Dictionary

All Word

1451 अदालती वि. १. अदालतसम्बन्धी; अदालतको।
1452 अदालती वि. २. अदालतमा काम गर्ने।
1453 अदालती वि. ३. मुद्दा लड्ने वा लडाउने; झेली।
1454 अदालती जाँच ना. अदालतले कानुनअनुसार आवश्यक जाँचबुझ गर्ने काम; अदालतका कर्मचारीद्वारा कानुनका आधारमा नियमपूर्वक गरिने जाँचबुझ।
1455 अदालती बन्दोबस्त ना. न्यायपालिकाको प्रशासनिक व्यवस्था; न्यायपालिकाको प्रशासनिक व्यवस्थाका निम्ति मुलुकी ऐनमा व्यवस्था भएको एक खण्ड।
1456 अदालती लिखत ना. अदालतमा पेस भएका फिरादपत्र, प्रतिउत्तरपत्र आदि कागजात।
1457 अदिति ना. पुराण आदि अनुसार कश्यप ॠषिकी पत्नी; देवता वा आदित्यकी माता।
1458 अदीक्षित वि. दीक्षा नलिएको; दीक्षा प्राप्त नगरेको।
1459 अदुवा ना. १. झन्डै बेसारको जस्तो बोट र पात भई भुईंमनि पिरा गाना फल्ने एक वनस्पति।
1460 अदुवा ना. २. मसला वा औषधिका प्रयोगमा आउने उक्त गानु।
1461 अदुवापाने वि. गोडाका सबै औँला बुढी औँलातिर र बुढी औँलाचाहिँ भित्रतिर फर्केको (खुट्टा, मान्छे आदि); अदुवाको पानाजस्तो।
1462 अदूरदर्शिता ना. अदूरदर्शी हुनाको गुण, स्वभाव वा स्थिति।
1463 अदूरदर्शी वि. १. टाढा नहेर्ने वा नदेख्ने; नजिकको कुरा मात्र देख्ने वा हेर्ने; अल्पदर्शी।
1464 अदूरदर्शी वि. २. पछिको सोचविचार नगर्ने, भविष्यको कुरा नसोच्ने; तत्कालको फाइदा मात्र विचार गर्ने।
1465 अदूरदर्शी वि. ३. पृष्ठभूमि वा परिणामबारे ध्यान नदिने।
1466 अदूरदर्शी वि. ४. सोचसमझ नभएको; स्थूलबुद्धि।
1467 अदूषित वि. १. दोष नभएको; निर्दोष।
1468 अदूषित वि. २. चोखो; शुद्ध; पवित्र।
1469 अदृश्य वि. १. नदेखिने; आँखाको पहुँच वा दृष्टिभन्दा परको।
1470 अदृश्य वि. २. अगोचर; पञ्च इन्द्रियले ज्ञान गर्न नसकिने।
1471 अदृश्य वि. ३. लोप भएको वा लुप्त; हराएको; गायब, अन्तर्ध्यान भएको।
1472 अदृश्य वि. ४. अप्रत्यक्ष; परोक्ष।
1473 अदृश्य वि. ५. दैवी; ईश्वरीय।
1474 अदृष्ट वि. १. नदेखिएको; देखा नपरेको; आँखाका अगाडि नपरेको वा नरहेको।
1475 अदृष्ट वि. २. नदेखिने भएको; लुप्त; गुप्त; गायब।
1476 अदृष्ट वि. ३. अन्तर्निहित रहेको वा भएको; अन्तर्ध्यान भएको। ना.
1477 अदृष्ट वि. ४. भाग्य; प्रारब्ध; नियति।
1478 अदृष्ट वि. ५. जन्मान्तरको वासना; पूर्वजन्मको संस्कार।
1479 अदृष्ट वि. ६. धर्मअधर्म; पापपुण्य।
1480 अदृष्टपूर्व वि. पहिले कहिल्यै नदेखिएको वा नभेटिएको; अभूतपूर्व; अनौठो; विचित्र; विलक्षण; अचम्मको; आश्चर्यजनक; विस्मयकारी।
1481 अदृष्टफल ना. पाप अथवा पुण्यको भावी परोक्ष फल; जन्मान्तरका कर्मको परिणाम ।
1482 अदृष्टवाद ना. खँदिला तर्क वा प्रत्यक्ष प्रमाणविना दैव, प्रारब्ध, परलोक, जन्मान्तर आदि परोक्ष कुरा मान्ने र त्यसको प्रतिपादन गर्ने सिद्धान्त; जन्मान्तरका अदृष्ट कर्मको फल मान्ने सिद्धान्त; भाग्यवाद; प्रारब्धवाद; नियतिवाद।
1483 अदृष्टवादी वि. अदृष्टवादलाई मान्ने; प्रारब्धवादी; भाग्यवादी; नियतिवादी; परलोकवादी; जन्मान्तरवादी।
1484 अदेख वि. १. नदेखिएको; अप्रत्यक्ष; परोक्ष। ना.
1485 अदेख वि. २. नदेखिने ठाउँ; अदृष्ट स्थल।
1486 अदेख वि. ३. हिँड्ने बाटामा नपरी ओल्टेकोल्टे परेको ठाउँ; झट्ट आँखा नपर्ने ठाउँ।
1487 अदेख वि. ४. अनुपस्थिति; आफू नभएको अवस्था।
1488 अदेख वि. ५. बुद्धि वा चेतले नभेटेको स्थिति।
1489 अदेख वि. ६. उपेक्षा।
1490 अदेखा वि. १. नदेखेको।
1491 अदेखा वि. २. प्रकाशमा नआएको।
1492 अदेखा वि. ३. गोप्य; लुकेको।
1493 अदेय वि. दिन नसकिने वा नहुने; दिन लायक नभएको; दिन अयोग्य। (उदा.- दानी व्यक्तिहरूका निम्ति कुनै पनि चिज अदेय हुँदैन- राजा शिविले आफ्ना अङ्गको मासु पनि बाजलाई दान दिएथे।)
1494 अदौरी ना. मस्यौरा जस्तै वस्तु।
1495 अद्भुत वि. १. उदेकलाग्दो; आश्चर्यजनक; अजीवको; विलक्षण; अनौठो; विचित्रको। ना.
1496 अद्भुत वि. २. आश्चर्य; अनौठो कुरो।
1497 अद्भुत वि. ३. नवरसमध्ये आश्चर्य स्थायीभाव, रोमाञ्च आदि अनुभाव, वितर्क, हर्ष आदि व्यभिचारी भाव र विस्मय स्थायी भावको सम्बन्धबाट उत्पन्न हुने एक रस।
1498 अद्भुतोपमा ना. उपमेयमा भएका गुणहरू उपमानमा पनि असम्भव भएको रूपमा वर्णन गरिने एक अलङ्कार; उपमा अलङ्कारको एक भेद।
1499 अद्य क्रि.वि. आजको दिन; यो दिन; आज।
1500 अद्यतन वि. १. आजको; आधुनिक; आजका दिनको।