Dictionary

All Word

12701 कफी ना. १. चिउलीका जस्ता पात र खनिउँका जस्ता झुप्पा झुप्पा भएर सेतो रङको फल फल्ने एक बोट; त्यसको फल वा उक्त फल भुटी बनाइएको धुलो।
12702 कफी ना. २. उक्त धुलो पानीमा मिलाएर चियाझैँ खाइने पेय पदार्थ।
12703 कबई ना. बिहीँका झैँ तर पाकेपछि काला वा राता झन्डै लालगेडीका जत्रा फल फल्ने एक झार; कबै।
12704 कबई माछा ना. भित्र काँढैकाँढा हुने सानो जातको माछा।
12705 कबच/कबज ना. हालको राष्ट्रब्याङ्क उहिले मुलुकीखानाको अवस्थामा छँदा हाकिम आदिको हालसाबिकी हुँदा नगदी वा जिन्सी सम्पत्तिको बुझबुझारथपछि हालवालाले साबिकवालालाई दिने भरपाई।
12706 कबन्ध ना. १. टाउको नभएको शरीर; गिँड।
12707 कबन्ध ना. २. दण्यकारण्यमा रामचन्द्रले मारेको राक्षस।
12708 कबरी ना. चुल्ठो।
12709 कबाफ ना. विशेष प्रकारको घिउतेल, मरमसला हाली झोलविना गुम्साएर पकाइएको मासु; पक्कु।
12710 कबई चिनी ना. सजिवनका सुकेका कोसाको चपाएर पानी खाँदा गुलियोपन अनुभव हुने दिउल; शीतलचिनी।
12711 कबास ना. हे. कपास।
12712 कबासे ना. १. प्रायः कबास मात्र हुने पाखो जमिन। वि.
12713 कबासे ना. २. हे. कपासे।
12714 कबिर ना. धार्मिक सम्प्रदायका प्रवर्तक एक भारतीय सन्त कवि; कबीरपन्थका संस्थापक।
12715 कबिरपन्थ ना. कबीर प्रवर्तित एक धार्मिक सम्प्रदाय।
12716 कबिरपन्थी वि. कबीरपन्थको सदस्य वा अनुयायी।
12717 कबिलदार/कबिलदारी वि. जहान छोराछोरी भएको; परिवारयुक्त; जहानियाँ।
12718 कबिला ना. १. परिवार; जहान; जहान, छोराछोरी।
12719 कबिला ना. २. सिङ्गै एक जाति एक परिवारका रूपमा रहेका (अरब, मध्यएसिया आदिमा प्राचीन कालदेखि माध्यमिक कालसम्म प्रशस्त देखा परिआएका परन्तु आधुनिक कालमा नवसभ्यताका प्रभावले गर्दा लुप्त प्रायः) असङ्ख्य मानव दलमध्ये कुनै एक (उदा.- बाबरको कबिला, तैमुरलङको कबिला, चङ्गेज खाँको कबिला, अब्राहमको कबिला, इस्रायलको कबिला, मुसाको कबिला आदि)।
12720 कबीर ना. हे. कबिर।
12721 कबीरपन्थ ना. हे. कबिरपन्थ।
12722 कबीरपन्थी वि. हे. कबिरपन्थी।
12723 कबुल्नु स. क्रि. कबुल गर्नु; प्रतीक्षा गर्नु; मन्जुर गर्नु; स्वीकार गर्नु; मान्नु।
12724 कबुलाइ ना. कबुल्ने क्रिया वा प्रक्रिया।
12725 कबुल ना. १. कुनै कुरो दिने, मान्ने वा गर्ने वचन; वाचाबन्धन; बोलकबोल।
12726 कबुल ना. २. स्वीकृति; स्वीकारोक्ति; वचनबद्धता।
12727 कबुल ना. ३. प्रतिज्ञा; प्रण; अठोट; सङ्कल्प।
12728 कबुलनामा ना. बोलकबोल लेखिएको लिखत; मन्जुरीनामा; स्वीकृतिपत्र।
12729 कबुलियत ना. आफूले कबुल गरेको कुरा लेखिएको कागत; प्रतिज्ञापत्र; मन्जुरनामा; भाकापत्र।
12730 कबुलियतनामा ना. बोलकबोल लेखिएको लिखत।
12731 कबेली ना. काँक्राको झैँ लहरामा घण्टी आकारका ठुलाठुला पहेँला भालेपोथी फूल फुली पोथीचाहिँ फूलबाट आरम्भमा गट्टा वा कैँडा फली पछि बडेमा आकारको फल फल्ने एक प्रसिद्ध लहरो वा तर्कारी आदिका रूपमा प्रयुक्त हुने त्यसैको फल; फर्सी; कद्दु।
12732 कबै क्रि.वि. कुनै पनि समयमा; कहिले पनि (प्रायः निषेधवाक्यमा पुराना पद्यहरूमा प्रयुक्त, जस्तै- 'छोरो हो भनि प्रेम गर्नु सबले हेला नगर्नु कबै' )।
12733 कबोल ना. हे. कबुल।
12734 कब्जा १ ना. १. कुनै व्यक्ति, वस्तु वा ठाउँउपर जमाइने अधिकार; वश; नियन्त्रण; आधिपत्य। वि.
12735 कब्जा १ ना. २. कब्जा भएको वस्तु, ठाउँ वा व्यक्ति। (उदा.- युद्धमा सैनिकहरूले आफ्ना सामानसँग मिसाई कब्जा सामानहरूलाई अलग्ग राखे। )
12736 कब्जा २ ना. झ्याल, ढोकाका खापालाई चौकोसमा जड्ने अथवा सन्दुस आदिका घोप्टेलाई मूल भागसित जड्ने काममा प्रयुक्त हुने, कापे, रिल वा चेपुवा झैँ दोबार्न र फट्टाउन मिल्ने हुँदा उघार्न र लगाउन सजिलो पर्ने धातुको एक प्रकारको सामान।
12737 कब्जियत ना. विभिन्न कारणले समयमा दिसा नहुने, भए तापनि खलास नहुने अथवा बड्कौँला वा गोटाका आकारको दिसा हुने रोग; कोष्ठबद्धता।
12738 कब्र ना. मुर्दा गाड्ने वा गाडिएको ठाउँ (प्रायः मुसलमान समाजमा बोलिने ); चिहान।
12739 कब्रस्तान ना. कब्र; चिहाने चौर ( बगैँचा, थलो इ.)।
12740 कम वि. १. कुनै खास मात्रा, सङ्ख्या, गुण, परिमाण आदिभन्दा थोरै; घटी; कम्ती।
12741 कम वि. २. अपर्याप्त वा नगण्यमात्रा, सङ्ख्या आदिको; थोरै; अलिकति; न्यून।
12742 कमजोर वि. बल नभएको, निर्बलियो; दुर्बल; निम्छरो; निम्सरो।
12743 कमजोरी ना. कमजोर अवस्था, स्थिति, स्वभाव आदि; दुर्बलता; नातागती।
12744 कमण्डलु ना. साधुसन्न्यासीले कतै यात्रा गर्दा हातमा झुन्ड्याएर हिँड्न मिल्ने, टुटी भएको अथवा नभएको उझिन्डोवाल धातु, नरिवल आदिको जलपात्र।
12745 कमनीय वि. १. अति राम्रो; रमणीय; रहरलाग्दो; मनोहर; सुन्दर।
12746 कमनीय वि. २. कामना गर्न योग्य; इच्छा गर्न लायक; काम्य।
12747 कमनीयता ना. कमनीय अवस्था, बानी, गुण वा रूप।
12748 कमर ना. मान्छे वा सोसरहका प्राणीको अथवा चौपायामध्ये पनि सिंह, भालु, आदि केही प्राणीको तिघ्रा र पेटको जोर्नीनिरको भाग; कटि; कम्मर।
12749 कमरपेटी/बन्द/बन्दी ना. मुख्य रूपमा कम्मरमुनिको लुगा सरेर तल नझरोस् भन्ने हेतुले र गौण रूपमा कम्मरमाथिका पोसाक (मयलपोस, दौरा इ.) छरितोसँग जिउमा मिलोस् भन्ने अथवा पेट ठुलो भए सो भद्दा नदेखियोस् भन्ने हेतुले कम्मरनेरि बाँधिने विशेष प्रकारको फित्ता।
12750 कमल ना. पोखरी वा जलाशयमा उम्रने पिँडाल्ने, पानपाते, कुम्भी, जलकुम्भी आदि झैँ देखिने पानीभित्र पिँडालुका जस्ता डाँठ हुने, पानीमाथि झन्डै पिँडालुका झैँ पात तहरिएर रहने र मूल डाँठ केही अकासिएर माथि पुगी त्यसमा जातअनुसारको (रातो, निलो, सेतो, पहेँलो आदि) रङको फूल फुल्ने एक वनस्पति वा त्यसको फूल; पद्म; कुमुद; पङ्कज।