Dictionary

All Word

1601 अधिकरण ना. १. व्याकरणका अनुसार सप्तमी विभक्ति (मा, माथि इ.) ले प्रतिनिधित्व गरेको कारक।
1602 अधिकरण ना. २. कुनै सिद्धान्तको विवेचना गर्दा अँगालिने विषय, संशय, पूर्वपक्ष, उत्तरपक्ष र निर्णय भएको प्रकरण।
1603 अधिकरण ना. ३. प्रकरण वा शीर्षक।
1604 अधिकरण ना. ४. न्याय गर्ने संस्था; अदालत; न्यायालय।
1605 अधिकरण ना. ५. सरकारले कानुनबमोजिम कसैको सम्पत्तिउपर कायम गर्ने अधिकार ।
1606 अधिकरणिक ना. न्यायाधीश ।
1607 अधिकर्ता वि. १. अधिकरण गर्ने; अधिकारमा ल्याउने। ना.
1608 अधिकर्ता वि. २. अधिकरणिक।
1609 अधिकर्म ना. १. कार्यको प्रबन्ध; व्यवस्थिति; बन्दोबस्त।
1610 अधिकर्म ना. २. कुनै भ्रष्टाचारी, अनैतिक आदि कामको जाँचबुझ; निरीक्षण; जाँच।
1611 अधिकर्मी ना. कुनै कार्यालय, कारखाना आदिका कर्मचारीले गरेका कामको रेखदेख गर्ने व्यक्ति; निरीक्षक; जाँचकी।
1612 अधिकर्षण ना. ब्याङ्कमा आफ्ना नाउँको खातामा भएको भन्दा बढी रकम भुक्तानी लिने काम; अधिक भुक्तानी।
1613 अधिकवर्ष ना. हरेक चार चार वर्षमा आउने ३६६ दिन हुने इस्वी वर्ष। (चारले भाग लाग्ने वर्षको फरबरी महिनामा २८ दिन हुन्छ र ३६५ दिनको वर्ष हुनुपर्नेमा १ दिन बढी हुन आउँछ।)
1614 अधिकांश ना. १. बढी अंश; धेर अंश। वि.
1615 अधिकांश ना. २. धेरै; बढी। क्रि.वि.
1616 अधिकांश ना. ३. प्राय:; अधिकतर।
1617 अधिकार ना. १. कानुनी, परम्परागत वा नैतिक रूपमा प्राप्य न्यायोचित दाबी; स्वत्व; हक; अख्तियार।
1618 अधिकार ना. २. कब्जा।
1619 अधिकार ना. ३. क्षमता वा सामर्थ्य।
1620 अधिकार ना. ४. ज्ञान; ल्याकत।
1621 अधिकार ना. ५. नाट्यशास्त्रमा रूपकको प्रधान फलको स्वामित्व वा त्यसको प्राप्तिको योग्यता।
1622 अधिकार क्षेत्र ना. १. कुनै सरकारी कर्मचारी वा व्यक्तिले आफ्नो हक वा अख्तियारको प्रयोग गर्ने क्षेत्र।
1623 अधिकार क्षेत्र ना. २. अदालतमा रहने, कानुनी प्रयोग गर्न पाउने अधिकारको हद ।
1624 अधिकार त्याग ना. पाएको अधिकारको त्याग; हक छोडाइ; राजीनामा।
1625 अधिकार निषेध ना. पाएको अधिकारलाई विशेष अधिकारद्वारा नपाइने गराउने वा हटाउने काम; दिइएका अधिकारको हरण वा प्रतिबन्ध ।
1626 अधिकार पत्र ना. कुनै काम गर्नका निम्ति पाएको लिखत हकपत्र; अख्तियारनामा।
1627 अधिकारपृच्छा ना. १. कुनै व्यक्ति वा संस्थासँग कसैको अधिकार, स्वतन्त्रता, पद 'कुन अधिकारअन्तर्गत खोसिएको वा दाबी गरिएको हो?' भनी सोध्न सर्वोच्च आदालतले दिएको लिखित आदेश।
1628 अधिकारपृच्छा ना. २. विभिन्न विषयमा कैफियत तलब गर्नलाई दिइने माथिल्लो तहका अड्डाको लिखित आदेश।
1629 अधिकार प्रत्यायोजन ना. माथिल्ला तहका कर्मचारीले आफूमा रहेको हक केही समयका निमित्त तल्लो तहका कर्मचारीलाई सुम्पने काम।
1630 अधिकारवाला वि. अधिकार पाएको वा भएको (व्यक्ति)।
1631 अधिकार हनन ना. संविधान वा नियमकानुनअन्तर्गत कसैले पाएको वा पाउने हक खोस्ने काम; सो हकमाथि परेको आघात; त्यस्तो हक खोसिनाले त्यसको उपभोग गर्न नपाइएको स्थिति।
1632 अधिकारी ना. १. कुनै अड्डा, सङ्गठित संस्था वा निकायको अधिकार पाएको व्यक्ति; पदाधिकारी; अधिकृत (जस्तो- भूमिसुधार अधिकारी, जिल्ला शिक्षा अधिकारी इ.); हाकिम; अफिसर।
1633 अधिकारी ना. २. स्वामी; मालिक।
1634 अधिकारी ना. ३. कुनै कुरामा राम्रो दखल भएको व्यक्ति। (उदा.- म यस विषयको अधिकारी होइन।)
1635 अधिकारी ना. ४. पूर्वीय प्राचीन परम्पराअनुसार कुनै पनि शास्त्रको थालनीमा सो शास्त्र पढ्न उपयुक्त पात्र ठहऱ्याइएको व्यक्ति; शास्त्रका आरम्भमा बताइने अनुबन्ध चतुष्टय (विषय, सम्बन्ध, अधिकारी र प्रयोजन) मध्ये एक।
1636 अधिकारी ना. ५. नेपालका थारू, दनुवार, बाहुन, छेत्री आदिको एक थर।
1637 अधिकृत ना. १. कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति।
1638 अधिकृत ना. २. राजपत्राङ्कित वा सोसरहको कर्मचारी। वि.
1639 अधिकृत ना. ३. कुनै काम गर्नका निम्ति अधिकार पाएको; तैनाथ गरिएको।
1640 अधिकृत ना. ४. कसैका अधिकारमा वा कब्जामा परेको वा पारिएको।
1641 अधिकोष ना. सर्वसाधारणले नगद जम्मा (निक्षेप) गर्ने, निजले मागेमा ब्याजसहित रकम फर्काइदिने र सर्वसाधारणलाई उचित धितो राखी ॠण दिने आदि काम गर्न कानुनी रूपमा अधिकृत संस्था वा ब्याङ्क।
1642 अधिक्रान्ति ना. शक्ति, अधिकार वा धाकद्वारा अर्काको अधिकार हनन गर्ने वा अर्कालाई काममा लगाउने काम; जबरजस्ती दमन गरी अधिकार खोस्ने वा यस्तो काम गर्नै पर्छ भनी विवश तुल्याउने काम।
1643 अधिक्रो ना. हे. अधिग्रो।
1644 अधिक्षेत्र ना. कुनै पनि अड्डा अदालतका अधिकृतलाई आफ्नो अधिकार प्रयोग गर्न कानुनले दिएको अधिकार क्षेत्र; अधिकृत क्षेत्र (जुरिस्डिक्सन)।
1645 अधिगम/अधिगमन ना. १. कुनै व्यापार वा कारोबारबाट हुन आउने लाभ; प्राप्ति; आम्दानी।
1646 अधिगम/अधिगमन ना. २. चेतना; ज्ञान।
1647 अधिगम/अधिगमन ना. ३. अध्ययन गर्ने काम; चिन्तनमनन गर्ने काम।
1648 अधिगम/अधिगमन ना. ४. पुग्ने काम; पहुँच।
1649 अधिगम/अधिगमन ना. ५. अदालतमा न्यायाधीशले कुनै मुद्दामामिलाको मिसिलबाट निकालेको निचोड; निस्तुक; निष्कर्ष।
1650 अधिगोष्ठी ना. कुनै प्राज्ञिक वा व्यावहारिक विषयमा सो विषयका ज्ञाताहरू भेला भई व्याख्यान, छलफल आदिका माध्यमबाट निष्कर्ष निकाल्न आयोजित बैठक, सभा वा सम्मेलन; गोष्ठी; सङ्गोष्ठी।