Dictionary

All Word

15701 कुपाठ ना. खराब आचरण; नराम्रो बानीबेहोरा; कुलत।
15702 कुपात्र ना. १. अयोग्य वा खराब व्यक्ति।
15703 कुपात्र ना. २. शास्त्रमा दान दिन निषेध गरिएको व्यक्ति।
15704 कुपात्र ना. ३. चुहिने भाँडो; बेठिकको भाँडो। वि.
15705 कुपात्र ना. ४. अयोग्य; नालायक।
15706 कुपित वि. १. रिसाएको; जङ्गिएको; क्रुद्ध।
15707 कुपित वि. २. खुसी नभएको; अप्रसन्न।
15708 कुपिल ना. भाँडाकुँडा आदिमा पर्ने वा देखिने साना प्वाल।
15709 कुपी ना. सलेदो हाली मट्टीतेलमा बालिने साधारण बत्ती; टुकी; ढिब्री।
15710 कुपुकुपु क्रि.वि. नरोकिने गरी; धमाधम (खाने चाल)।
15711 कुपुक्क क्रि.वि. एकैपल्ट खाने गरी (डल्लो पदार्थ मुखमा हाल्ने किसिम)।
15712 कुपुत्र ना. खराब वा दुष्ट छोरो; कपूत।
15713 कुपोषण ना. शरीरका लागि अनुपयुक्त तथा हानिकारक खाद्यपदार्थ; पौष्टिक तत्त्व कम भएको खाद्य वस्तु।
15714 कुप्प क्रि.वि. सानोतिनो डल्लो खानेकुरो एकै खेप खाने वा निल्ने गरी।
15715 कुप्रनु स. क्रि. ढाड वा कमर अगाडि निहुरनु; कुप्रो हुनु; कुप्रिनु ।
15716 कुप्रथा ना. सामाजिक व्यवहारलाई अहित गर्ने नराम्रो चलनचाँजो; खराब प्रथा; नराम्रो परम्परा; कुरीति।
15717 कुप्रबन्ध ना. राम्रोसँग नगरिएको इन्तजाम; नराम्रो बन्दोबस्त; खराब प्रबन्ध।
15718 कुप्रभाव ना. नराम्रो र अहित गर्ने असर वा प्रभाव; प्रतिकूल प्रभाव।
15719 कुप्रयास ना. नजाती अभिप्रायले गरिएको प्रयास; दुष्प्रयास; धृष्टता।
15720 कुप्रयोग ना. अनुचित प्रयोग; दुरुपयोग।
15721 कुप्राकुप्री ना. कुप्रो र कुप्रीको समूह; बुढाबुढी।
15722 कुप्रिनु स. क्रि. कुप्रो हुनु; कुप्रनु।
15723 कुप्रे वि. कुप्रिएको; कुप्रो।
15724 कुप्रो वि. रोग, बुढ्याइँ वा शारीरिक विकारले कमर नुहेर ठाडो हुन नसक्ने; कुप्रिएको; कुप्रे।
15725 कुप्य्राइँ ना. कुप्रो हुनाको भाव, क्रिया वा प्रक्रिया।
15726 कुप्य्राइनु क.क्रि. कुप्य्राउने काम गरिनु।
15727 कुप्य्राउनु प्रे.क्रि. कुप्रो पार्नु।
15728 कुप्लुक्क क्रि.वि. हे. कुपुक्क।
15729 कुफत ना. स्वास्थ्यलाई हानि गर्ने चिजबिजको खानपान; कुपथ; कुपथ्य।
15730 कुफल ना. कुनै कार्य वा कारणबाट भएको नजाती परिणाम; दुष्परिणाम; खराब नतिजा।
15731 कुफ्री ना. आलुको एक जात जनाउने शब्द।
15732 कुफ्री चन्द्रमुखी ना. एक जातको आलुको नाम।
15733 कुफ्री ज्योति ना. आलुको एक जात।
15734 कुफ्री सिन्दुरी ना. खास गरी तराई खण्डमा हुने एक जातको आलु।
15735 कुबाटो ना. १. खराब बाटो; कुपथ; कुमार्ग।
15736 कुबाटो ना. २. नराम्रो बानी; कुलत।
15737 कुबानी ना. नराम्रो वा खराब चालचलन; कुलत; नराम्रो आदत।
15738 कुबुद्धि ना. १. खराब वा हानिकारक बुद्धि; मूर्खता; दुर्बुद्धि। वि.
15739 कुबुद्धि ना. २. खराब बुद्धि भएको; मूर्ख।
15740 कुबेर ना. १. धनसम्पत्तिका अधिष्ठाता देवता; उत्तर दिशाका स्वामी; यक्ष र किन्नरहरूका राजा तथा रुद्रका मित्र। वि.
15741 कुबेर ना. २. ज्यादै धनी; धनाढ्य; सम्पत्तिवाल।
15742 कुबेरको ढुकुटी ना. जति झिके वा खर्च गरे पनि नसिद्धिने धनको भँडार; जे माल खोजे पनि पाइने ठाउँ वा घर।
15743 कुबेला ना. १. खराब बेला वा समय; घटिया मौका।
15744 कुबेला ना. २. भड़किसकेको बेला; बेमौका; अनिश्चित समय; अनवसर।
15745 कुब्ज वि. १. कुँजो; कुप्रो। ना.
15746 कुब्ज वि. २. कुप्रिएको तरबार।
15747 कुब्जा वि. १. कुँजी वा कुप्री (आइमाई )। ना.
15748 कुब्जा वि. २. शरीरमा तीन ठाउँ विकृति भएकी कंसकी एक सेविका।
15749 कुब्जिका ना. १. आठ वर्षकी अविवाहिता कन्या।
15750 कुब्जिका ना. २. योगिनी।