Dictionary

All Word

15751 कुभलो ना. अहित; अनिष्ट; हानि; खराबी।
15752 कुभाव ना. नराम्रो वा खराब भाव; दुर्भाव।
15753 कुभिन्डो ना. काँक्रो, फर्सी आदिका जस्तै लहरा लागी सेता वा पहेँला फूल फुल्ने, फल पाकेपछि सेता सेता भुवा हुने र अचार, तरकारी, मुरब्बा आदि बनाएर खाइने एक फल; कुष्माण्ड; काशीफल।
15754 कुम ना. काखीमाथिको हातको पातो र काँधको जोर्नीको भाग; काँधको छेउ र आङको शिर जोरिएको भाग।
15755 कुमकाटे वि. आधा बाहुला काटिएको (चोलो, भोटो इ.)।
15756 कुमको बलो ना. घरकटेराका छानामा दुवै कुमगारोमाथि राखिने बलो।
15757 कुमगारो ना. धुरीभन्दा केही होचो हुने, पाख्री छानो भएका घरकटेराको दुवैतिरको गारो।
15758 कुमठेलो ना. १. दुईपाखे घरको छानामुनि बलो अड्याइने काठ वा टेको।
15759 कुमठेलो ना. २. कुलो खनाउने नाइकेको वारिस।
15760 कुम ठोक्नु टु. प्रतिस्पर्धा गर्नु; सेखासेख गर्नु। (उदा.- तँ कृष्णसँग कुम ठोकेर बस्न सक्छस् ?)।
15761 कुमति ना. १. खराब बुद्धि; दुर्बुद्धि। वि.
15762 कुमति ना. २. बुद्धि बिग्रेको; दुर्मति।
15763 कुमन्त्र ना. १. खराब उपदेश वा अनुचित सल्लाह।
15764 कुमन्त्र ना. २. अरूलाई अहित हुने मन्त्र वा मन्त्रणा।
15765 कुमाईं ना. कुमाउँ प्रदेशका बासिन्दा; पहिले कुमाउँबाट आएका नेपालका ब्राह्मण जाति; पुर्बिया र कुमाइँमध्ये एक।
15766 कुमाउनी ना. भारतको कुमाउँ प्रदेशमा बोलिने एक पहाडी भाषा वा त्यस प्रदेशमा रहने मानिस।
15767 कुमान्छे ना. १. घरज्वाइँ। वि.
15768 कुमान्छे ना. २. खराब (मान्छे)।
15769 कुमार ना. १. पाँच वर्षसम्मको सानो बालक।
15770 कुमार ना. २. विवाह नभएको केटो; अविवाहित व्यक्ति।
15771 कुमार ना. ३. छोरो।
15772 कुमार ना. ४. राजकुमार।
15773 कुमार ना. ५. कार्तिकेयको नाम। वि.
15774 कुमार ना. ६. विवाह नभएको; अविवाहित।
15775 कुमार केटो ना. विवाह गर्ने उमेरको केटो; अविवाहित व्यक्ति।
15776 कुमारग्रह ना. विवाहमा पुजिने ग्रह; बालग्रह।
15777 कुमारतन्त्र ना. आयुर्वेदअनुसार बालचिकित्सा गर्ने विधि लेखिएको शास्त्र।
15778 कुमारपाठी ना. बोकासँग नमिसिएकी पाठी।
15779 कुमारभृत्या ना. १. गर्भिणी अथवा नवजात शिशुका रोगको चिकित्सा; प्रसूतिविद्या।
15780 कुमारभृत्या ना. २. गर्भिणी आइमाईहरूको प्रसूतिसम्बन्धी हेरविचार।
15781 कुमारसम्भव ना. १. कुमारको जन्म।
15782 कुमारसम्भव ना. २. महाकवि कालिदासकृत एक प्रसिद्ध महाकाव्य।
15783 कुमारामात्य ना. प्राचीन कालको शासनपद्धतिमा उपमन्त्री वा सहायक मन्त्री बराबरको एक पद।
15784 कुमारिका ना. १. कुमारी।
15785 कुमारिका ना. २. पुत्री।
15786 कुमारिल भट्ट ना. बौद्ध प्रभावबाट ह्रास हुँदै गएको वैदिक धर्मको पुनरुद्धार गर्ने, शङ्कराचार्यका समकालीन एक महान् आचार्य; शाबर भाष्यका रचयिता तथा अन्य श्रौतसूत्रका प्रख्यात टीकाकार।
15787 कुमारी ना. १. बाह्र वर्षसम्मकी अविवाहिता कन्या।
15788 कुमारी ना. २. छोरी; पुत्री।
15789 कुमारी ना. ३. पार्वती।
15790 कुमारी ना. ४. दुर्गा।
15791 कुमारी ना. ५. भाद्र कृष्णपक्षमा यात्रा गरिने काठमाडौँकी एक देवी।
15792 कुमारीचोक ना. इन्द्रजात्रामा रथयात्रा गरिने कुमारी बस्ने घरको चोक।
15793 कुमारीचोक अड्डा ना. अघि काठमाडौँ हनुमान् ढोकाको नजिक कुमारीचोकमा रहेको बही बुझ्ने अड्डा; सरकारी अड्डाखानाको हिसाब बुझ्ने अर्थ मन्त्रालयअन्तर्गतको एक अड्डा (अहिलेको महालेखा कार्यालय)।
15794 कुमारी देवी ना. भाद्र शुक्ल चतुर्दशी वा इन्द्रजात्राका दिन रथयात्रा गरिने काठमाडौँ उपत्यकाकी एक जीवित देवी।
15795 कुमार्ग ना. १. अनुचित वा खराब बाटो; कुपथ।
15796 कुमार्ग ना. २. अधर्म; पाप।
15797 कुमार्गी वि. कुमार्गमा लाग्ने; अधर्मी; पापी।
15798 कुमालकोटी ना. भित्तातिर माटाको गोला बनाएर बस्ने, बारुलाका आकारको निलो लाम्चो एक किरो। (यसले कुनै किरो खोजेर ल्याई आफ्नो गोलाभित्र थुन्छ र आफ्नो भुँभुँ शब्द सुनाउँदै त्यस किरालाई पनि आफैँजस्तो कुमालकोटी नै बनाउँछ भन्ने धारणा छ )।
15799 कुमालकोटीको न्याय ना. अरूलाई आफ्ना सिद्धान्त वा मतमा ल्याउने खुबी।
15800 कुमाली ना. हे. कुमालकोटी।