Dictionary

All Word

13351 कल पर्नु अ. क्रि./ टु. मन पर्नु; चाखलाग्दो हुनु।
13352 कलबिख ना. १. कर्कलाका आकारको लाम्चो पात हुने, निलो फूल फुल्ने र कालो फल लाग्ने बिखालु एक वनस्पति। वि.
13353 कलबिख ना. २. खानै नसकिने खालको तितो; ज्यादै तितो।
13354 कलभ ना. १. हात्तीको बच्चो; छावा।
13355 कलभ ना. २. उँटको बच्चो; उल्लु।
13356 कलभर्ट ना. खोल्साखाल्सीमा ह्युम पाइप जडी वा ढलान गरी बनाइएको पानी जाने ढल; सानो खालको पुल; पुलेसो।
13357 कलम १ ना. १. स्याहास्रेस्तामा जनाइएका रकमहरूको कित्ता वा खण्ड।
13358 कलम १ ना. २. पत्रपत्रिका वा पुस्तकका पानाका हरफहरूको ठाडो लहर; स्तम्भ।
13359 कलम २ ना. १. जमिनमा वा अर्को रुखमा सार्नका लागि कुनै रुखको हाँगो काट्ने काम; हाँगालाई बिरुवाका रूपमा परिणत गर्ने विधि; बिरुवा, हाँगा आदिबाट सर्ने बिरुवा निकाल्ने वा छाँट्ने काम।
13360 कलम ३ ना. १. बाँस, निगालो वा धातुबाट बनेको लेख्ने साधन; लेखनी।
13361 कलम ३ ना. २. धानको नलजस्तो भित्र प्वाल परेको डाँठ हुने सानो बाँस; एक जातको निगालो, सर।
13362 कलम ३ ना. ३. असारमा रोपेर मङ्सिरमा पाक्ने एक जातको धान।
13363 कलम ३ ना. ४. तस्बिर बनाउने हाते कुची; चित्र लेख्ने साधन।
13364 कलमजीवी वि. १. कलमकै भरमा परिश्रम गरेर जीविका चलाउने; लेखनवृत्तिका आडमा बाँच्ने; लेखक।
13365 कलमदान/दानी ना. कलमको सुरक्षाका लागि टुप्पोपट्टिबाट घुसार्ने ढुङ्ग्रोको आकारको भाँडो; कलमदाप।
13366 कलमदाप ना. कलमदान / कलमदानी।
13367 कलमनाम ना. सामान्य व्यवहारमा चल्ती गरिनेभन्दा भिन्न नाम; लेखरचनामा कहिलेकाहीँ प्रयोग गरिने छद्मनाम; फुल नाम; उपनाम।
13368 कलमबाज वि. १. लेख्ने पेसा अँगालेको; कलमजीवी।
13369 कलमबाज वि. २. वादीप्रतिवादी लेख्न र स्याहास्रेस्ता मिलाउनमा पोख्त।
13370 कलम हडताल ना. सम्बन्धित उच्च निकायका सामु आफ्ना मागहरू राखी कर्मचारीहरूले कार्यालयमा हाजिर भएर पनि तोकिएको काम नगर्ने एक प्रकारको हडताल; हाजिर भएर पनि लेखपढको काम नगर्ने जिद्दी।
13371 कलमी वि. १. कलम काटेर सारेको; कलम बनाइएको।
13372 कलमी वि. २. कलम सारेको बोटमा फलेको।
13373 कलमी वि. ३. हाँगा काटेर वा छाँटेर सारिएको (फलफूल आदि)।
13374 कलमी वि. ४. लेख्न जान्ने; कलमजीवी।
13375 कलमी सोडा ना. सुँगुरको मूतबाट बन्ने एक प्रकारको सोडा; विस्फोटक पदार्थ बनाउन सकिने र औषधीमा पनि प्रयोग गरिने सोडा।
13376 कलमुखा वि. १. कालो अनुहार भएको; अँध्यारमुखे; घोसे।
13377 कलमुखा वि. २. मुखाले; दुर्मुखा।
13378 कलर ना. १. कोट, कमिज आदिको घाँटीमा फर्काइने कठालो।
13379 कलर ना. २. कुकुरको घाँटीमा बाँध्ने छाला आदिको पेटी।
13380 कलरव ना. १. मिठो र सुरिलो आवाज; कोमल र मधुर ध्वनि।
13381 कलरव ना. २. परेवाहरूको सामूहिक आवाज।
13382 कलल ना. गर्भाशयभित्र प्रविष्ट शुक्र र रजको सम्मिश्रण हुने थलथले अवस्थाको गर्भ वा भ्रूण; पहिलो रातको गर्भ।
13383 कलवार ना. १. नेपालको तराई भागमा रहने एक जाति।
13384 कलवार ना. २. रक्सी पार्ने र बेच्ने मानिस; भट्टीवाल। स्त्री. कलवार्नी।
13385 कलश ना. १. बिहानबेलुका पानी भरेर राखिने जलपात्र; गाग्रो; घैँटो।
13386 कलश ना. २. पूजाआजामा वरुण, नवग्रह आदि देवताको आवाहन गर्न स्थापना गरिने जलपूर्ण घडा; तामाको जलपात्र।
13387 कलश ना. ३. मन्दिरको गजुर।
13388 कलश ना. ४. विवाहमा सगुनका निम्ति अघि लाएर हिँडाइने, विशेष सजिसजाउ पारिएको, मन्दिरका आकारको मङ्गलपात्र।
13389 कलसाउँदो/कलसौँदो वि. अनुहारमा अलि अलि कालो रोगन भएको; कालो अनुहारको; कालो कालो वर्णको जिउ भएको।
13390 कलस्यौली विवाह आदि मङ्गलकार्यमा सगुनका रूपमा विशेष किसिमले सजाइएको कलश बोकेर जन्तीमा बेहुलाबेहुलीका अगाडि हिँड्ने कन्या वा सधवा स्त्री।
13391 कलहंस ना. १. मानसरोवर आदि तलाउमा मधुर आवाज निकाल्दै खेल्ने हाँस; रजहाँस; राजहंश।
13392 कलहंस ना. २. हाँस।
13393 कलह ना. पक्षविपक्षका बिच कुनै कुरा वा विषयमा हुने भनाभन; परस्परको भनावैरी; बाझाबाझ।
13394 कलहप्रिय वि. झगडा गर्ने स्वभावको; झगडालु।
13395 कलहान्तरिता ना. पहिले कलहद्वारा पतिको अवहेलना गरेर पछि पछुताउने नायिका; नायिकाका दश भेदमध्ये एक।
13396 कलही वि. झगडा गर्ने स्वभावको; बाझ्ने; कलहप्रिय।
13397 कलाँट ना. प्रायः विवाह आदि मङ्गलकार्यमा बजाइने सनईजस्तो एक बाजा।
13398 कला ना. १. कुनै पनि काम राम्रोसित गर्ने सिप, कौशल आदि व्यवहारोपयोगी चौसट्ठी कला। जस्तै- गायन, वादन, नर्तन, नाट्य, चित्रकारी, विशेषकच्छेद्य (टीकाटाला गर्नु), तण्डुलकुसुमावलि (चामलका दानाले फूलबुट्टा बनाउनु), पुष्पास्तरण (फूलैफूलको श्रृङ्गार रच्तु), अङ्गराग ( बुकुवा, पाउडर आदि लगाउनु), मणिभूमिका कर्म (घर सजाउनु), शयनरचना (बिछ्याउना सजाउनु), उदकवाद्य (जलतरङ्ग बजाउनु), उदकाघात (पचका हान्नु), चित्रायोग (उमेर वा अवस्था परिवर्तन), माल्यग्रन्थन (माला गाँस्नु), केशशेखरापीड ( कपालमा फूल सजाउनु), नेपथ्ययोग (पोसाक फेर्नु), कर्णपत्रभङ्ग (ढुङ्ग्री, काँटा आदि लगाउनु), गन्धयुक्ति (अत्तर आदि लगाउनु), अलङ्कार योग ( गहना पहिरनु), ऐन्द्रजाल (चटक गर्नु), कौचुमार योग (रूपरचना), हस्तलाघव (हल्का हातले चाँडो काम गर्नु), सूपकर्म ( खाना पकाउने काम), पानकादि भोजन (सर्बत आदि बनाउनु ), सूचिकर्म (सिलाइको काम), सूत्रक्रिया (धागो, बत्ती आदि कात्नु), वीणाडमरुवाद्य (सितार, तबला आदि बजाउनु), प्रहेलिका (जान्ने - गाउँखाने कविता, कथा रच्नु), प्रतिमाला ( अन्त्याक्षरी मिलाएर श्लोक भन्नु), दुर्वाचकयोग (कठिन पदहरूको अर्थ गर्नु), पुस्तकवाचन (राम्रोसित पुस्तक पढ्नु), नाट्यकला ( हाउभाउ झिकेर नाटकहरू खेल्नु/खेलाउनु), समस्यापूर्ति (एक पाउमा अरू पाउ थपेर श्लोक पूरा गर्नु), पट्टिकाबाण विकल्प (मेच, कुर्सी आदि बनाउनु), तक्षकर्म (काठको मरमती काम), तक्षण ( सिकर्मी काम), वास्तुकर्म (घर आदि बनाउने काम), रूप्यरत्न परीक्षा (सुनचाँदीको काम), धातुकर्म, मणिरागज्ञान ( जुहारती काम), आकरज्ञान (खनिजविद्या), वृक्षायुर्वेदयोग (बगैँचा बनाउने काम), सजीवद्यूत (चरा, भेडा आदि लडाउने काम), शुकसारिका प्रलापन (सुगा, मैना पालेर पढाउनु), उत्सादन (तेल मालिस गर्ने काम), अक्षरमुष्टिका कथन (साङ्केतिक शब्द वा अक्षरबाट कुरा गर्नु), म्लेच्छितविकल्प (विदेशी भाषाहरू जान्नु ), देशभाषाज्ञान ( देशका विभिन्न भाषा जान्नु), पुष्पशकटिका निमित्तज्ञान (प्राकृतिक लक्षणद्वारा शुभाशुभ कुरा जान्नु), यन्त्रमातृका ( जन्तरमन्तर गर्नु), धारणमातृका (रक्षाबुटी बाँध्ने काम), सम्पाठ्य (अर्काले पढेको सुनेर त्यस्तै पढ्नु), मानसीव्यक्रिया (कविता, काव्य आदि रच्दै सुनाउनु), अभिधानकोश छन्दोज्ञान ( शब्दकोश र छन्दका लयहरू जान्नु), क्रियाविकल्प (क्रियाको प्रभाव बदल्नु ) छलितयोग ( ठगी वा ऐयारी गर्नु), वस्त्रगोपन (लत्ताकपडाको हिफाजत), द्यूतक्रीडा (जुवा), आकर्षकक्रीडा (पासा, बुद्धिचाल आदि खेल), बालक्रीडन (केटाकेटीको खेल), वैनायिकी (नम्रता, शिष्टाचार), वैतालिकी (हात्ती, घोडा आदि सधाउनु), वैजयिकी ( लडाइँ, कुस्ती, कसरत आदि)]।
13399 कला ना. २. वास्तु, मूर्ति, चित्र, सङ्गीत, साहित्य आदि ललित कला वा विद्या।
13400 कला ना. ३. कुनै काम प्रशंसित तथा आकर्षक रूपमा गर्ने ढङ्ग;, जुक्ति।