Dictionary

All Word

12301 कताकति क्रि.वि. १. कुनै कुनै ठाउँमा मात्र; फाट्टफुट्ट; झल्याकझुलुक।
12302 कताकति क्रि.वि. २. नगण्य वा अस्पष्ट रूपमा (उदा.- कताकति उसलाई मैले देखेको हुँ कि जस्तो लाग्छ।)।
12303 कतार ना. १. पङ्क्ति; श्रेणी; ताँती; लाइन; लहर; लाम; लस्कर।
12304 कतार ना. २. ना. पर्सियाली खाडीको सानो मुस्लिम देश।
12305 कति वि. १. अमूर्त ( समय, दुरी इ.) र मूर्त (गनिने, जोखिने, भरिने, नापिने इ.) वस्तुको मात्रा; सङ्ख्या, परिमाण आदि बुझ्नका लागि गरिने प्रश्न (उदा.- कति मान्छे आयौ ? )। क्रि.वि.
12306 कति वि. २. कुनै गुण, भाव, कार्य वा प्रक्रियाको हद, सीमा, स्वभाव जान्नका लागि गरिने प्रश्न (उदा.- कति खायौ ? तिमी कति चाहन्छौ ? )।
12307 कति कति निपा. भनेर, गनेर वा बयान गरेर कहाँ सकिन्छ र भन्ने भाव व्यक्त गर्ने शब्द (उदा.- जीवनमा थोरै मोज गरियो र, थोरै ठाउँ डुलियो र ? कति कति ! )।
12308 कतिको क्रि.वि. / वि.बो. १. हे. कत्तिको। वि.
12309 कतिको क्रि.वि. / वि.बो. २. कति ( उमेर, नाप, परिमाण इ.) को; कति पर्ने।
12310 कति न कति वि. शून्य; केही नभएको; फुस्सा।
12311 कतिपय वि. १. जम्मै नभई केही मात्र।
12312 कतिपय वि. २. विभिन्न; विविध।
12313 कतुवा ना. १. चर्खाले झैँ धागो कात्ने र तोस्राले डोरी बाटे झैँ धागो बाट्ने हाते साधनविशेष। वि.
12314 कतुवा ना. २. कातेको धागो, डोरी, बत्ती इ.)।
12315 कतुवा धागो ना. ठुला यन्त्रबाहेक चर्खा, कतुवा आदि हाते यन्त्रले कातेको धागो।
12316 कतै क्रि.वि. १. कुनै (पनि) तर्फ; कुनैतर्फ पनि। (उदा.- मैले कतै पनि उसलाई भेटिनँ। )।
12317 कतै क्रि.वि. २. कुनै (पनि) ठाउँमा; कुनै ठाउँमा (पनि); कहीँ।
12318 कतै कतै क्रि.वि. १. कुनै कुनै ठाउँतर्फ; कुनै कुनै ठाउँमा।
12319 कतै कतै क्रि.वि. २. कताकति; फाट्टफुट्ट। वि. बो.
12320 कतै कतै क्रि.वि. ३. केटाकेटीलाई रुवाउनका लागि प्रयोग गरिने स्नेहपूर्ण शब्द; कठैकठै; बड; बडी।
12321 कत्तर ना. १. काठ, बाँस, नर्कट, सिउँटा आदिको लाम लगाएर बारेको बार।
12322 कत्तर ना. २. घर छाप्ने पातलो काठ; चिर्पट।
12323 कत्तल ना. मार्ने वा हत्या गर्ने काम; वध; हिंसा; हत्या।
12324 कत्ति क्रि.वि. १. अलिकति पनि; थोरै पनि (मात्रा, सङ्ख्यामा )।
12325 कत्ति क्रि.वि. २. ज्यादै; हदभन्दा धेर। (उदा.- कत्ति कराएको; कत्ति राम्रो अनुहार इ.)।
12326 कत्तिको क्रि.वि. १. कत्ति; धेरै; असाद्धे। वि. बो.
12327 कत्तिको क्रि.वि. २. पहिले भनेको नमान्ने र पछि धोका परेपछि चाहिँ अँध्यारो मुख लगाउने व्यक्तिलाई आड मर्ने गरी जवाफ दिँदा भनिने शब्द; खुच्चिङ; पाइस् कि त स्वाद (उदा.- पहिले भनेको नमान्दा कस्तो हुँदो रहेछ, खाइस् कि त अब, कत्तिको !)।
12328 कत्ती ना. खसी, राँगाहरू काट्ने ठुलो हतियार।
12329 कत्थक/कत्थकी/कत्थके वि. १. सिलोक, गीत, कथा आदि सहज रूपमा कथ्न सक्ने। ना.
12330 कत्थक/कत्थकी/कत्थके वि. २. त्यस्तो व्यक्ति।
12331 कत्था ना. पान, सुर्ती आदि नशावाल खाद्य पदार्थमा मिसाउन, मसी आदि बनाउन वा औषधी बनाउन प्रयोग गरिने खास प्रकारको रुखबाट निकालिने खोटी; खयर।
12332 कत्रनु स. क्रि. कचिया, कैँची, कतर्नु आदिले (कपाल, झार, घाँस, धानको बाला इ.) काट्नु।
12333 कत्राइ ना. कत्रने क्रिया वा प्रक्रिया।
12334 कत्राइनु क.क्रि. कत्रन लाइनु।
12335 कत्राउनु स. क्रि. कत्रन लगाउनु।
12336 कत्रिनु स. क्रि. हे. कत्रनु।
12337 कत्रो वि. १. केजत्रो; कोजत्रो।
12338 कत्रो वि. २. ठुलो; बडेमाको (उदा.- राम सानै होला भनेको कत्रो पो भएछ, ए !)।
12339 कत्ला ना. १. माछाको शरीरमा छालाको आवरणका रूपमा रहने पाप्राझैँ तर टलकदार पदार्थ।
12340 कत्ला ना. २. सालकको शरीरमा सर्वत्र बाहिरी आवरणका रूपमा हुने हाडे खबडाहरूमध्ये कुनै एक।
12341 कत्ला ना. ३. लुगा, शरीर आदिमा लागेको मैलो दाग।
12342 कत्ले वि. १. कत्ला भएको।
12343 कत्ले वि. २. फोहरी।
12344 कत्ले माछो ना. माछाको एक प्रसिद्ध जात।
12345 कत्लेआम ना. सार्वजनिक हत्या; सर्वसंहार।
12346 कथ्नु स. क्रि. १. कुरा बनाउनु वा खियाउनु; कुरा अजमाउनु; कल्पना गर्नु।
12347 कथ्नु स. क्रि. २. रचना गर्नु (कविता, कथा इ.)।
12348 कथङ् क्रि.वि. केही गरी; कथम्कदाचित् कथम्। (उदा.- कथङ् भोलि म आइपुगिनँ भने पनि तिमी नआत्तिनू। )।
12349 कथङ् कदाचित् क्रि.वि. कथङ्; कदाचित्। (उदा.- कथंकदाचित् म आइपुगिनँ भने तिमीले मेरो काम गरिदिनू। )।
12350 कथञ्चित् क्रि.वि. हे. कथङ्; कदाचित्।