Dictionary

All Word

13201 कर्म ना. ५. अङ्गुल वा मात्राको छ गुना बराबरको नापो; करपाद, अङ्ग वा रस बराबरको परिमाण; छ अङ्गुल।
13202 कर्मकर ना. १. नोकर; दास; कमारो; टहलुवा।
13203 कर्मकर ना. २. मजदुर; श्रमजीवी।
13204 कर्मकार ना. १. फलाम, सुन, आदिको काम गर्ने कालिगढ।
13205 कर्मकार ना. २. दास, करिया।
13206 कर्मकाण्ड ना. १. गृहस्थीले गर्नुपर्ने नित्य, नैमित्तिक र वैदिक तथा लौकिक कर्मसमूह।
13207 कर्मकाण्ड ना. २. षोडशसंस्कारको विधिविधान उल्लेख भएको हिन्दूशास्त्र; विवाह, व्रतबन्ध।
13208 कर्मकाण्ड ना. ३. जन्ममृत्यु आदि कर्मको विवेचन गरिएको वेदको एक खण्ड वा भाग।
13209 कर्मकाण्डी वि. कर्मकाण्ड गर्ने वा गराउने (व्यक्ति)।
13210 कर्मक्षेत्र ना. १. काम गर्ने ठाउँ; कार्यक्षेत्र; कर्मभूमि।
13211 कर्मक्षेत्र ना. २. संसार।
13212 कर्मचण्डाल वि. १. चण्डालको जस्तो नीच आचरण गर्ने; कर्मद्वारा चण्डालजस्तो भएको। ना.
13213 कर्मचण्डाल वि. २. खराब काम गर्ने व्यक्ति, माथिल्लो जात वा संस्कारमा जन्मेर पनि शूद्रवत् आचरण गर्ने नीच व्यक्ति।
13214 कर्मचाण्डाल ना. कर्मचण्डाल।
13215 कर्मचारी वि. १. अह्राएखटाएको काम गर्ने (व्यक्ति); कर्मिष्ठ। ना.
13216 कर्मचारी वि. २. सरकारी ओहदामा रहेको व्यक्ति; तलब खाएर काम गर्ने व्यक्ति; कामदार; कारिन्दा।
13217 कर्मचारीतन्त्र ना. कर्मचारीहरूबाट सञ्चालित शासनप्रणाली; नोकरशाही तन्त्र।
13218 कर्मचारी प्रशासन ना. आफ्ना मातहतका कर्मचारीहरूको सरुवाबढुवा र निवृत्ति आदिका व्यवस्थाको रेखदेखका साथै त्यस्तो काम गर्ने प्रणाली।
13219 कर्मचारी प्रशासन शाखा ना. कर्मचारीको नियुक्ति वा कार्यसम्बन्धी व्यवस्था, विवरण आदि राख्ने, हेर्ने सरकारी वा गैरसरकारी निकाय।
13220 कर्मचारी वृन्द ना. कर्मचारीहरूको समूह।
13221 कर्मठ वि. १. कुनै पनि काम दत्तचित्त भएर गर्ने; सधैँभरि ज्यान दिएर काममा लागिरहने; सक्रिय।
13222 कर्मठ वि. २. खट्न, काम गर्नमा सिपालु वा पोख्त; कार्यकुशल।
13223 कर्मणा क्रि.वि. कामअनुसार; कामले। (उदा.- मनसा, वाचा, कर्मणा सबैको हित चिताउनु हाम्रो कर्तव्य हो। )
13224 कर्मण्य वि. राम्रो र असल काममा दिलोज्यान दिएर खट्ने; कर्मनिष्ठ।
13225 कर्मण्यता कर्मण्य हुनुको भाव; कार्यतत्परता।
13226 कर्मधारय ना. विशेषण र विशेष्यको समास भई प्रायः उत्तरपदको अर्थ प्रधान हुने एक समास ( भलादमी, लालमोहर आदि।)।
13227 कर्मनिष्ठ वि. १. कुनै पनि काममा आत्मविश्वासका साथ लगनशील भई लाग्ने वा खट्ने; कर्मठ।
13228 कर्मनिष्ठ वि. २. नियमबमोजिम धार्मिक अनुष्ठान गर्ने; कर्मकाण्डी।
13229 कर्मपात्र ना. पूजाआजा, यज्ञ, होम आदि धार्मिक कार्यमा सङ्कल्प, विनियोग आदिका लागि मन्त्रपूर्वक कुश, जौ, तिल, अक्षता, जल, फूल आदि मिलाएर राखिएको भाँडो (तमौरा, अर्घ दुना कचौरा आदि।); तिलानी।
13230 कर्मप्रधान वि. व्याकरणअनुसार क्रियाद्वारा कर्मवत् भई क्रियाको लिङ्ग, वचन पनि कर्मकै अनुसार रहने ( प्रक्रिया, वाक्य इ.)।
13231 कर्मफल ना. सनातन धर्म वा धारणाअनुसार पूर्वजन्ममा गरिएको मानिने कर्महरूको फल वा जन्मजन्मान्तरको संस्कारबाट वर्तमान जुनीसम्म आएको शुभ वा अशुभ भोगभाग्य वा प्रारब्धको परिणाम।
13232 कर्मभूमि ना. १. धार्मिक मान्यताअनुसार यज्ञ, तप, अनुष्ठान आदि धार्मिक कर्म गर्नाका निम्तिको उचित भूमि; आर्यावर्त। (पुराणहरूले भारतवर्षलाई कर्मभूमि भनेका छन् )।
13233 कर्मभूमि ना. २. काम गर्ने स्थान; कर्मक्षेत्र।
13234 कर्मभूमि ना. ३. संसार।
13235 कर्मभोग ना. जन्मजन्मान्तरको शुभाशुभ कर्मको भोग; कर्मफलअनुसार पाइने सुखदुःख।
13236 कर्ममार्ग ना. १. वैदिक कर्मकाण्डका माध्यमबाट ईश्वरका सान्निध्यसम्म पुग्ने बाटो; यज्ञ, पूजा आदि धार्मिक अनुष्ठान। (ज्ञानमार्गभन्दा कर्ममार्गबाट सजिलै ईश्वरछेउ पुग्न सकिन्छ भनिन्छ।)
13237 कर्ममार्ग ना. २. भौतिक शरीरलाई धर्मको साधन सम्झेर रातदिन धार्मिक अनुष्ठान गरी परलोक सुधार्ने पद्धति; कर्मयोग।
13238 कर्मयोग ना. १. चित्तशुद्धि गर्ने शास्त्रविहित कर्म।
13239 कर्मयोग ना. २. सफलता र विफलताको वास्ता नराखी समान भावले गरिने शुभ कार्य; कुलपरम्परा र शास्त्रीय विधिविधानअनुसार कर्तव्य सम्झी गरिने आचरण। (गीतामा ज्ञानयोग, कर्मयोग र भक्तियोगको राम्रो वर्णन छ।)
13240 कर्मयोगी वि. १. कर्मयोगमा विश्वास राख्ने; परिणामनिरपेक्ष भएर कर्तव्यमा सरिक हुने।
13241 कर्मयोगी वि. २. निष्ठापूर्वक काममा लाग्ने।
13242 कर्मरेखा ना. पूर्वजन्मको शुभअशुभ कर्मअनुसार बनेको वा भाग्यसूचक मानिने शरीरका अङ्ग (हात, पैताला आदि) मा कोरिएका रेखा वा धर्का; हस्तरेखा।
13243 कर्मवाच्य ना. १. व्याकरणअनुसार तीन वाच्य कर्तृ, कर्म र भावमध्ये एक; वाक्यको बनोटमा क्रियाद्वारा प्रत्यक्षतः कर्म सम्बन्धित हुने पदयोजना।
13244 कर्मवाच्य ना. २. कर्म मुख्य भई कर्मअनुसार क्रियापद हने समासविशेष।
13245 कर्मवाद ना. दर्शनशास्त्रअनुसार शुभ वा अशुभ कर्मको फल अवश्य भोग्नुपर्छ भन्ने सिद्धान्त; कर्ममा विश्वास गर्ने वाद।
13246 कर्मवादी वि. कर्मवादमा विश्वास राख्ने; कर्मवादको अनुयायी।
13247 कर्मविपाक ना. १. पूर्वजन्ममा गरिएका शुभ र अशुभ कर्मअनुसार भएको मानिने असल वा खराब फल।
13248 कर्मविपाक ना. २. जन्म जन्मान्तरका संस्कारको भोगाइ।
13249 कर्मवीर वि. १. साहसिलो वा उल्लेखनीय काम गर्नाले वीर कहलाएको; काममा साह्रै खट्ने।
13250 कर्मवीर वि. २. कुनै विघ्नवाधाको परवाह नगरी कर्तव्यपालनमा अटल रहने।