Dictionary

All Word

15301 कुँवर ना. २. क्षत्रीको एक थर। स्त्री. कुँवर्नी।
15302 कुँवा भट्टा ना. काँसका भाँडा आदि बनाउन प्रयोग गरिने भट्टा।
15303 कुइँ क्रि.वि. १. तिखो आवाज आउने गरी (कुकुरको छाउरो कराउँदा, झ्यालढोका आदि उघार्दा इ.)। वि.
15304 कुइँ क्रि.वि. २. डरलाग्दो; कहालीलाग्दो।
15305 कुइँकुइँ क्रि.वि. दोहरिएको कुइँ आवाज आउने गरी।
15306 कुइँभिर ना. कहालीलाग्दो भिर।
15307 कुइँयासी ना. एक प्रकारको जङ्गली फल; डम्फर।
15308 कुइगन्ध ना. कुनै वस्तु कुहिएर वा सडेर निस्केको नराम्रो गन्ध; असाध्यै दुर्गन्ध।
15309 कुइनाइन ना. चिराइतो वा सिन्कोनाको बोक्राबाट तयार पारिने, ज्यादै तितो स्वादको दानादार पदार्थ; औलज्वर वा मलेरियाको औषधीका रूपमा प्रयोग गरिने त्यस्तै सानो चक्की।
15310 कुइनु ना. हे. कुहिनु।
15311 कुइनेटो ना. १. कुनो परेको ठाउँविशेष; डाँडाको फेदीदेखि उचालिँदै डाँडामाथिसम्म पुगेको ठाउँ; डाँडाको एकापट्टिको पाटो नाघी अर्कापट्टिको पाटामा लाग्ने ठाउँ।
15312 कुइनेटो ना. २. बगेको पानी पहाडको घुमेका ठाउँमा ठोक्किई नदीले बाटो फेर्ने ठाउँ; केही घुमेको ठाउँ।
15313 कुइपु ना. पेरुका आदिवासीहरूले विभिन्न रङका डोरीमा खास खास किसिमका गाँठा पारेर पत्रव्यवहार गर्ने लिपि; डोरीगाँठे लिपि।
15314 कुइरी मण्डल ना. कुइरोजस्तो भएर चारैतिर व्याप्त भएको धुवाँ, बाफ, धुलो आदि।
15315 कुइरे वि. १. कुइरो वा कैलो आँखा हुने। ना.
15316 कुइरे वि. २. कुइरा आँखा हुने पाश्चात्य गोरा जाति; फिरङ्गी; अङ्ग्रेज।
15317 कुइरो ना. वायुमा मिलेर बाफका रूपमा पृथ्वीमाथि ढाकिएको देखिने ससाना जलकणहरूको समूह; हुस्सु; कुहिरो।
15318 कुइसे वि. कैलो आँखा हुने।
15319 कुइसो ना. कैलो।
15320 कुई ना. झ्याल, ढोकाका भित्र लगाइएको चुकुल खोल्न प्रयोग गरिने फलामको एक प्रकारको साँचो; अङ्कुसे।
15321 कुकर्म ना. नीतिनियम तथा आचरणविरुद्ध गरिने नराम्रो काम; खराब काम; नीच कर्म; गर्न नहुने काम (पाप, अपराध इ.)।
15322 कुकर्मी वि. कुकर्म गर्ने; नकाम गर्ने; दुष्कर्मी; नीच।
15323 कुकाइ ना. कुकाउने भाव, क्रिया वा प्रक्रिया।
15324 कुकाइनु अ.क्रि. कुकाइने होइनु ।
15325 कुकाउनु अ.क्रि. रुनु-कराउनु। (उदा.- भाँड कुकायो।)
15326 कुकाठ ना. १. बोक्रा झिकिएको नालुको डाँठ।
15327 कुकाठ ना. २. सार वा चुरो नभएको काठ; अग्राख जातभन्दा बाहिरको काठ; कमसल काठ; बेजातको काठ।
15328 कुकुना ना. फलाम, पित्तल आदि धातुको काम गर्ने कालिगडहरूले आगो तह लगाउने हन्बेर्नु; अङ्कुसे।
15329 कुकुर ना. स्याल, फ्याउरो, ब्वाँसो आदिका जातको प्रायः रखवारीका लागि पालिने घरपाला जनावर; श्वान; कुत्ता।
15330 कुकुरगाँठो ना. मैथुनका समयमा कुकुर जोल्टिएको अश्लील उदाहरण दिएर माया-प्रीतिमा लठिने जोडीलाई गिज्याइने शब्द।
15331 कुकुरजोल्टाइ ना. कामक्रीडामा हुने बढी आसक्ति।
15332 कुकुरझिँगो ना. कुकुरको जिउमा टाँसिएर बसिरहने चेप्टो खैरो झिँगो।
15333 कुकुरडाइनु ना. पानका झैँ ठुलठुला पात हुने, पहेँलो फूल फुल्ने, झुप्पा झुप्पा राता गोल फल फल्ने काँडे लहरो वा त्यसको मुना ।
15334 कुकुरडुलाइ ना. बिना काम वा उद्देश्यको हिँडाइ; लखरलखर डुल्ने चाल।
15335 कुकुरतिहार ना. कार्तिक कृष्ण चतुदर्शीका दिन कुकुरको पूजा गरिने र परम्पराअनुसार मनाइने चाडपर्व; तिहारको दोस्रो दिन।
15336 कुकुरदाँत ना. मुखका माथिल्ला हारका अघिल्ला दाँत र बङ्गाराका माझमा रहने अरू दाँतभन्दा तिखा चारचुच्चे दाँत।
15337 कुकुरपुछ्रे वि. कुकुरको पुच्छरजस्तो ('ढ' अक्षर)।
15338 कुकुरबन्सो ना. बन्सो घाँसको एक प्रकार।
15339 कुकुर बिरालो ना. १. परस्परमा बाझ्ने वा झगडा गर्ने चाल; बेमेल वा असहमति।
15340 कुकुर बिरालो ना. २. बालकहरूले खेल्ने एक खेल।
15341 कुकुर भुकाइ ना. १. कुकुर भुकेको शब्द।
15342 कुकुर भुकाइ ना. २. महत्त्व वा सार नभएको र प्रभाव नपर्ने भाषण।
15343 कुकुर भुकाइ ना. ३. फोस्रो धाक।
15344 कुकुर मराइ ना. कष्टपूर्ण मृत्यु; साह्रै दुःखको मरण।
15345 कुकुरमुखा वि. कुकुरको जस्तो मुख भएको; कुरूप।
15346 कुकुरमुखे वि. कुकुरमुखा।
15347 कुकुरमुत्ते ना. रुखमा उम्रने एक थरी च्याउ।
15348 कुकुरी ना. काँचो धागाको डल्लो।
15349 कुकुरे ना. सेतो भुवादार पात हुने र प्याजी रङका ससाना फूल फुल्ने एक बुटी।
15350 कुकुर्किनु अ.क्रि. कुक्रुक्क पर्नु; खुम्चिनु; कुचुर्किनु।