Dictionary

All Word

15351 कुकुर्क्याइ ना. कुकुर्किने भाव, क्रिया वा प्रक्रिया।
15352 कुकुर्क्याइनु क.क्रि. कुक्रुक्क पारिनु; खुम्च्याइनु।
15353 कुकुर्क्याउनु प्रे. क्रि. कुक्रुक्क पार्नु; खुम्च्याउनु।
15354 कुकुलढुक ना. मुखमा अटाई - नअटाई खानेकुरो कोचेर निल्न खोज्दा आउने आवाज।
15355 कुकृत्य ना. नराम्रो वा नजाती काम; दुष्कर्म; कुकर्म।
15356 कुक्क क्रि.वि. १. खाँदा गला लागेर वा घाँटीमा कुनै वस्तु अड्केर वेगसित वायु निस्कन नपाउँदा आवाज आउने गरी; असजिलो भएर गलाबाट कुक कुक शब्द निस्कने चालले। ना.
15357 कुक्क क्रि.वि. २. बाडुली वा हिक्का आउँदा निस्कने शब्द; किक्क।
15358 कुक्कु ना. 'कुक्कु' को आवाज निकालेर गर्मी याममा कराई हिँड्ने कोइलीका जातको चरो।
15359 कुक्कुट ना. १. जङ्गली कुखुरो; लुइँचे।
15360 कुक्कुट ना. २. कुखुरो।
15361 कुक्कुट ना. ३. आगाको फिलिङ्गो वा झिल्को।
15362 कुक्कुर ना. हे. कुकुर।
15363 कुक्रुक्क क्रि.वि. गोडा दोब्य्राउने वा खुम्च्याउने (जाडो, बुढ्याइँ, बाथ आदिले )।
15364 कुक्लुक्क क्रि.वि. एकै चोटि निल्ने गरी; कुक्क ।
15365 कुक्षि ना. १. पेट; उदर।
15366 कुक्षि ना. २. गर्भाशय; कोख।
15367 कुक्षि ना. ३. कुनै चिजको भित्री भाग।
15368 कुक्षिशूल ना. पेट दुख्ने शूलको रोग; पेटदुखाइ।
15369 कुखुरी १ ना. चर्खाको सुइरोबाट झिकिएको धागाको लट्टी; कुकुरी।
15370 कुखुरी २ ना. पोथी कुखुरो।
15371 कुखुरी काँ ना. भाले कुखुरो बास्दा आउने आवाज।
15372 कुखुरे वि. कुखुरोजस्तो; कुखुराका स्वभावको; कुखुरो खाने।
15373 कुखुरे आन्द्रो ना. लाम्चा पात, हरियो र सेतो मिसिएका साना फूल र अपामार्गको जस्तो डाँठ हुने, वीर्यवर्धक मानिने एक लहरो।
15374 कुखुरे निद्रा ना. पातलो वा बेला बेलामा खुलिरहने निद्रा; चाँडचाँडै खुल्ने निद ।
15375 कुखुरे बिख ना. एउटा मात्र डाँठ हुने र विषालु जरो हुने एक प्रकारको बर्खे बुटी।
15376 कुखुरे बैँस ना. कुरकुराउँदो वा अल्लारे जवानी; उत्ताउलो बैँस।
15377 कुखुरो ना. टाउकामा छालाको रातो सिउर हुने, अण्डाबाट चल्ला कोरल्ने, मासु खानका लागि प्रसिद्ध दुईखुट्टे घरपालुवा चरो; घडीचरो; कुपङ्खी; कुपक्षी।
15378 कुख्यात वि. नराम्रो कामकुरामा प्रसिद्धि पाएको; बदनाम; निन्दित।
15379 कुख्याति ना. नराम्रो वा निन्दनीय कामबाट भएको प्रसिद्धि; बदनामी।
15380 कुङ्कुम ना. कश्मीरी केशर; केशर।
15381 कुङ्कुमपाती ना. पिपलका आकारको पात हुने र घण्टाका आकारको रातो फूल फुल्ने, ढुङ्गाको कापमा उम्रने एक बुटी; तृणकुङ्कुम।
15382 कुच १ ना. स्त्रीजातिको छातीमा उठ्ने गोलो र चुच्चे मांसपिण्ड; उरोज; स्तन; दुध।
15383 कुच २ ना. १. पल्टनले गर्ने मार्च।
15384 कुच २ ना. २. दौडाइ।
15385 कुच २ ना. ३. भाग्ने काम।
15386 कुच २ ना. ४. कुनै यात्राको प्रारम्भ; प्रस्थान; कुँच।
15387 कुचक्र ना. छलपूर्ण वा रहस्यमय ढङ्गले हानि पुऱ्याउने उद्देश्य राखी बनाइएको योजना; अरूलाई धोका दिई जालमा फसाउने षड्यन्त्र।
15388 कुचक्री वि. कुचक्र गर्ने; षड्यन्त्र रच्ने।
15389 कुचाग्र ना. स्तनको टुप्पो; दुधको मुन्टो।
15390 कुचाल ना. १. खराब वा निन्दनीय चाल; नराम्रो आचरण; दुराचार।
15391 कुचाल ना. २. दुष्टता; खराबी।
15392 कुचालक ना. १. कुनै पनि काम वा क्रिया राम्रोसँग चलाउन नसक्ने (व्यक्ति)।
15393 कुचालक ना. २. विद्युत् र ताप सजिलै परिचालन हुन नसक्ने; विद्युत् तरङ्ग सञ्चारित हुन नसक्ने (रबर, सुकेको काठ आदि)।
15394 कुचिन ना. धागो वा जरीद्वारा बेलबुट्टा काढिएको मूल्यवान् रेसमी कपडा।
15395 कुचिन्डो ना. १. उझिन्डो छिनेर बिर्को हराई उदाङ्गो भएको ढुङ्ग्रो।
15396 कुचिन्डो ना. २. बिग्रिएको अनुहार।
15397 कुचिला ना. धर्के पात हुने, राता फल फल्ने र ससाना सेता फूल फुल्ने एक वृक्ष वा त्यसैको फल।
15398 कुची ना. १. टुप्पामा रौँ भएको, रङले चित्र लेख्ने वा बुट्टा भर्ने कलम; तुलिक।
15399 कुची ना. २. सानो कुचो।
15400 कुची ना. ३. धान र सखरको डल्लोलाई परालले बेरेर बनाइने हात्तीको दाना।