Dictionary

All Word

13001 कराँसो घराँसो ना. घरघडेरी।
13002 कराइ ना. कराउने काम वा प्रक्रिया।
13003 कराइनु अ. क्रि. ठुलो स्वरले बोलिनु; चिच्याइनु।
13004 कराउनु अ.क्रि. १. रुने, हप्काउने, विरोध जनाउने, बोलाउने आदि उद्देश्यले ठुलो स्वर गरी चिच्याउनु।
13005 कराउनु अ.क्रि. २. नचाहिँदो किसिमले चर्को स्वर निकाली बोल्नु। (उदा.- माली गाईले धान खायो, नकरा कान्छी कान खायो )।
13006 कराउनु अ.क्रि. ३. झर्को लाग्ने गरी बोलेर केही सुनाउनु, माग्नु, प्रशंसा गर्नु वा निन्दा गर्नु; कचकचाउनु; करकराउनु।
13007 कराउनु अ.क्रि. ४. अन्याय र थिचोमिचोका विरुद्ध मर्कामा पर्नेले प्रायः मौखिक वा अलिखित रूपमा उजुर गर्नु; फिराद गर्नु।
13008 कराकर ना. १. ठुलो काम वा कार्जे (बिहे, बर्तमन, रोपाइँ, मेला, जात्रा, भोज इ.) मा हुने असाधारण व्यस्तता; चटारो; लछारो।
13009 कराकर ना. २. त्यस्तै अवसरमा भेला हुने समुदाय; हुल; घुइँचो; ठेलमठेल; किचाघान।
13010 करामत ना. १. असाधारण वा असामान्य काम; चमत्कार; कमाल।
13011 करामत ना. २. पुरुषार्थ; बहादुरी।
13012 करायेँ वि. सलामी परेको; अलिअलि ढल्केको; करालो; थालेभन्दा कम सम्म र भिरालोभन्दा कम ढल्किएको।
13013 करार ना. १. कुनै कार्य लिखत रूपमा जिम्मा लिने काम वा त्यसरी जिम्मा लिएको दायित्व।
13014 करार ना. २. त्यसरी जिम्मा लिन गरिने लिखित कबुल वा प्रतिज्ञा।
13015 करारनामा ना. एक पक्षले अर्को पक्षलाई कुनै सेवा, भारा, अभिभारा आदि सुम्पँदा र घर, पसल, गाडी आदि भाडामा दिँदा दुवै पक्षले करार गरी सही गरेको लिखत; कबुलनामा; कबुलियतनामा।
13016 करारपत्र ना. करारनामा।
13017 करार सेवा ना. तलब, कार्यावधि, सेवासर्त आदि तोकिएर नियुक्त हुने कर्मचारीको पद वा सेवा।
13018 करारोपण ना. सरोकारवाला सरकारी निकायले संविधान वा ऐनकानुनअनुसार नागरिकहरूलाई कर लगाउने कार्य।
13019 कराल वि. डरलाग्दो; भयङ्कर; विकराल।
13020 करालो ना. भिरालो जग्गा; ओह्रालो। वि. अलि अलि ढल्किएको; करायेँ।
13021 कराहट ना. कराउने काम, चिच्च्याहट; करकराहट; कचकचाहट।
13022 कराही १ ना. दुईतिर कडा लागेको र मुख फराक हुने पकाउने भाँडो।
13023 कराही २ ना. शिरीषको जस्तो बोट हुने र सेतो अपराजिताको झैँ फूल फुल्ने एक राइली वृक्ष वा त्यसको स्वादको फल।
13024 करिब क्रि.वि. १. नजिकमा; छेउमा; पासमा (उदा.- म उसलाई सधैँ आफ्नो करिब देख्न चाहन्छु। )।
13025 करिब क्रि.वि. २. प्रायः झन्डै; झन्डैले; लगभग (उदा.- तिम्रो अनुहार करिब रामसित मिल्छ। )।
13026 करिब करिब क्रि.वि. झन्डै झन्डै; पुगनपुग; लगभग।
13027 करिया ना. अमलेख गर्नुभन्दा पहिले दासका रूपमा किनबेच हुने गरेका घरेलु नोकर; कमारो; बाँधा; दास।
13028 करिया अमलेख सं. १९८१ मा श्री ३ चन्द्रको पालामा करियाहरूलाई प्रदान गरिएको मुक्ति; दासत्वमोचन।
13029 करिया प्रथा ना. दासप्रथा।
13030 करीर ना. खार वा गेगर जमिनमा हुने, पात नहुने, वसन्त ऋतुमा हरिया डाँठका टुप्पामा ससाना गोल राता फूल फुल्ने र फूल झरेपछि गोलकाँक्रीजस्ता बाटुला फल फल्ने एक प्रकारको बोट।
13031 करीष ना. १. गाईभैँसी आदिको मल विभिन्न आकारमा सुकाई बाल्नका निम्ति बनाइएको विशेष प्रकारको गुइँठो।
13032 करु ना. हिमाली भागको लेकतिर खेती गरिने, बोट र दाना जौका आकारको हुने एक प्रकारको अन्नविशेष। (यसको सत्तु बनाएर उपयोग गरिन्छ )।
13033 करुण ना. १. कसैप्रति उसको स्वभाव, अवस्था आदिले गर्दा उपकारका निमित्त दर्साइने दयाको भाव; करुणा; दया।
13034 करुण ना. २. साहित्यमा नवरसमध्येको एक रस।
13035 करुणा ना. करुण; दया; माया।
13036 करुणानिधान वि. दुःखी, दरिद्री, रोगी आदिलाई दया गर्ने स्वभाव भएको; दयालु; मायालु।
13037 करुणानिधि वि. करुणा भएको; अरूलाई दयामाया गर्ने; दयालु।
13038 करुणार्द्र वि. अर्काको दुःख देखेर मन पग्लने; अर्काको दुःखमा आफू पनि दुःखी हुने; करुणामय; दयामायाले ओतप्रोत।
13039 करुणावतार ना. प्राणीहरूमा आइपरेको वा आइपर्ने दुःख हटाउन र आफ्ना भक्तका उपर दया गर्नका निम्ति भगवान्‌ले लिएको अवतार; करुणामूर्ति; अति दयालु मानिने रूप।
13040 करुवा १ ना. पेट फुकी घाँटी सानो भएर मुखमा छाताजस्तो भई बिट फर्केको, पेटको माथिल्लो भागमा ठाडो टुटी लागेको पानीको भाँडो।
13041 करुवा २ ना. १. फल्याकको जोर्नीमा ठोकिने फलामको दुईखुट्टे किला।
13042 करुवा २ ना. २. सँघारठेलोमा ढोकाको मास्तिर ठोकिने फलामको तीनखुट्टे किला।
13043 करेउली ना. १. मनको भित्री इरादा ( द्विव्य.)।
13044 करेउली ना. २. करकाप।
13045 करेट्नु स. क्रि. १. अरूलाई धेरै मर्कामा पार्नु; करेटोमा अल्झाउनु।
13046 करेट्नु स. क्रि. २. करौँतीले रेटे जस्तै गरी रेट्नु।
13047 करेटाइ ना. करेट्ने, करेटिने वा करेटाउने क्रियाप्रक्रिया।
13048 करेटाइनु क.क्रि. करेट्ने काम गराइनु; करेट्न लाइनु।
13049 करेटाउनु प्रे.क्रि. करेटोमा पार्नु; करेट्न लाउनु।
13050 करेत ना. निकै विषालु, चार फिटजति लामो, हल्का पहेँलो र कालो घेराले बनेको शरीर हुने आकर्षक सर्प (यो गोमन सर्पसँग मिल्दोजुल्दो हुन्छ, तर फँडा हुँदैन, यसले अरू ससाना सर्प खान्छ)।