परेको जगमग गर्ने टीका; झल्कने एक प्रकारको टीका (प्राय: काँचको )।
11949 कच्चा वि. १. नपाकेको; अपरिपक्व, काँचो; चाँडै बिग्रने (व्यक्ति, उमेर, बुद्धि इ.)।
11950 कच्चा वि. २. कमजोर (माल, सामान, वस्तु इ.); छोइपासे; बिल्पारी।