Dictionary

All Word

1551 अधबेसुरो/अधबेस्रो वि. १. कथ्य. अदबेस्रो। पूरा होस नभएको; आधा चेत ठेगानामा नभएको।
1552 अधबेसुरो/अधबेस्रो वि. २. गोज्याङ्ग्रो; लठेब्रो।
1553 अधबेसुरो/अधबेस्रो वि. ३. हुस्सु; लन्ठ।
1554 अधबैँसे वि. आधा उमेर ढल्केको; बुढौतीतिर जान लागेको; तन्देरी अवस्था बितिसकेको; अर्धवयस्क।
1555 अधम वि. १. नीच; निकृष्ट।
1556 अधम वि. २. खराब; तल्ला तहको।
1557 अधम वि. ३. क्षुद्र; दुष्ट।
1558 अधमता ना. अधमको गुण वा भाव; नीचता।
1559 अधमरा ना. गाउँ र बेसीका बिचको जमिन वा ठाउँ; आदमारा।
1560 अधमरो वि. मर्नु र बाँच्नुको दोसाँधमा परेको; आधा मरेको; अर्धमृत।
1561 अधमाङ्गुल ना. छ जौ बराबरको नापो; पौने इन्चको नापो।
1562 अधर ना. १. तल्लो ओठ; ओठ। वि.
1563 अधर ना. २. उँधोतिरको; तल्लो।
1564 अधरपान ना. ओठको चुम्बन; ओठमा म्वाइँ खाने काम।
1565 अधरामृत ना. प्रेमी वा प्रेमिकाको ओठको चुम्बनबाट पैदा हुने मधुर स्वाद।
1566 अधरासव ना. प्रेमी वा प्रेमिकाका परस्परको चुम्बनमा प्राप्त हुने ओठको रसरूपी मदिरा; अधरामृत।
1567 अधरोष्ठ ना. तल्लो ओठ; अधर।
1568 अधर्म ना. १. धर्मको विपरीत कार्य; पाप; कुकर्म।
1569 अधर्म ना. २. शास्त्रले निषेध गरेको कर्म।
1570 अधर्म ना. ३. अन्याय; कुकृत्य; दुष्कर्म।
1571 अधर्मी वि. १. धर्म नभएको; खराब आचार भएको।
1572 अधर्मी वि. २. पापी; कुकर्मी।
1573 अधर्मी वि. ३. अत्याचारी।
1574 अधस्थ वि. १. तलतिर रहेको वा राखिएको।
1575 अधस्थ वि. २. तल्लो श्रेणी वा दर्जाको; निम्न कोटिको; चुत्थो।
1576 अधा वि. १. कपालको आधा भाग दुखेको। ना.
1577 अधा वि. २. अधकपाली रोग।
1578 अधातु ना. १. धातुबाहेक अरू वस्तु।
1579 अधातु ना. २. नराम्रो धातु; कुधातु। वि.
1580 अधातु ना. ३. नराम्रो धातुबाट तयार भएको। ना.
1581 अधातु ना. ४. क्रियापदबाहेकका व्याकरणात्मक कोटि।
1582 अधारी ना. श्लोकको आधा भाग; आधा श्लोक ।
1583 अधार्मिक वि. धार्मिक नभएको; अधर्मी।
1584 अधालो ना. खेतको आधा भाग; आधा खेत।
1585 अधि उप. उच्च, माथि, ज्यादा, बढी आदि अर्थ दिने गरी मूल शब्दको आरम्भमा जोडिएर नयाँ शब्द निर्माण गर्ने उपसर्ग (अधिपति, अधिकार, अधिमास, अधिग्रहण इ.)।
1586 अधिक वि. १. धेरै; ज्यादा; बढ्ता।
1587 अधिक वि. २. अतिरिक्त; अवशिष्ट; शेष। ना.
1588 अधिक वि. ३. आधारभन्दा आधेयको बढ्ता वर्णन गर्दा हुने एक अर्थालङ्कार। (उदा.- आकाश पनि नाघेर कीर्ति चौतर्फ बढ्दछ।)
1589 अधिककोण ना. नब्बे डिग्रीभन्दा बढी र एकसय असी डिग्रीभन्दा कमको कोण; समकोणभन्दा ठुलो र बृहत् कोणभन्दा सानो कोण।
1590 अधिक तद्रूपक ना. उपमेयको अपेक्षा उपमानको अधिक गुण भएको व्यञ्जित हुने गरी उपमेयमा आरोप गरिँदा हुने एक अर्थालङ्कार।
1591 अधिकतम वि. १. कुनै पनि कुरामा सबभन्दा ठुलो; सबभन्दा बढी (सङ्ख्या, परिमाण, नाप, विस्तार आदि )।
1592 अधिकतम वि. २. ठुलो बहुमतमा भएको।
1593 अधिकतम वि. ३. सबभन्दा माथिको। क्रि.वि.
1594 अधिकतम वि. ४. ज्यादाभन्दा ज्यादा।
1595 अधिकतर क्रि.वि. १. ज्यादाजसो; प्रायशः; सामान्यतः। वि.
1596 अधिकतर क्रि.वि. २. ज्यादा; बढी; धेर।
1597 अधिक बीजकीकरण ना. पर्नेभन्दा निकै बढी मोल राखी लेखिएको बीजकका साथ वस्तु निकासी वा पैठारी गर्ने काम (उदा.- केही व्यापारीहरूले गलैँचा निकासी गर्दा अधिक बीजकीकरण गरी सरकारलाई ठुलो घाटा पारे।)।
1598 अधिक भुक्तानी ना. अधिकर्षण।
1599 अधिकमास ना. हरेक तीन वर्षमा आउने, दुई औँसीका बिचमा सङ्क्रान्ति नपर्ने महिना; एक वर्षमा बाह्र महिनाभन्दा बढी हुने महिना; मलमास; पुरुषोत्तम महिना; अधिमास।
1600 अधिकर ना. निर्धारित रकमभन्दा बढी थपिएको शुल्क वा तिरो; अतिरिक्त कर।