Dictionary

All Word

15201 कीटाणुनाशक वि. कीटाणुहरूलाई मार्ने वा नाश गर्ने।
15202 कीटाहारी ना. किरा खाने एक थरी बिरुवा; पूर्णकलश।
15203 कीमत ना. हे. किम्मत।
15204 कीमती वि. हे. किम्मती।
15205 कीराफट्याङ्ग्रा ना. हे. किराफट्याङ्ग्रा।
15206 कीरी ना. हे. किरी।
15207 कीरो ना. हे. किरो।
15208 कीर्ण वि. १. छरिएको; फैलिएको; फ्याँकिएको।
15209 कीर्ण वि. २. ढाकिएको; भरिएको।
15210 कीर्ण वि. ३. राखिएको; रहेको।
15211 कीर्ण वि. ४. चोट परेको।
15212 कीर्तन ना. १. अरूका गुण, यश आदिको वर्णन; गुणानुवर्णन; गुणगान।
15213 कीर्तन ना. २. देवदेवताको नाम तथा यशको विशेषतः गाउँदै, बजाउँदै गरिने स्तुति; भजन; हरिकीर्तन।
15214 कीर्तनियाँ वि. कीर्तन गर्ने; भजन गर्ने।
15215 कीर्ति ना. १. असल तथा ठुलो काम र बहादुरी आदिबाट प्राप्त हुने र धेरै समयसम्म टिकिरहने सुनाम वा प्रसिद्धि; ख्याति; जस; नेकनामी।
15216 कीर्ति ना. २. प्रशंसा।
15217 कीर्ति ना. ३. पुण्य।
15218 कीर्तिपुर ना. काठमाडौँको दक्षिण-पश्चिमपट्टि केही अग्लो भागमा रहेको प्रसिद्ध स्थल।
15219 कीर्तिमान् / मान वि. १. कीर्तियुक्त; प्रसिद्ध। ना.
15220 कीर्तिमान् / मान वि. २. प्रतियोगितामा कुनै खेलाडी, उम्मेदवार आदिले स्थापित गरेको सर्वोच्च सीमा।
15221 कीर्तिशाली वि. कीर्तिमान्।
15222 कीर्तिशेष वि. १. कीर्ति शेष रहन गएको; मृत। ना.
15223 कीर्तिशेष वि. २. मृत्यु; मरण।
15224 कीर्तिस्तम्भ ना. कुनै व्यक्तिको स्मरणमा उसको नामबाट खडा गरिएको स्तम्भ (भीमसेनस्तम्भ, अशोकस्तम्भ इ.)।
15225 कीर्त्ते वि. हे. किर्ते।
15226 कीर्त्तेसाक्षी ना. किर्तेसाक्षी।
15227 कील ना. १. फलाम वा काठको किलो।
15228 कील ना. २. खम्बा; स्तम्भ।
15229 कील ना. ३. बिग्रेर वा मरेर पाठेघरमा अड्केको गर्भ।
15230 कीलक ना. १. कील; किलो।
15231 कीलक ना. २. अर्काले प्रयोग गरेको मन्त्रशक्तिलाई निष्क्रिय पार्ने मन्त्र।
15232 कीलाक्षर ना. सुमेर, इरान आदि देशमा आआफ्नै किसिमले प्राचीन कालमा प्रचलित बाणाकार लिपि; बाणमुख लिपि।
15233 कीलीकरण ना. १. पुरातत्त्वका अनुसार, उत्खनन गरिने ठाउँमा किला ठोक्ने काम।
15234 कीलीकरण ना. २. किला ठोक्ने क्रिया।
15235 कीलो ना. हे. किलो २।
15236 कु १ पू. स. नामपदको अघिल्तिर जोडिएर, खराब, ह्रास, अवमूल्यन, अनुचित, पाप, अशुभ, अभाव इ. भाव सङ्केत गर्ने उपसर्ग (कुपात्र, कुकर्म, कुदृष्टि, कुरूप, कुबेला इ.)।
15237 कु २ ना. तालिम दिनेले बट्टाईको कानमा बेलाबखत उच्चारण गर्ने शब्द।
15238 कु खुवाउनु टु. बट्टाईको कानमा कु शब्द उच्चारण गर्नु।
15239 कु ३ ना. सैनिक विद्रोह।
15240 कुँच ना. १. सेनाले अनुशासनपूर्वक ताल मिलाएर हिँड्ने काम; पल्टनले गर्ने मार्च; कुच।
15241 कुँच ना. २. छिटो चालको हिँडाइ; दौडाइ।
15242 कुँच ना. ३. भाग्ने काम।
15243 कुँजिनु अ.क्रि. कुँजो हुनु; रोगादिका कारणले हातगोडा खुम्चिनु।
15244 कुँज्याइ ना. कुँज्याउने र कुँजिने क्रिया वा भाव।
15245 कुँज्याइनु क.क्रि. कुँजिने पारिनु।
15246 कुँज्याउनु प्रे. क्रि. कुँजो पार्नु; हातगोडा नचल्ने पार्नु।
15247 कुँजो वि. १. शारीरिक विकारले वा रोगले हातगोडा आदि खुम्चिएको।
15248 कुँजो वि. २. हातगोडा आदि नचल्ने अवस्थाको; कुजो।
15249 कुँड्नु स. क्रि. १. चक्कु, खुकुरी आदि हतियारको धार झार्नु वा दोब्य्राउनु; भुत्त्याउनु; कुँढ्नु।
15250 कुँड्नु स. क्रि. २. कागती, निबुवा, खाँदेको अचार आदिका अमिलाले दाँतमा खिहिऱ्याहट पैदा गर्नु दाँतको शक्ति कम पार्नु।