Dictionary

All Word

12451 कनपटी ना. कनपट।
12452 कनपारो ना. कनपट; कन्चट; कन्पारो।
12453 कनपास ना. हे. कन्चट।
12454 कनपासे वि. कन्चट उठेको व्यक्ति वा प्राणी।
12455 कनफट्टा ना. १. गोरक्ष मतानुयायी बाह्रपन्थी योगी।
12456 कनफट्टा ना. २. सन्न्यासी र जङ्गमसँग मिल्दोजुल्दो पर्वते वर्गको एक नेपाली जात; जोगी। वि.
12457 कनफट्टा ना. ३. कनचिरा; कनकटुवा।
12458 कनफुरा ना. प्रायः मोटा मानिसको च्यापुनेरि भुक्क उठेको मासु; गलफुलो।
12459 कनसिरी ना. १. कनपारोको सिराननेरको भाग; कन्चट; कन्सिरी।
12460 कनसिरी ना. २. कन्सिरीको भुत्ला वा रौँ।
12461 कनसुत्ली वि. कनसुत्ले (आईमाई)।
12462 कनसुत्ले वि. १. गोप्य किसिमले अर्काको कुरो सुन्ने स्वभावको (व्यक्ति)।
12463 कनसुत्ले वि. २. परोक्षमा अर्काको कुरा कसैलाई सुनाउने स्वभावको।
12464 कनसुत्लो ना. १. ठिक खजुराका झैँ धेरै खुट्टा हुने तर मसिनो लाम्चो आकारको किराविशेष; कनखजुरो। वि.
12465 कनसुत्लो ना. २. लुकीछिपी अर्काको गुप्त कुरा सुन्ने व्यक्ति; कनसुत्ले (कनसुत्लो लाग्नु, कनसुत्लो पस्नु आदि)।
12466 कनाइ ना. कन्ने क्रिया वा प्रक्रिया; ठसठस; परिश्रम।
12467 कनात ना. १. कुनै ठाउँमा चारैतिरबाट घेर्ने बाक्लो कपडा; भीत; सायर।
12468 कनात ना. २. पर्दा; छेकाबार।
12469 कनिनु अ.क्रि. कन्ने काम गरिनु।
12470 कनिका ना. कुट्दा खुँदिएर वा काटिएर बनेका चामलका मसिना टुक्रा।
12471 कनिका कनिकी ना. कनिका र सोसरहका चामलको राशि।
12472 कनिके वि. १. कनिकाजस्तो।
12473 कनिके वि. २. मसिनु (कुरो, कागुनो आदि)।
12474 कनिके वि. ३. गरिब; केही नभएको; माग्ने।
12475 कनिके कागुनो ना. मसिना दाना फल्ने एक जातको कागुनो।
12476 कनिके कुरो ना. कपडा आदिमा टाँसिने कुराको एक जात; चोर काँटी।
12477 कनिके जाउली ना. कनिकाको जाउलो।
12478 कनिके फूल ना. पात टाढाबाट हेर्दा सिस्नाको जस्तो र फूलचाहिँ झुप्पादार मसिनो हुने, बनमारा झारको एक प्रकार।
12479 कनिक्याउनु स. क्रि. कुटेर वा खँड्याएर धुल्याउनु; मसिन्याउनु; ढुट्याउनु।
12480 कनिष्ठ वि. १. सबभन्दा कम उमेरको कान्छो।
12481 कनिष्ठ वि. २. अल्प; तुच्छ।
12482 कनिष्ठता ना. कान्छोपना; अल्पता, तुच्छता।
12483 कनिष्ठिका ना. कान्छी औँलो, कान्छी औँली।
12484 कनिस्टर ना. तेल, घिउ, मटीतेल आदि हाल्ने टिनको भाँडो (चौथाइ, हाफटिन, ठुलो टिन आदि)।
12485 कनीकुथी क्रि.वि. सकीनसकी; बल्लतल्ल; कठिन किसिमले। (उदा.- कनीकुथी सुनाएको पुराण लोकप्रिय हुँदैन। )।
12486 कनीनिका ना. आँखाको पुतलीको केन्द्रीय भाग; नानी।
12487 कनुवा ना. एक सेरको सोह्रौँ भाग; एक पाउको चतुर्थांश; छटाक।
12488 कनेघडो ना. भ्रान्ति; भरङ्ग; अरेमरे।
12489 कनौज ना. आर्यावर्तको एक प्राचीन देश; कान्यकुज।
12490 कनौजिया वि. पञ्चमहागौड वर्गमा पर्ने ब्राह्मणहरूको एक कोटि; कान्यकुब्जीय।
12491 कनौटो ना. लोकविश्वासअनुसार कुकुरको झैँ स्वरूप हुने र यात्रीहरूको मार्गमा बाधा उत्पन्न गर्ने एक अनिष्टकारी काल्पनिक प्राणी।
12492 कनौती ना. पोल्टो, चुमान।
12493 कन्कन ना. गहनाका रूपमा वा धार्मिक चिह्नका रूपमा हातमा लाउने सुन, चाँदी, पत्थर, प्लास्टिक आदिको बाला; कङ्कण।
12494 कन्चट ना. कनपारोको माथिल्लो भाग; कन्सिरी।
12495 कन्चन वि. १. सफा; स्वच्छ।
12496 कन्चन वि. २. दोषरहित (कमाइ, धनसम्पत्ति आदि); नखत। (उदा.- यो मैले ठगेर कमाएको पैसा होइन, कन्चन धन हो।)।
12497 कन्चुस वि. हे. कन्जुस।
12498 कन्चुसी ना. कन्जुसी।
12499 कन्चुस्याइँ ना. कन्चुसपना; कन्जुस्याइँ।
12500 कन्जरभेटर ना. वनजङ्गलको सुरक्षा तथा संवर्द्धनका खटिने अधिकृत (फरेस्ट अफिसर)।