Dictionary

All Word

12601 कपर्द ना. १. शङ्खवर्गमा पर्ने सानोखाले वस्तु; कौडी; कौडा।
12602 कपर्द ना. २. जोगीहरूले शिरमा बनाएको कपालको जुरो।
12603 कपर्दी ना. कपर्दधारी व्यक्ति; महादेव।
12604 कपर्दी ना. मैदानलाई दुई भागमा बाँडेर बराबर सङ्ख्यामा प्रत्येक भागमा पक्षीविपक्षी भई आलोपालो गरी एक पक्षको खेलाडी एकोहोरो सासले विशेष ध्वनि उच्चारण गरी विपक्षीको इलाकामा पुगी कसैलाई छोएर फर्की आउँदा सफल तर उतै घेरिएर सास फेर्न वाध्य हुँदा असफल भई मैदानबाट निकालिने एक रैथाने खेल (यस खेलमा उक्त खेलाडीद्वारा छोइएको विपक्षी पनि निकालिन्छ); हरिगुडुडु, हुतुतु- पन्जा।
12605 कपाइ ना. कप्ने काम वा प्रक्रिया।
12606 कपाइनु क.क्रि. कप्न लाइनु
12607 कपाउनु प्रे. क्रि. कप्न लाउनु।
12608 कपाकप क्रि.वि. लगातार एक गाँसपछि अर्को गाँस हाल्दै (खाँदै जाने किसिम); खपाखप; गपागप।
12609 कपाट ना. १. झ्याल वा ढोका।
12610 कपाट ना. २. ढोका; दैलो।
12611 कपाट ना. ३. झ्याल वा ढोकाका दुई फग्लेँटामध्ये कुनै एक; खापा।
12612 कपाट ना. ४. फरिको।
12613 कपाल ना. १. मान्छे वा सो सरहको जनावरको टाउको।
12614 कपाल ना. २. कुनै पनि प्राणीको टाउकाको प्रायः सिङ्गो हाड; खप्पर; खोर (तुल. हाडखोर)।
12615 कपाल ना. ३. मान्छे आदिका टाउकाको रौँ; केश।
12616 कपाल ना. ४. जोगी, सन्न्यासी आदिको भिक्षापात्र।
12617 कपाल क्रिया ना. दाह संस्कारको टाउकासँग सम्बन्धित कार्यकलाप।
12618 कपाल दुखाइ ना. टाउको दुख्ने रोग; टाउकाको कुनै भाग वा सम्पूर्ण टाउकोमा उत्पन्न हुने पीडा; चिन्ता वा फिक्री। (उदा.- तिमीले मलाई चिठी नलेखेर कपाल दुखाइको सिकार तुल्यायौ)।
12619 कपालिका ना. १. देवीको मुण्डमाला लगाउने र हातमा खप्परको पात्र लिने एक विशेष रूप; काली; चण्डी।
12620 कपाली १ ना. १. खप्परमा भिख मागेर खाने व्यक्ति ( भिक्षुक, सन्न्यासी इ.)।
12621 कपाली १ ना. २. शिव; महादेव।
12622 कपाली १ ना. ३. भैरव।
12623 कपाली १ ना. ४. नेवारी भाषा मातृभाषाका रूपमा बोल्ने नाथसम्प्रदायी एक जात; कुस्ले।
12624 कपाली २ ना. १. धितो नभएको अथवा धितो भए तापनि कारणवश धितोरहित हुन पुगेको तमसुकको एक किसिम। वि.
12625 कपाली २ ना. २. त्यस किसिमको (तमसुक); कपालीसँग सम्बन्धित (लेनदेन इ.)।
12626 कपाली तमसुक ना. त्यस किसिमको लिखत, तमसुक।
12627 कपास ना. १. हिउँदे नगदी बालीका रूपमा पाखो जमिनमा लगाइने, बोट प्रायः डेढदुई हात अग्लो, पात पाँचचुच्चे, फूल आरम्भमा सेतो अथवा पहेँलो र अन्त्यमा हल्का रातो, फल झन्डै अफिमको दानु झैँ हुने र फल फुटेपछि सिमलका जस्तै भुवा निस्कने तथा सो भुवाबाट कपडा आदिका लागि धागो कातने एक प्रकारको वनस्पति।
12628 कपास ना. २. कपासको झैँ भुवा दिने कुनै पनि वनस्पति। (उदा.- रुखकपास)।
12629 कपास ना. ३. कपास वा रुखकपास आदिबाट निस्कने, धागो कात्ने काममा प्रयोगमा आउने कुनै पनि किसिमको भुवा।
12630 कपासी ना. छहारी वा शोभाका निम्ति लगाइने रुख।
12631 कपासे वि. कपासका रङ्को; कपासजस्तो; सेतो अथवा पहेँल्चो।
12632 कपि ना. मान्छेका आकारको तर शरीरमा टम्म भुत्ला हुने, दुई थुन आदि लक्षणहरू दुरुस्त मान्छेकै झैँ हुने एवं पुच्छर हुने (जस्तै- ढेडु, बाँदर, बनकर इ.) अथवा पुच्छर नहुने (जस्तै- वनमान्छे) जङ्गली प्राणी।
12633 कपिनु क्र. क्रि. कपाइमा पारिनु; कप्ने काम गरिनु।
12634 कपित्थ ना. बेलजस्तो रुख हुने, साह्रो, खैरो, बेल जस्तै र त्यत्रै फल लाग्ने एक प्रकारको बोट; त्यसैको फल; कैथ।
12635 कपिध्वज ना. आफ्नो सेनाको चिह्नस्वरूप रथमा बाँदर भएको झन्डा टाँग्ने पुराण, महाभारत आदिमा वर्णित एक वीर योद्धा; अर्जुन।
12636 कपिल ना. १. विष्णुका चौबिस अवतारमध्ये एक मानिएका, साङ्ख्य दर्शनका प्रवर्तक एक मुनि।
12637 कपिल ना. २. अग्निको एक रूप।
12638 कपिल ना. ३. शिलाजित। वि.
12639 कपिल ना. ४. बाँदरको जस्तो रङ भएको; कैलो।
12640 कपिलमुनि ना. कपिल।
12641 कपिलवस्तु ना. १. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत लुम्बिनी अञ्चलको दक्षिणपश्चिमी भागमा पर्ने एक जिल्ला।
12642 कपिलवस्तु ना. २. हालको लुम्बिनी अञ्चलमा पर्ने एक प्राचीन सहर वा जनपद जहाँका राजा शुद्धोदनका पुत्रको रूपमा गौतम बुद्ध जन्मिएका थिए। (हालको तिलौराकोटलाई नै उक्त ठाउँ मानिएको छ )।
12643 कपिला ना. १. कैलो रङको गाई।
12644 कपिला ना. २. सुधी, दुधालु, सन्तानी वा गोताले गाई।
12645 कपी ना. १. प्रतिकृति; प्रतिलिपि; नकल।
12646 कपी ना. २. प्रति।
12647 कपी ना. ३. पाण्डुलिपि; हस्तलेख।
12648 कपी होल्डर ना. छापाखानामा कम्पोज भइसकेका लेख आदिलाई मुद्रित गर्नुभन्दा पूर्व अशुद्धि नहोस् भन्ने हेतुले गुरुकापीसँग भिडाई रुजु गर्न गुरुकापी स्पष्ट उच्चारणका साथ बाचेर प्रुफरिडरलाई सघाउने व्यक्ति; सहायक प्रुफरिडर।
12649 कपुत ना. १. खराब आचरण भएको छोरो; बदमास छोरो; कुपुत्र। वि.
12650 कपुत ना. २. फटाहा; दुष्ट; बदमास।