Dictionary

All Word

15551 कुड्का ना. टुक्रा; कुट्का।
15552 कुड्काकुड्की ना. कुट्काकुट्की; टुक्राटाक्री।
15553 कुड्किनु अ.क्रि. कुनै चिज कुड्का पर्नु; टुक्रिनु; गिँडिनु; कुट्किनु।
15554 कुड्को वि. कुनै ठोस वस्तुलाई काटेर वा फोरेर पारिएको टुक्रो; कुट्को।
15555 कुड्क्याइ ना. १. कुड्किने भाव वा क्रिया प्रक्रिया। [कुड्क्याउ+आइ]
15556 कुड्क्याइ ना. २. कुड्क्याउने काम वा प्रक्रिया।
15557 कुड्क्याइनु क.क्रि. कुड्क्याउने काम गरिनु; टुक्य्राइनु।
15558 कुड्क्याउनु प्रे.क्रि. कुड्का पार्नु।
15559 कुड्मल ना. १. कोपिलो; कली।
15560 कुड्मल ना. २. फूल।
15561 कुणिया ना. गाउँघरमा तिरो तिर्नका निम्ति जम्मा हुने घर।
15562 कुण्ठ वि. १. जुम्सो; सुस्त; मन्द; कमजोर; अल्छी।
15563 कुण्ठ वि. २. धारिलो नभएको; भुत्ते।
15564 कुण्ठा ना. १. कुनै व्यक्तिमा सुषुप्त रूपले रहने मानसिक असन्तुष्टि वा अतृप्तिको भावना।
15565 कुण्ठा ना. २. प्रगतिका कार्यमा बाधा पुऱ्याउने सङ्कोच वा लाजले युक्त हीन मनोभाव।
15566 कुण्ठा ना. ३. बाधा- अड्काउ; अवरोध।
15567 कुण्ठाग्रस्त वि. लज्जा, सङ्कोच आदिले प्रगति गर्न नसकेको; प्रतिभा नफुरेको; कुण्ठाले युक्त; कुण्ठित।
15568 कुण्ठित वि. १. हे. कुण्ठाग्रस्त।
15569 कुण्ठित वि. २. धार दोब्रिएको; भुत्ते (हतियार)।
15570 कुण्ठित वि. ३. मन्दबुद्धि भएको।
15571 कुण्ठित वि. ४. बिचैमा रोकिएको; अवरुद्ध ( विचार, भावना आदि )।
15572 कुण्ड ना. १. सानो जलाशय; पोखरी; कुवा; इनार।
15573 कुण्ड ना. २. कमण्डलु; भिक्षापात्र।
15574 कुण्ड ना. ३. होम गर्ने वेदी वा खाल्डो।
15575 कुण्ड ना. ४. लोग्ने छँदाछँदै अर्कै लोग्नेमानिससँगको सम्बन्धबाट जन्मेको सन्तान; जारपुत्र।
15576 कुण्ड ना. ५. बटुको।
15577 कुण्ड ना. ६. उत्खनन गर्दा हुन गएको खाडल।
15578 कुण्ड ना. ७. बाइसी-चौबिसी काल र त्यसभन्दा पहिलेको समयका बत्तिस करमध्येको एक कर वा छत्तिस रकममध्येको एक रकम।
15579 कुण्डल ना. १. कानको लोतीमा झुन्डिने गरी लगाइने एक प्रकारको मण्डलाकार गहना; मुन्द्रो।
15580 कुण्डल ना. २. गोरखपन्थीका साधुहरूले कानमा लगाउने स्फटिक, सिङ, काठ आदिको मुन्द्रो।
15581 कुण्डल ना. ३. चन्द्रमा वा सूर्यको चारैतिर देखिने बादलको गोलो घेरा।
15582 कुण्डलिनी ना. १. मूलाधार चक्रको नजिक तीन फन्का भएर रहेको नाडी।
15583 कुण्डलिनी ना. २. षट्चक्रको अभ्यासमा सर्वप्रथम कल्पना गरिएको सर्प।
15584 कुण्डली ना. १. मानिसको जन्मकालमा भएका ग्रहस्थिति सूचित गर्ने बाह्र कोठा भएको कुण्डलाकार चक्र; जन्मकुण्डली।
15585 कुण्डली ना. २. सर्प।
15586 कुण्डली ना. ३. कुण्डलिनी। वि.
15587 कुण्डली ना. ४. कुण्डल (गहना) लगाएको।
15588 कुण्डली ना. ५. कुण्डलाकार वा बाटुलो भएर बसेको; वर्तुल।
15589 कुण्डी ना. १. सानो कुण्ड।
15590 कुण्डी ना. २. टुटीधाराको पानी राख्ने ढुङ्गे भाँडो।
15591 कुण्या ना. १. कलश राख्ने तामा वा पित्तलको ठुलो थाल; झाप्री।
15592 कुण्या ना. २. पिठो मुछ्ने भाँडो।
15593 कुत ना. कबुलअनुसार खेत वा बारी कमाउँदा मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने निश्चित अन्न; बालीको ठेक्का; मोहबाट तल्सिङले पाउने अन्नबाली; तिरो।
15594 कुततिरो ना. कुत र तिरो।
15595 कुतकुती ना. १. पैताला, पेट, काखी, घाँटी आदिमा हुँदा लाग्ने सगसगी; काउकुती।
15596 कुतकुती ना. २. कुनै काम गर्ने संवेगात्मक सक्रियता; चौचौ; उत्कण्ठा।
15597 कुतकुत्याइ ना. कुतकुत्याउने काम वा प्रक्रिया।
15598 कुतकुत्याइनु क.क्रि. कुतकुती लाइनु।
15599 कुतकुत्याउनु स. क्रि. १. कुतकुती लगाउनु; काउकुती लाउनु।
15600 कुतकुत्याउनु स. क्रि. २. आपद्मा पार्न खोज्नु।