Dictionary

All Word

12351 कथन ना. १. भनाइ; भनाउ; बोली; वचन।
12352 कथन ना. २. उक्ति; भाषण।
12353 कथन ना. ३. तर्क; अभिव्यक्ति; वर्णन; बयान; विवरण।
12354 कथनीय वि. कथन गर्न योग्य, भन्न उचित।
12355 कथम् क्रि.वि. हे. कथङ्।
12356 कथमपि क्रि.वि. कुनै हालतमा पनि; कसै गरे पनि; कुनै उपायले पनि।
12357 कथयिता ना. कथन गर्ने व्यक्ति, कथ्ने; वक्ता।
12358 कथा ना. १. प्रबन्धात्मक रूपमा गद्यमा लेखिएको आख्यानात्मक लघु रचना; कहानी; गल्प।
12359 कथा ना. २. नाटक, उपन्यास, महाकाव्य आदिमा पाइने कथावस्तु; कथानक; कथासार।
12360 कथा ना. ३. चम्पूका रूपमा अथवा विशुद्ध गद्यमा लेखिएका आधुनिक कथा अथवा उपन्यासका पूर्वरूप मानिने विविध आकारप्रकारमा विभक्त आख्यानसाहित्यको पुरातन रूप; उपाख्यान; दन्तेकथा; आहान; किस्सा; कुथुङ्ग्री।
12361 कथा ना. ४. उक्ति; कथन; भनाइ।
12362 कथा ना. ५. नालीबेली; पुब्र्यौली; पुर्ख्यौली; इतिवृत्त; इतिहास।
12363 कथाइ ना. कथ्ने कार्य वा प्रक्रिया।
12364 कथाकथन ना. कथा सुन्ने, सुनाउने कार्यकलाप वा कथाको कताकति वाचन।
12365 कथाकुथुङ्ग्री ना. कथा वा त्यस्तै स्वभावको खास गरी लोककाव्य।
12366 कथानक ना. दृश्य र श्रव्य काव्य (नाटक, उपन्यास, कथा इ.) मा पाइने घटनाको पूर्वापरक्रम एवं चरित्रको तादात्म्य मिलेको कथावस्तु; कथासार।
12367 कथानक चलचित्र ना. कथानक भएको चलचित्र, फिचर फिल्म।
12368 कथानायक ना. कथा, उपन्यास, नाटक आदिको प्रमुख पात्र; नायक (तुल) अङ्. हिरो )।
12369 कथान्तर ना. एक कथाका बिचमा पसेको अर्को कथा; उपकथा; गर्भकथा।
12370 कथाप्रसङ्ग ना. १. कथा, उपन्यास आदिमा प्रसङ्गवश आउने विषय, वृत्तान्त।
12371 कथाप्रसङ्ग ना. २. आधिकारिक कथानकअन्तर्गत रहने प्रासङ्गिक कथानक।
12372 कथामुख ना. दृश्य वा श्रव्य काव्यका प्रस्तावना; कथाको प्रारम्भिक अंश।
12373 कथालिका ना. एक कथामा अर्को कथा जोडिँदै जाने शैलीको एक पुरातन आख्यान साहित्य; कथा।
12374 कथावस्तु ना. आख्यान साहित्यमा परस्पर श्रृङ्खलामा आधारित घटनावस्तु वा विषयवस्तु।
12375 कथावार्ता ना. १. दुई वा दुईभन्दा धेर व्यक्तिका बिचको प्रायः औपचारिक कुराकानी; गफ; गफगाफ; वार्तालाप; बातचित।
12376 कथावार्ता ना. २. पौराणिक आख्यान।
12377 कथित वि. १. भनिएको; वर्णन गरिएको; वर्णित; उल्लिखित।
12378 कथित वि. २. तोकिएको; भनाउँदो, भन्ने; उक्त। (उदा.- कथित व्यक्तिले व्यभिचार गरेको हो भन्ने साबिती बयान दिएकाले निजलाई कैद गरिएको छ। )।
12379 कथिनु क.क्रि. रचिनु; कथ्ने कार्य हुनु।
12380 कथुरे वि. कथुरो अर्थात् कस्तूरी मृगको झैँ रङ भएको (गोरु, बाछो आदि)। स्त्री. कथुरी।
12381 कथुरो ना. मुखमा दाह्रा हुने फुस्रो रङको ससानो गाँठीको कस्तूरी मृग।
12382 कथुऱ्याइ ना. कथुऱ्याउने क्रिया वा प्रक्रिया।
12383 कथुऱ्याइनु क.क्रि. कथुऱ्याउन लाइनु; कथुऱ्याउने पारिनु।
12384 कथुऱ्याउनु स. क्रि. १. यताउताका कुरा ल्याई ठिक्क पार्नु; कुरा कथ्नु; कुरा खेलाउनु।
12385 कथुऱ्याउनु स. क्रि. २. कुनै कामकुरामा कसैलाई अक्करमा पार्नु; अक्कऱ्याउनु।
12386 कथुवा वि . कथ्ने; कत्थक; कत्थके।
12387 कथुवी/ कथुवै ना. कत्थकी नारी।
12388 कथोद्घात ना. नाटकमा सूत्रधारका तर्फबाट कथा प्रारम्भ गर्नका निम्ति विभिन्न शैलीमा राखिने प्रस्ताव; प्रस्तावना।
12389 कथोपकथन ना. १. नाटक, कथा, उपन्यास आदिमा पात्रहरूका बिच हुने वार्तालाप वा संवाद।
12390 कथोपकथन ना. २. गफगाफ; कथावार्ता; कुराकानी।
12391 कथ्ने वि. कथुवा; कल्पनाकार; रचनाकार।
12392 कथ्य वि. १. बोलिने; भनिने; बोलचालको।
12393 कथ्य वि. २. बोल्न वा भन्न हुने
12394 कथ्य भाषा ना. (लेखिने भाषाको विपरीत) बोलीचालीको भाषा।
12395 कथ्य संस्कृत ना. भाषाशास्त्रीय अनुसन्धाताहरूका मतमा संस्कृत भाषा स्तरीकृत हुनुभन्दा पहिलेको बोलीचालीको संस्कृत भाषा, जसका विशेष सङ्केतहरू वैदिक वा पश्चवैदिक वाङ्मयमा अवशेषका रूपमा देखा पर्छन्।
12396 कद ना. शरीरको (खास गरी मान्छेको) उचाइ, अग्लाइ, मोटाइ आदिको समष्टिरूप; जिउडाल; डबल; डौल; डिलडौल।
12397 कदम १ ना. १. पाइलो; फट्को।
12398 कदम १ ना. २. तालिम पाएका घोडाको हिँडाइका प्रकारमध्ये केही विशेष प्रकार (छोटी कदम, बडी कदम)।
12399 कदम २ ना. लाम्चिला पात र बाटुला पहेँला गेडामा भकुन्डा आकारका साना फूल फुल्ने एक वृक्ष।
12400 कदम्ब ना. हे. कदमर।