Dictionary

All Word

15901 कुरा चपाउनु टु. ङ्याङ्ङुङ् गरेर कुरा राम्ररी नखोल्नु। (उदा.- तपाईं त भएको कुरा पनि राम्ररी भन्नुहुन्न, किन कुरा चपाएको?)।
15902 कुरान ना. हजरत मुहम्मदका वाणीको सङ्कलन भएको, मुसलमानहरूको प्रसिद्ध धर्मग्रन्थ।
15903 कुरीकुरी ना. १. कुनै व्यक्तिप्रति समयमा गर्नुपर्ने कुरा नगर्दा पछि हुने थकथकी वा कुनै काम नगर्दा हुने लज्जाको बोध; मनको सगसगी।
15904 कुरीकुरी ना. २. बालबोलीमा लज्जा; किरी (जुम्रो )।
15905 कुरिज ना. १. चराचुरुङ्गीका पुराना प्वाँखहरू झरेर आउने नयाँ प्वाँखहरूको उम्राइ।
15906 कुरिज ना. २. कुर्चा।
15907 कुरिज ना. ३. उत्तीर्ण नभएर धेरै वर्षसम्म एउटै कक्षामा डल्लिइरहने स्थिति।
15908 कुरिज ना. ४. असफलता।
15909 कुरिन ना. १. हँसिया, खुर्पा आदि हतियारमा धार लगाउन, सान बनाउन हुने खस्रो कालो ढुङ्गो।
15910 कुरिन ना. २. मैदा झैँ धुलो तुल्याई लाहासँग मिसाएर पकाई सान बनाउने काममा प्रयोगमा आउने, ठुला नदीका किनारमा कतै कतै थुप्रिएर रहने किर्कौंले ढुङ्गो।
15911 कुरिनु क.क्रि. कुर्ने काम गरिनु।
15912 कुरिया ना. १. अरूको जग्गाजमिनमा घरबास गरी तिरो तिरेर बस्ने रैती; बिर्तावारको जग्गामा घर बनाएर बस्ने मोही (एक प्रकारको बाँधा)। वि.
15913 कुरिया ना. २. कुनै मालमत्ता, जग्गाजमिन आदि कुर्ने (व्यक्ति); कुरुवा।
15914 कुरिलो ना. हरिया-पहेल्छ्या मसिना पात हुने, ससानो सेतो फूल फुल्ने र रातो गोल फल फल्ने एक जातको काँडादार बोट (यो ठुलो र सानो दुई किसिमको हुन्छ। यसका टुसा तरकारीका निम्ति खास गरी बिरामीलाई खुवाउनमा प्रसिद्ध छ।
15915 कुरी ना. १. बाँसका चोयाले बुनेको हाँस आदि हाल्ने एक किसिमको कोक्रो।
15916 कुरी ना. २. खेतबारीमा बनाइएको बाली कुर्ने सानो छाप्रो।
15917 कुरी ना. ३. किरा (बालबोलीमा); गुजी; जुम्रो।
15918 कुरी ना. ४. बालकको जननेन्द्रिय; तुरी; तुतुरो।
15919 कुरीति ना. सामाजिक हित र वास्तविकताका विपरीत चल्ने नजाती रीति; कुप्रथा; नराम्रो र अनुचित चलन।
15920 कुरुक्क क्रि.वि. हल्का चालले भाँचिँदा वा साह्रो पदार्थ चपाउँदा शब्द निस्कने किसिम।
15921 कुरुक्षेत्र ना. १. भारतको दिल्लीनजिकै हरियाणा राज्यमा पर्ने एक प्रसिद्ध तीर्थ; प्राचीन कालमा कौरव र पाण्डवहरूका बिच युद्ध भएको भूमि।
15922 कुरुक्षेत्र ना. २. घमासानको लडाइँ। वि.
15923 कुरुक्षेत्र ना. ३. छेलोखेलो; प्रशस्त; धेरै।
15924 कुरुक्षेत्रको मेला ना. १. रक्तपातपूर्ण ठुलो युद्ध।
15925 कुरुक्षेत्रको मेला ना. २. कुरुक्षेत्रमा श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश गरेको ठाउँको कुण्डमा प्रायः सूर्यग्रहण लागेका अवसरमा हुने मेला।
15926 कुरुर्र क्रि.वि. हे. कुर्र (लगातारको अर्थमा)।
15927 कुरुवा १ वि. १. कुर्ने वा पर्खने; रुङ्ने।
15928 कुरुवा १ वि. २. हेरविचार वा रखवारी गर्ने।
15929 कुरुवा १ वि. ३. ढुक्ने।
15930 कुरुवा २ ना. १. दुई माना वा बिस मुठीको नापो।
15931 कुरुवा २ ना. २. दुई माना भरिने प्रायः पित्तले धातुको भाँडो। वि.
15932 कुरुवा २ ना. ३. दुईमाने; बिस मुठी बराबरको।
15933 कुरूप वि. १. हिस्सी वा अनुहार नपरेको; नराम्रो; विरूप; अपाङ्ग।
15934 कुरूप वि. २. छाँट नमिलेको; बेढङ्गको।
15935 कुरूपता ना. कुरूप हुनाको अवस्था, कारण वा भाव।
15936 कुरूपा वि. रूप नभएकी; नराम्री; अपाङ्ग भएकी।
15937 कुरे वि. धेरै कुरा गर्ने; हे. कुरौटे।
15938 कुरेत वि. १. बुढी औँलो र चोर औँलो तन्काउँदाका नापोभरिको। ना.
15939 कुरेत वि. २. हातको बुढी औँलो र चोर औँलो तन्काएर गरिने नापो।
15940 कुरो १ ना. लुगामा बिझ्ने वा टाँसिने एक जातको घाँसको झुस।
15941 कुरो २ ना. १. कुनै विषयमा कसैलाई केही भन्ने काम; वार्ता; बोली; वचन।
15942 कुरो २ ना. २. भन्नाको तात्पर्य; भनाइ।
15943 कुरो २ ना. ३. विषय; प्रसङ्ग।
15944 कुरो २ ना. ४. चिज; वस्तु।
15945 कुरोकन्थो ना. कुरो र कथन; कुराकानी।
15946 कुरौटे वि. हे. कुराउटे।
15947 कुरौनी ना. हे. कुराउनी।
15948 कुर्की १ ना. १. सरकारी आज्ञाअनुसार कसैको सम्पत्ति लिलाम गर्ने काम।
15949 कुर्की १ ना. २. दिएको ऋण सधाउन वैध उपायले ऋणीको सम्पत्ति आफ्नो अधीन तुल्याउने वा लिलाम गर्ने काम।
15950 कुर्की २ ना. [?] डन्डी आदिमा पेच काट्ने फलामे ज्याबल; एकुवा।