Dictionary

All Word

12951 करण्ड ना. २. माहुरीको चाको।
12952 करतल ना. हातको हर्थुङ्गा र नङका माझको उत्तानो भाग; हत्केलो।
12953 करतल ध्वनि ना. दुई हत्केला ठटाएर स्वागत, प्रशंसा, निन्दा, उपहास आदि जनाउन निकालिने ध्वनि; थपडी; ताली।
12954 करताल ना. १. हे. करतल ध्वनि।
12955 करताल ना. २. दुई काठका टुक्रा औँलाका कापले च्यापेर ध्वनि उत्पन्न हुने गरी प्रायः धार्मिक कार्यमा बजाइने एक बाजा; कठताल; करताली।
12956 करताली ना. १. करताल।
12957 करताली ना. २. करतल ध्वनि।
12958 करतुत ना. हे. कर्तुत।
12959 करद ना. कर तिर्ने; कर दिने (व्यक्ति, राष्ट्र आदि)।
12960 करदाता ना. १. कर तिर्ने संस्था वा व्यक्ति। वि.
12961 करदाता ना. २. करद।
12962 कर निर्धारण ना. सरोकारवाला कार्यालय वा संस्थाले कर असुलसम्बन्धी नीति एवं नियमहरूको निर्धारण गर्ने वा सोअनुसार लाग्ने कर तोक्ने काम।
12963 करनी ना. १. बलात्कारका साथमा गरिने गैरकानुनी सम्भोग।
12964 करनी ना. २. सम्भोग; मैथुन (प्रायः अविवाहितहरूका बिच )।
12965 करनी ना. ३. कुकर्तव्य; कर्तुत,; षड्यन्त्र; खराब नियत।
12966 करन्यास ना. जप अथवा पाठका क्रममा शरीरका अङ्गहरूलाई बीजमन्त्र ( नमः, फट् आदि) का उच्चारणका साथमा छोएर गरिने क्रिया; अङ्गन्यास; पूर्णन्यास वा न्यासका शाखाको रूपमा हातलाई मात्र छोएर गरिने एक विधि, जसमा पहिले चोर औँलाले बुढी औँलालाई छोएर र त्यसपछि बुढी औँलाले अरू औँलालाई छोएर तत्तत् अङ्गमा इष्टदेवलाई आवाहन गरिन्छ।
12967 करपात्री ना. १. भोजन वा जलपान आदि गर्दा, थाल, गिलास आदि भाँडाको साटो पसर वा अँजुली व्यवहार गर्ने (व्यक्ति)। ना.
12968 करपात्री ना. २. भारतीय साधुसन्तहरूको एक सम्प्रदाय वा त्यसको अनुयायी।
12969 करपाद ना. वास्तुकला वा मूर्तिकलामा प्रचलन हुने छ मात्रा वा छ अङ्गुल बराबरको नाप।
12970 करबल ना. १. जबरजस्तीसहितको व्यवहार; इच्छाका विरुद्ध कसैलाई काममा लगाउने क्रिया वा प्रक्रिया; करकाप; बलजफती; जबरजस्ती।
12971 करबल ना. २. अन्याय; थिचोमिचो; अत्याचार।
12972 करबाल ना. हातले हान्ने हतियार (खड्ग, तरबार वा खुकुरी।
12973 करबिरे ना. करौँते झारसँग मिल्दोजुल्दो एक झार।
12974 करभ ना. १. हातको हत्केलाको उल्टो भाग; हत्केलाको पृष्ठभाग; डुँडुलो।
12975 करभ ना. २. हात्तीको सुँड वा बच्चो।
12976 करभ ना. ३. उँटको बच्चो।
12977 कर भुक्तानी ना. कर तिर्ने काम; करको तिरोभरो।
12978 करभोरु वि . करभ (हात्तीको सुँड झैँ सलक्क परेको तिघ्रा) भएकी (स्त्री)।
12979 करम ना. १. गर्मी प्रदेशमा पोखरी वा तलाउमा उम्रने, सखरखण्डको जस्तो पात, खोक्रो डाँठ र सेतो फूल हुने एक साग; करमी।
12980 करम ना. २. पहेँलो काठ हुने एक वृक्ष; कर्मा।
12981 करमपात्रो ना. हे. कर्मपात्रो।
12982 करमाला ना. जपमन्त्र आदिको सङ्ख्या गन्ने क्रममा स्फटिक, तुलसी वा रुद्राक्षका मालाको साटो औँलाका हत्केलातिरका जोर्नीका रेखालाई गन्ने कामको आधार मान्दा तिनका निम्ति प्रयुक्त हुने सामूहिक संज्ञा।
12983 करमाली वि. १. करमालाका आधारमा जप आदि गर्ने (व्यक्ति)।
12984 करमाली वि. २. आफ्ना किरणलाई स्वयं आफैँले मालाका रूपमा धारण गर्ने एक देवता; सूर्यनारायण।
12985 करमाली वि. ३. सूर्य।
12986 करमी ना. हे. करम।
12987 करयुगल ना. १. अभिन्न रूपमा दुई हातलाई जनाउने साझे संज्ञा।
12988 करयुगल ना. २. जम्लाहात; करजोरी।
12989 करयोग्य मूल्य ना. कर कार्यालयले मिनाहा गरेको करमुक्त मूल्यभन्दा बढी मूल्य; कर लाग्ने चाहिँ मूल्य (घर, जग्गा आदिको)।
12990 करवीर १ ना. १. सुइरे पात हुने, पहेँलो रङको फूल फुल्ने र हाडेबदामका जत्रा दानाभित्र झन्डै आरुका झैँ खबटा हुने फल लाग्ने ठिक्क आकारको वृक्ष वा त्यसको फूल।
12991 करवीर १ ना. २. झन्डै वज्रदन्तीको जत्रो बोट हुने र त्यसरी नै झाँगिने सेतो अथवा रातो फूल फुल्ने एक वृक्ष वा त्यसको फूल।
12992 करवीर २ ना. नेपाली लौकिक अनुश्रुतिअनुसारको एक प्रसिद्ध मसान; काठमाडौँको विष्णुमती र भद्रमतीको दोभानमा रहेको प्रसिद्ध मसानघाट।
12993 कर शाखा ना. अर्थ मन्त्रालयको मातहत रहेको करको असुलउपर गर्ने मुख्य कार्यालयभन्दा तल्लो तहको शाखा कार्यालय (जिल्लास्तरीय वा अञ्चलस्तरीय)।
12994 करसम्पुट ना. अभिवादनका समयमा नमस्कार आदिमा झैँ दुई हत्केलालाई पूरै नजोडी औँलाका टुप्पा र मणिबन्ध मात्र जोडेर बुढी औँलातिर खुला राख्ने एक विशेष मुद्रा (प्रायः धार्मिक); अञ्जलिमुद्रा।
12995 कराँत ना. १. समात्न वा पक्रन अनुकूल पर्ने स्थिति (कुस्ती खेल्दा, भारी बोक्ता आदि )। ( उदा.- राम त बलियै हो, तर कराँत नपरेकाले कुस्तीमा उसको जित हुन सकेन )।
12996 कराँत ना. २. बल; तागत; शक्ति।
12997 कराँतिलो वि. १. बोक्ता, समाउँदा वा अँगाल्दा प्रतिकूल नहुने।
12998 कराँतिलो वि. २. बलियो; शक्तिशाली; दह्रो; दर्बिलो।
12999 कराँते ना. जापान र त्यसका छिमेकका देशहरूमा प्रचलित मर्मस्थलमा प्रहार गरेर आफूभन्दा निकै बलियो विपक्षीलाई समेत पराजित गर्ने केही प्रसिद्ध दाउ; कुम्फु, कराँते, जुडो आदिमध्ये एक (जसका आधुनिक प्रवर्तक ब्रुसली मानिन्छन्।)।
13000 कराँसो ना. हे. करेँसो।