Dictionary

All Word

1651 अधिग्रहण ना. १. कसैको हकदैयामा रहेको जग्गाजमिन, घर आदि सम्पत्ति कानुनी तरिकाले तोकिएको क्षतिपूर्ति दिई सार्वजनिक प्रयोजनका निम्ति सरकारद्वारा कब्जामा लिने काम; अधिकरण।
1652 अधिग्रहण ना. २. हावाले पानीको बाफ लिने क्रिया।
1653 अधिग्राहक ना. १. वैधानिक तवरबाट कुनै वस्तु पाउने अधिकार भएको व्यक्ति; कुनै वस्तुको प्राप्तिको अधिकारी।
1654 अधिग्राहक ना. २. अधिग्रहण गर्ने अधिकारी | वि.
1655 अधिग्राहक ना. ३. अधिग्रहण गर्ने।
1656 अधिग्रो ना. समय नपुगी केही महिनामा नै तुहेको गर्भ; तुहेत्रो; अधिक्रो।
1657 अधितिनु अ.क्रि. १. हलुङ्गो हुनु; भाररहित हुनु।
1658 अधितिनु अ.क्रि. २. बतासिनु।
1659 अधितिनु अ.क्रि. ३. पातलो हुनु; पन्यालिनु।
1660 अधितो वि. धितपत्यार नभएको; भर पर्न नसकिने; लफङ्गो।
1661 अधित्यका ना. १. पहाडमाथिको सम्म परेको जमिन।
1662 अधित्यका ना. २. लेकको समथर जमिन।
1663 अधित्यका ना. ३. लेक।
1664 अधित्याइँ ना. अधितो हुने काम; लकपकाउने स्वभाव।
1665 अधिदेय ना. सरकारी कामले गरिने यात्राको व्यय, घरभाडा आदिका सम्बन्धमा र कुनै अतिरिक्त कामका निम्ति पनि सरकारी कर्मचारीलाई दिइने निश्चित रकम वा भत्ता।
1666 अधिदेव/अधिदेवता ना. १. देवताहरूमध्ये आफूले सबभन्दा ठुलो वा बढ्ता मानेको देवता; ठुला देवता; देवाधिदेव।
1667 अधिदेव/अधिदेवता ना. २. कुनै स्थान, वस्तु वा कार्यका अधिष्ठाता, स्वामी वा रक्षक मानिएका देवता।
1668 अधिदेव/अधिदेवता ना. ३. इष्टदेव; कुलदेवता।
1669 अधिनायक ना. १. सबै कुराको अधिकार पाएको व्यक्ति; स्वामी।
1670 अधिनायक ना. २. खास गरी सरकारमा निरङ्कुश रूपले अधिकार प्रयोग गर्ने व्यक्ति।
1671 अधिनायक ना. ३. दमन र अत्याचारपूर्वक आफ्नो सम्पूर्ण अधिकार प्रयोग गर्ने शासक; तानाशाह ।
1672 अधिनायक तन्त्र ना. कुनै व्यक्ति वा व्यक्तिसमूह अधिनायक बनी सञ्चालन गरेको राज्यव्यवस्था वा सो व्यवस्थासम्बन्धी सिद्धान्त।
1673 अधिनायकत्व ना. कुनै छेकथुनविना पूर्ण रूपले गरिने अधिकारको प्रयोग; सर्वोच्च नेतृत्व; अधिनायक हुनाका भाव वा गुण।
1674 अधिनायकवाद ना. अधिनायकतन्त्र ।
1675 अधिनायकवादी वि. अधिनायकवादको अनुयायी; अधिनायकवादप्रति विश्वस्त।
1676 अधिनायकी ना. अधिनायकको अधिकार ।
1677 अधिनियम ना. मुख्य नियमभित्र खास व्यवस्था वा प्रबन्धका निम्ति बनाइएको विशेष नियम।
1678 अधिनियमन ना. १. अधिनियम बनाउने कार्य।
1679 अधिनियमन ना. २. संसद्, सङ्घ वा संस्था आदिद्वारा लागु गरिने विधान।
1680 अधिनियमित वि. अधिनियमद्वारा सञ्चालित; अधिनियमसम्मत।
1681 अधिनिष्कासन ना. नियमकानुनको आधारमा कसैलाई उसको घर, जग्गाजमिन आदिबाट निकाल्ने कार्य; बेदखली।
1682 अधिप ना. १. स्वामी; मालिक।
1683 अधिप ना. २. राजा।
1684 अधिप ना. ३. ईश्वर।
1685 अधिपति ना. १. कुनै वस्तु, जमिन, धन आदिको स्वामी वा मालिक।
1686 अधिपति ना. २. राजा।
1687 अधिपति ना. ३. कुनै कार्य, विभाग, विषय आदिको मुख्य अधिकारी।
1688 अधिपत्र ना. माथिल्ला तहको कार्यालयद्वारा तल्ला तहका कार्यालयलाई विशेष काम गर्न दिइएको आदेशपत्र; परिपत्र।
1689 अधिभार ना. १. विशेष परिस्थितिमा वा विशेष कामका निम्ति सामान्य कर वा शुल्कका अतिरिक्त लगाइएको कर; शुल्क आदिको थप भार।
1690 अधिभार ना. २. ज्यादै बढी मात्रामा लादिएको बोझ।
1691 अधिमास ना. हे. अधिकमास।
1692 अधिमूल्य ना. १. कुनै मालसामानको विशेष परिस्थितिमा हुने वा लिइने बढी मोल; विशेष मोल।
1693 अधिमूल्य ना. २. बढ्न गएको मोल।
1694 अधिमूल्यन ना. १. कुनै वस्तु वा मुद्राको सामान्यभन्दा बढ्न गएको मूल्य; मूल्य वृद्धि गर्ने काम।
1695 अधिमूल्यन ना. २. मूल्यको आधारमा गरिने काम।
1696 अधिमूल्यन ना. ३. दैनिक उपभोगका वस्तुको बजारभाउमा वृद्धि देखा पर्ने काम; महँगीको वृद्धि।
1697 अधियथार्थवाद ना. हे. अतियथार्थवाद ।
1698 अधियाँ/अधिया ना. जग्गाजमिनमा हुने उब्जा मोही र तल्सिङमा आधा आधा गरी बाँड्ने चलन; बटैयादारी; बटैया।
1699 अधियाँ/अधियादार ना. अधियाँमा जग्गा कमाउने किसान; बटैयादार; बटैदार।
1700 अधियाँ/अधियादारी ना. अधिया प्रथा।