Dictionary

All Word

16101 कुशल वि. ४. सन्चो; आराम।
16102 कुशल वि. ५. शुभ; मङ्गल; भलो।
16103 कुशलक्षेम ना. कुशल, सम्पन्न तथा स्वस्थ स्थिति; सन्चोसुबिस्ता।
16104 कुशलता ना. कुशल हुनुको भाव वा अवस्था।
16105 कुशाग्र वि. कुशको टुप्पोजस्तो तिखो; अति तीक्ष्ण; साह्रै चनाखो।
16106 कुशलबुद्धि वि. अत्यन्त तीक्ष्ण बुद्धि भएको; बुद्धिमान्।
16107 कुशासन ना. १. पूजापाठ तथा शुभ कार्यहरू गर्दा बस्नका निम्ति बनाइएको कुशको आसन।
16108 कुशासन ना. २. खराब किसिमले चलाइएको वा देशमा अव्यवस्था फैलिने शासन; दुःशासन।
16109 कुशिक ना. १. विश्वामित्र ऋषिका बाजेको नाम।
16110 कुशिक ना. २. त्यसै नाममा चलेको एक प्राचीन आर्यवंश वा उक्त वंशको व्यक्ति।
16111 कुशे वि. हे. कुसे।
16112 कुशे औँसी ना. हे. कुसे औँसी।
16113 कुशेश्वर ना. नेपालको जनकपुर अञ्चलमा पर्ने दुम्जामा स्थित प्रसिद्ध एक शिवलिङ्ग।
16114 कुष्ठ ना. शरीरमा रक्तविकारबाट उत्पन्न हुने तथा छाला, नसा आदि गल्दै र सड्दै जाने एक कडा रोग; महारोग; कोर।
16115 कुष्ठी वि. कुष्ठरोग लागेको; महारोगी; कोरी।
16116 कुष्माण्ड ना. १. छिप्पिँदा फुस्रो पात हुने, तरकारी वा अचार खाइने एक लहरे फल; कुभिन्डो।
16117 कुष्माण्ड ना. २. शिवको एक गण।
16118 कुष्माण्ड नवमी ना. कात्तिक शुक्ल नवमी; त्रेतायुगादि नवमी; कुभिन्डो दान गर्ने महत्त्व बताइएको उक्त तिथिको दिन।
16119 कुसङ्ग ना. खराब वा नजाती मानिसहरूसँगको बसउठ; नराम्रो सङ्गत।
16120 कुसङ्गत ना. कुसङ्ग।
16121 कुसङ्गति ना. नराम्रो सङ्गति; नजाती मानिससितको बसाउठी।
16122 कुसन ना. बस्नका निम्ति ओछ्याइने मोटो गद्दा।
16123 कुसनदार वि. त्यस्तो गद्दा भएको; कुसनका ढाँचाको।
16124 कुसमय ना. १. उपयुक्त नभएको, स्थिति बिग्रेको वा नराम्रो समय; कुबेला।
16125 कुसमय ना. २. अनुकूल नभएको समय; बेमौका।
16126 कुसमय ना. ३. कुनै शुभ कार्यका निम्ति निषेध गरिएको समय; कुसाइत।
16127 कुसमय ना. ४. दुःखकष्टको बेला।
16128 कुसरक्पा ना. १. च्याब्रुङ नाचमा गाइने मङ्गलाचरण र त्यस्तो गीतसहितको नाच।
16129 कुसरक्पा ना. २. वीर रसयुक्त गीत।
16130 कुसाइत ना. लच्छिन नभएको वा नराम्रो साइत; कुसमय।
16131 कुसाउरो ना. मास, मस्याङ, भटमास आदि चुटेर गेडा छुट्ट्याई बचेका खोस्टे कोसा, पात, झिक्रा आदि वस्तु; कुसौरो।
16132 कुसाकठी ना. चिउरा कुट्ता घान लाउने काठ, बाँस आदिको दाबिलो जस्तै साधन।
16133 कुसाख वि. १. असल साख नभएको।
16134 कुसाख वि. २. बिरानो, नातासाइनु राम्रो नपर्ने। (उदा.- सुग्रीव् हो कति साख् म हूँ कति कुसाख हा दैव क्या मन् दियौ ! - भानुभक्त)।
16135 कुसुन्डो ना. १. काठमाडौँको पश्चिम-दक्षिणको जङ्गली भेगमा बस्ने अचेल खिइँदै गएको घुमन्ता एक जाति। वि.
16136 कुसुन्डो ना. २. असभ्य।
16137 कुसुन्डो ना. ३. धुस्रोफुस्रो र नाङ्गो-भुतुङ्गो। स्त्री. कुसुन्डी।
16138 कुसुम ना. १. फूल; पुष्प।
16139 कुसुम ना. २. रजस्वला हुँदा निस्कने स्त्रीको रज।
16140 कुसुम ना. ३. ससानो वाक्यमा लेखिएको गद्य।
16141 कुसुम ना. ४. पहेँलो फूल फुल्ने र बीजबाट तेल निस्कने एक बोट।
16142 कुसुमकलिका ना. फूलको कोपिला।
16143 कुसुमफल ना. लाम्चा पात हुने, सेता मसिना फूल फुल्ने, पहेँला गोल फल फल्ने एक बोट वा त्यसैको फल; साराम्ल।
16144 कुसुमबाण ना. १. सम्भोगको तीव्र इच्छाले हुने उत्पीडन।
16145 कुसुमबाण ना. २. कामदेव; कुसुमशर।
16146 कुसुमवाटी ना. एक प्रकारको वनस्पतिविशेष।
16147 कुसुमशर ना. कामदेव; कुसुमबाण।
16148 कुसुमस्तवक ना. फूलको गुच्छा।
16149 कुसुमाकर ना. १. वसन्त ऋतु (उदा.- कुसुमाकरको आँचल पक्री, मलाई कति खोज्दी हुन् प्रकृति। कुसुमाकर सिद्धिचरण)।
16150 कुसुमाकर ना. २. फूलबारी; बगैँचा।