Dictionary

All Word

12801 कमानीदार वि. २. कमानीवाला; हैकमवाला।
12802 कमान्डर ना. सेनाको एक उपाधि; पति (जस्तै - चमूपतिः कोर कमान्डर)।
12803 कमान्डर इन चिफ ना. १. प्रधान सेनापति।
12804 कमान्डर इन चिफ ना. २. राणाकालीन चिफसाहेब अथवा कमाडचिफ।
12805 कमान्डरी वि. १. कमान्डरसम्बन्धी; कमान्डरको काम गर्ने। ना.
12806 कमान्डरी वि. २. कमान्डरको चाला (उदा.- तपाईंको कमान्डरीले मलाई के गऱ्यो खै !)।
12807 कमान्डरी किताबखाना ना. सरकारी जागिरदारहरूको नामनामासी र तलबको लगत दर्ता गर्ने अड्डा (कर्मचारी प्रशासन व्यवस्था विभागको पूर्वरूप।)।
12808 कमारागिरी ना. कमार्तन; दासता।
12809 कमारो ना. सं. १९८१ सालमा करिया अमलेख हुनुभन्दा पूर्व कृषिदेखि लिएर घरेलु काममा समेत गृहस्थले सम्पत्तिका रूपमा किनबेच गर्ने गरेको श्रमिकवर्गको व्यक्ति; करिया; दास; घर्ती; खवासे। स्त्री. कमारी।
12810 कमार्तन ना. कमारागिरी; दासता; दासत्व।
12811 कमाल ना. १. कुनै अनौठो, अद्भुत वा चमत्कारिलो कार्य; चमत्कार।
12812 कमाल ना. २. आश्चर्यजनक दक्षता वा कुशलता। (उदा.- तेन्जिङ नोर्गेले सगरमाथा चढेर कमाल गरे। )
12813 कमालको वि. अनौठो; अद्भुत; आश्चर्यजनक (व्यक्ति, कार्य, वस्तु, इ.)।
12814 कमिच/कमिज ना. दौरा, कुर्ता, मयलपोस आदि झैँ कमरभन्दा माथि लगाइने, तनाको साटो टाँक, चेन आदि जडिने, बाहुला पूरा वा आधा हुने, आधा बाहुला भए साधारण मोहोता हुने, पूरा बाहुला भए कफ हुने तथा घाँटीमा कलर नामक कर्णाकार कठालो हुने अनेकौँ प्रकारका उत्तरीय वस्त्रमध्ये कुनै एक (हाफ कमिज, फुल कमिज आदि)।
12815 कमिटी ना. हे. समिति।
12816 कमिनी ना. १. कामीको स्त्रीलिङ्गी रूप।
12817 कमिनी ना. २. कामी जातकी नारी वा कामीकी पत्नी।
12818 कमिली सलह क्रि.वि. १. कमिला सरह; छ्यासछ्यासती; स्याउँस्याउँती; बग्रेल्ती। वि.
12819 कमिली सलह क्रि.वि. २. धेरै; प्रशस्त (प्रायः सङ्ख्या)।
12820 कमिलो ना. गुलियो आदि स्वादिला पदार्थ रुचाउने, दुला, गोला वा पातमा गुँड लगाएर फुल पार्ने, ऋतुअनुसार फुल आदि बोकेर ठाउँ सर्ने, भविष्यका लागि अन्न फूल आदि सञ्चय गर्ने र पिँधमा बारुला आदिको झैँ चिल्ने खिल हुने, जीवविज्ञानका अनुसार फर्मिसिडी परिवारमा पर्ने ज्यादै सानोदेखि लिएर ठिक्कको सानो आकारमा र जातअनुसारको रङमा देखा पर्ने भाले, पोथी र नपुंसकसमेत सम्मिलित भएर समुदाय गठन गरी सामूहिक रूपमा रहने एक जातको किरो।
12821 कमिसन ना. १. कुनै वस्तु किनबेच गर्दा बेपारीले माल किन्ने गाहकीलाई मोलमा केही रकम घटाएर दिने सुविधा।
12822 कमिसन ना. २. कुनै उत्पादक वा थोक वितरकले खुजुरा बेपारीलाई थोक माल लिएबापत निर्धारित मोलमा केही प्रतिशत घटाई दिने सुविधा।
12823 कमिसन ना. ३. व्यापारिक दलाल वा मध्यस्थ व्यापारीले आफूभन्दा माथिल्लो तहको व्यापारीबाट आफूले दलाली वा मध्यस्थता गरेबापत पाउने पारिश्रमिक; दलाली।
12824 कमिसन ना. ४. हे. आयोग।
12825 कमिस्नर ना. १. राजनीतिक नियुक्तिका आधारमा नियुक्त हुने अञ्चल वा जिल्लाका प्रमुख समस्याहरूको रेखदेख गर्ने एक उच्च पद वा पदाधिकारी।
12826 कमिस्नर ना. २. अञ्चलाधीशको व्यवस्था हुनुभन्दा पहिले नेपालको राजधानी काठमाडौँमा बडाहाकिमको साटो काम गर्ने गरी तैनाथ गरिएको बडाहाकिमभन्दा माथिल्लो तहको पद वा पदाधिकारी।
12827 कमी ना. १. चाहिँदोभन्दा कम हुने भइरहेको सङ्ख्या, मात्रा, दर्जा, मान, गुण, परिमाण आदि घट्न जाने अवस्था वा स्थिति; भएको वा चाहिएको भन्दा थोर हुने अवस्था; अल्पता; न्यूनता; अपर्याप्तता; घटी।
12828 कमी ना. २. भाउ आदिको मन्दी।
12829 कमेना/ कमेनी ना. कामी जातकी स्त्रीलाई मान जनाउने शब्द।
12830 कमेरे वि. कमेरोजस्तो; कमेराका छाँटको सेतो रङको धमिलो (प्रायः तरल पदार्थ )।
12831 कमेरे पानी ना. सेतो रङको धमिलो पानीसँग मिल्दोजुल्दो भएको आधारमा जाँडलाई दिइने गरेको व्यङ्ग्यात्मक संज्ञा (तुल. नर्सिङट्वाक - रक्सी, नरम चाना- सुँगुरको मासु, भुत्ले साग- कुखुराको मासु आदि)।
12832 कमेरो ना. चुन जस्तै पोतेर घर आदि सिँगार्ने काम लिइने एक प्रकारको चिप्लो सेतो माटो (तुल) जुमली कुमेटो - कमेरो)।
12833 कमै ना. १. प्रायः घुम छाप्ने काममा आउने एक प्रकारको ठुलठुला पात भएको लहरो। वि.
12834 कमै ना. २. अल्पताबोधक शब्द 'कम' को निश्चय, सीमा, अवधारणा, अठोट आदि जनाउँदाको रूप। (उदा.- धनमा म तिमीभन्दा कमै हुँला, तर मनमा कम छैन)।
12835 कमैया ना. १. जग्गाधनीकै नगदी र जिन्सी कर्जा लिएर सपरिवार अर्काको जग्गा कमाउने किसान; हरुवा (तुल) मैथिली हरवा)। वि.
12836 कमैया ना. २. काममा साह्रै जोतिन सक्ने; कमाइवाल; आर्जनी; पौरखी; हिकमती (तुल) मैथिली कमकर)।
12837 कमोत ना. खेतबारी कमाउने काम।
12838 कमोत बस्ती ना. कमोत भएको वा हुन लायक बस्ती; आबाद बस्ती।
12839 कमोती ना. १. कमोत।
12840 कमोती ना. २. कमोतबाट आएको आयस्ता; आर्जन।
12841 कमौट ना. १. हे. कमोत।
12842 कमौट ना. २. गहनागुरिया वा भाँडाकुँडा आदि कमाउने वा कमाउन लगाउने काम।
12843 कमौटे ना. १. कमोत वा कमौट गर्ने व्यक्ति वा जाति ( खेताला, हली, सुनार, लोहार आदि)। वि.
12844 कमौटे ना. ३. कमोत वा कमौट गर्ने।
12845 कमौत ना. जग्गाजमिन कमाउने काम; कमौट।
12846 कमौती ना. कमोती।
12847 कमौते ना./ वि. कमौटे।
12848 कम्घासा ना. सानु जातको केराउ पानीमा ढड्याई पिँधेर लेदो पारी बनाइएको आलो अचार।
12849 कम्ता वि. कम्ती; थोरै; घटी; न्यून।
12850 कम्तिया ना. खेतबारीको कमाइका निम्ति जग्गाधनीले कामतमा राखेको प्रमुख कर्मचारी; कोठारी; सेरालो।