Dictionary

All Word

16001 कुलघरानियाँ वि. उत्तम कुलको; कुलघरानको।
16002 कुलच्छिन ना. नराम्रो वा नजाती लच्छिन; अलच्छिन; अमङ्गल।
16003 कुलच्छिनी वि. १. कुलच्छिन भएको।
16004 कुलच्छिनी वि. २. नराम्रो लच्छिन हुने (स्त्री)।
16005 कुलट ना. आफूले जन्माएदेखि बाहेकका छोरा; धर्मपुत्र; पालित पुत्र।
16006 कुलटा ना. १. धेरै मानिससँग सम्बन्ध राख्ने आइमाई; व्यभिचारिणी स्त्री; रण्डी; वेश्या।
16007 कुलटा ना. २. विवाहित पतिलाई छोडी पोइल जाने स्त्री।
16008 कुलत ना. नराम्रो बानीबेहोर; खराब वा नजाती लत; कुव्यसन।
16009 कुलतन्त्र ना. कुनै विशिष्ट कुलको नायकले नै राज्यको शासन गर्ने वा चलाउने शासनपद्धति।
16010 कुलतिलक ना. कुलको इज्जत उज्यालो पार्ने व्यक्ति; कुलको प्रकाश; कुलदीपक।
16011 कुलदीपक ना. कुललाई उज्ज्वल पार्ने व्यक्ति; कुलको प्रकाश; कुलतिलक।
16012 कुलदेउता ना. हे. कुलदेव / कुलदेवता।
16013 कुलदेव / कुलदेवता ना. १. परम्परादेखि मानिआएका देवता; पुर्ख्यौली देवता।
16014 कुलदेव / कुलदेवता ना. २. देवालीमा पूजा गरिने देवता।
16015 कुलधर्म ना. पितापुखदिखि चलेर आएको आचरण वा व्यवहार; कुलले मान्ने गरेको धर्म।
16016 कुलधूल ना. हाडनाता वा त्यस्तो नातामा भएको सम्बन्ध।
16017 कुलना ना. डोलीको काठमा अड्याउने साधन।
16018 कुलन्जन ना. पानको जरा।
16019 कुलपति ना. १. विश्वविद्यालय, विद्यापीठ वा प्रज्ञा-प्रतिष्ठानका उच्चतम अधिकारी।
16020 कुलपति ना. २. विद्यार्थीहरूलाई भरणपोषण गर्दै शिक्षा दिने अध्यापक।
16021 कुलपति ना. ३. दश हजार विद्यार्थीलाई भोजन र शिक्षादीक्षा दिने ऋषि।
16022 कुलपरम्परा ना. पितापुर्खादेखि चलिआएको रीतिथिति वा चलन; कुलको परम्परा; वंशपरम्परा।
16023 कुलपर्वत ना. पौराणिक कथाअनुसार महेन्द्र, मलय, सह्य, शक्तिमान, ऋक्ष, विन्ध्य र पारियात्र नाउँ गरेका पृथ्वीका सातवटा पर्वतको समूह।
16024 कुलपुरुष ना. १. कुनै कुलका आदिपुरुष।
16025 कुलपुरुष ना. २. वंशका सञ्चालक प्रसिद्ध पुरुष।
16026 कुलपुरोहित ना. कुलमा पहिलेदेखि मानिआएका पुरोहित; वंशका पुरोहित।
16027 कुलफा ना. साग खाइने एक प्रकारको मसिनु झार।
16028 कुलयोग वि. हरहिसाबको जोडमा पुछारमा निकालि जम्माजम्मी; सम्पूर्ण।
16029 कुलवधू ना. १. असल कुलकी वधू; घरानियाँ बुहारी।
16030 कुलवधू ना. २. कुलीन स्त्री।
16031 कुलवन्त वि. असल कुलघरानाको; कुलीन; खानदानी।
16032 कुलवान् वि. कुलीन; खानदानी।
16033 कुलसचिव ना. विश्वविद्यालय, विद्यापीठ, गुरुकुल आदिमा संस्थाको कागतपत्रसहित आवश्यक विषयव्यवस्थाका सबै विवरण राख्ने र राम्रो प्रबन्ध पनि गर्ने प्रमुख पदाधिकारी; रजिस्ट्रार; पञ्जिकाधिकारी; सदस्यसचिव।
16034 कुलाङ्गार वि. कुलमा कलङ्क लगाउने; कुलको नाश गर्ने। (उदा.- कुलाङ्गार छोराले धेरै सत्यानाश नपारी के छोड्छ र!)
16035 कुलाचार ना. कुलमा चलिआएको रीतिथिति वा आचार-व्यवहार; कुलधर्म।
16036 कुलायन ना. १. कुलपुर्खाले मानिआएका देवता; कुलदेवता।
16037 कुलायन ना. २. वंशपरम्परा।
16038 कुलायिका ना. १. चराचुरुङ्गीहरू राखिने स्थान; पक्षीशाला; चिडियाखाना।
16039 कुलायिका ना. २. पिँजडा।
16040 कुलारा ना. कुलो खन्न जाने गाउँलेहरूको ताँती वा समूह।
16041 कुलारो ना. १. कुलो खन्ने मानिस।
16042 कुलारो ना. २. नेपालीको एक थरी जात वा थर।
16043 कुलिक ना. हरेउ सर्प।
16044 कुलिञ्जन ना. १. अदुवाका छाँटको कन्द हुने एक प्रकारको वनस्पति।
16045 कुलिन ना. माटाको सानो भाँडो; गोल्फु।
16046 कुलिने ना. कुलिन बोक्ने मानिस; दुध बेच्ने काम गर्ने व्यक्ति।
16047 कुलीन वि. उच्च वा असल कुलको; घरानियाँ; खानदानी।
16048 कुलीनतन्त्र ना. उच्च कुलका व्यक्तिहरूद्वारा चलाइने शासन-पद्धति।
16049 कुलुकुलु क्रि.वि. १. पानी, कुलो आदि बग्दा आवाज आउने किसिमले।
16050 कुलुकुलु क्रि.वि. २. कुल्ला गर्दा शब्द निस्कने गरी।